सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:युगल बसेल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, युगल बसेलज्यू
हालसम्म नेपाली विकिपिडियामा ३०,७८७ लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्नुहोस्) ०६:०५, ३ जनवरी २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]

तुम्कोट कालिका मन्दिर

यस मन्दिरको स्थापना २०१५ सालमा भएको हो। यो कालिका भगवतीको मन्दिर हो। मन्दिर अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको वडा नम्बर १ मा पर्ने तुमकोट गाउँमा अवस्थित छ। जिल्ला सदरमुकामबाट यस मन्दिरसम्मको दूरी ३ किलोमिटर रहेको छ। यो मन्दिर संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्तासमेत भएको छ।

तामाको पाताले छाएको छाना र भक्तपुरे डाछी इँटाले बनेको गारो वा भित्ता भएको यो मन्दिर प्यागोडा शैलीमा बनेको छ। यस मन्दिरको एउटा कुनामा शिवलिङ्ग समेत स्थापना गरिएको छ। []

दैनिक पूजा हुने यस मन्दिरमा शरदकालीन दशैँ र चैते दशैँमा विशेष पूजा अर्चना हुन्छ। शारदीय दशैंको अष्टमीको दिन बोकाको बलिसमेत दिइन्छ। यसै अष्टमीको दिन चारवटा आलम समेत उभ्याउने गरिन्छ। आश्विन शुक्ल त्रयोदशीका दिन बाद्यवादन सहितको सरायेँ नृत्यका साथमा दशैं पूजाको विसर्जन हुन्छ। []

यस मन्दिरको खर्चको स्रोत भनेको अक्षयकोषदाताको योगदान हो। ३१ वटा जिल्लाका झन्डै ७०० कोषदाताले दान गरेको कोष रकमको ब्याजबाट यस मन्दिरको खर्च चल्ने गरेको छ। युगल बसेल (कुरा गर्नुहोस्) ०६:३१, १० जनवरी २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]

सहि हो युगल बसेल (कुरा गर्नुहोस्) १७:०२, २२ जनवरी २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
  1. "Gmail", accounts.google.com, अन्तिम पहुँच २०२५-०१-०९ 
  2. "Gmail", accounts.google.com, अन्तिम पहुँच २०२५-०१-१०