प्रयोगकर्ता वार्ता:शिव कुमार खनाल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अंक प्रयोग बारे[सम्पादन गर्नुहोस्]

नेपाली भाषा देवनागरी लिपिमा लेखिने हुँदा यसका अंक पनि देवनागरीमा नैं लेखिनु स्वाभाविक हो तर कतिपय सफ्टवेयरमा अंक लेख्न रोमन कै सहारा लिनु पर्ने हुँदा बाध्यतावश देवनागरीको ०,१,२,३,४,५,६,७,८ र ९को सट्टा 0,1,2,3,4,5,6,7,8 र 9 लेख्नु परिरहेछ। वर्तमान विद्यार्थी पींढ़िलाई हेर्दा उनीहरू नेपाली लेख्छन् तर प्रायले अंकको प्रयोग अंग्रेजी भाषा कै गर्छन्, कतिपय यस्ता नेपालीहरू पनि भेटेकोछु जसले नेपाली गिन्ती जान्दैनन्। भारतको राष्ट्रिय हिन्दी सम्मेलनले त लिपि देवनागरी चलाएता पनि अंक अंग्रेजीको प्रयोग गर्ने निर्णय लियो। नेपाली प्रज्ञा प्रतिष्ठानले के गर्नेछ त्यो त थाह भएन। भविष्यमा कुनै पनि समय नेपाली अंकको सट्टा अंग्रेजी अंक लेखिने सम्भाव्यतालाई नकार्न सकिंदैन। अतः हामीले पनि विकिमा यसको प्रयोगबारे केहि सोच राखी यस विषयमा चर्चा गर्नु आवश्यक हो भन्ने मलाई लाग्छ। आ-आफ्ना सुझाउहरू यहाँ राख्न सबैलाई अनुरोध गर्दछु।-

Bhawani

वार्तालाप पृष्ठबारे[सम्पादन गर्नुहोस्]

यहाँलाई मेरो निवेदन यो छ कि मैले हालैमा वार्तालाप पृष्ठहरूमा अरु विकिमा झैं सामग्री पृष्ठको सुधारको निम्ति प्रयोगकर्ताहरूलाई स्वागत सुझाउको एउटा ढाँचा बनाएको छु र यसको प्रयोग धेरै वटा पृष्ठहरूमा गरेको पनि छु। यस टेम्प्लेटलाई मेनुअल गर्दा समय खर्च हुने र यो समयमा अन्य उपयोगी कार्य गर्न सकिने भएकोले कुनै बोट (Bot)को प्रयोग गरि यो कार्य गर्न सकिन्छ। यसको निम्ति राजेशजीले मलाई सुझाउ पनि दिनु भएको छ, हालमा हाम्रा सदस्य माझका कुनै पनि बोट सक्रिय पाइन र नेपाली विकिमा सक्रिय कुनै बोट जस्तै (wikitanvirBot)को प्रयोग गराई यो कार्य गर्न सकिएला? यस बारे झलफल यहाँ गर्न अनुरोध गर्दछु।

Bhawani

GaneshBot लाई समर्थनको लागि अनुरोध[सम्पादन गर्नुहोस्]

प्रविनजी,

मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBotको सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया यहाँ गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। --Ganesh Paudel ०६:५३, २७ अप्रिल २०११ (UTC)

Please Support me --GaneshBot ०७:०२, २७ अप्रिल २०११ (UTC)

शिवकुमारजी प्रशासकको निम्ति समर्थन गरि नेपाली विकिपीडिया सर्वप्रथम प्रशासक पदमा नियुक्ति दिलाउन जुन सहयोग गर्नुभयो त्यसको लागि मेरो यहाँलाई हार्दिक धन्यवाद -भवानी गौतम १२:१९, २६ मे २०११ (UTC)

नेपाली बैँकहरू बारेका लेखहरू र निरन्तर महत्वपूर्ण योगदान दिई नेपाली विकिपीडियालाई नयाँ उचाई दिनको लागि तपाईको योगदान तथा परिश्रमको लागि धन्यवाद,!--सरोज(Saroj) (वार्ता) ०४:५६, २४ अक्टोबर २०११ (युटिसी(UTC))

shivakhanal कि Shiva Khanal[सम्पादन गर्नुहोस्]

शिवजी के shivakhanal र Shiva Khanal एउटै व्यक्तिको नाम हो? यदि होइन भनें ठिकै छ यो सन्देश नपढदा हुन्छ। यदि हो तपाईंले shivakhanalको रूपमा यत्रो धेरै योगदान गर्नु भएको छ अनि Shiva Khanalको रूपमा पनि यति योगदान गर्नु भएकोछ, यी दुवैलाई मिलाएर एक ठाउँ पार्न सकिन्छ। तपाईंको योगदानको पनि कदर हुन्छ। यदि दुवै एउटै व्यक्तिको नाम हो भनें तपाईंले यहाँ क्लिक गरेर कुन नाम राख्ने हो जनाएर लेख्नुहोस्। याद राख्नु पर्ने कुरा हो यदि shivakhanal राख्ने भए Shiva Khanalको रूपमा प्रवेश गर्नुहोस् अनि यदि Shiva Khanal राख्ने हो भने shivakhanalको रूपमा प्रवेश गर्नुहोस्। तपाईंले मेटा पनि नाम परिवर्तन गर्नु पर्ने हुन्छ अरु विकिमा पनि परिवर्तन गर्न यहाँ पनि गएर अनुरोध गर्नुहोस्। सहायता चाहिए मेरो वार्ता पृष्ठमा लेख्नुहोस्। भवानी गौतम (वार्ता) ०२:१७, ५ नोभेम्बर २०११ (युटिसी(UTC))

--सरोज(Saroj) (वार्ता) २२:३१, २५ डिसेम्बर २०११ (युटिसी(UTC))

निर्णयका लागि मतदान[सम्पादन गर्नुहोस्]

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा चौतारीमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०३:१०, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))