प्रयोगकर्ता वार्ता:Prakash Bahadur Budha

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, Prakash Bahadur Budhaज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ११:१४, २९ नोभेम्बर २०१८ (युटिसी(UTC))

अछाम जिल्ला अन्तरगत तुर्माखाँद गाउँपालिकाको परिचय[सम्पादन गर्नुहोस्]

अछाम जिल्ला अन्तरगत तुर्माखाँद गाउँपालिकाको परिचय


तुर्माखाँद गाउँपालिका शुदुरपश्चिम प्रदेश अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२।०७ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । ऐतिहासिक चिनारी तथा नामाकरण नव गठित स्थानीय तह तुर्माखाँद साविकका ७ वटा गाविसहरु रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली मिलेर वनेको हो । यस गाउँपालिका ऐतिहासिकरुपले दैलेखसँग सामिप्यता राखेको पाइन्छ । भने भाषिक प्रभाव पनि दैलेख सँग मिल्दोजुल्दो छ । तुर्माखाँद गाउँपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय जानकार व्यतिहरुका अनुसार हाल बजार रहेको यस तुर्माखाँद क्षेत्रमा धेरै समय पहिला तम्माखु खाने मानिसहरुको जमघट हुने गर्दथ्यो । अछामी भाषामा तम्माखुलाई तम्मु भनिने र डाँडामाथी सम्म परेको स्थानलाई खाँद भनिने हुनाले तम्मा र खाँद मिलेर तुर्माखाँद रहन गएको हो । यहि स्थानको नामबाट तुर्माखाँद गाविसको नामाकरण भएको र स्थानीय तह पुर्नसंरचना हुँदा गाउँपालिकाको नामाकरण समेत तुर्माखाँद हुन गएको देखिन्छ । राजनीतिक अवस्थिति तुर्माखाँद गाउँपालिका प्रदेश नं। ७ अन्तरगत अछाम जिल्लामा अवस्थित रहेको छ । साविकका ७ वटा गाविसहरु मिलेर बनेको यस गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । जिल्लामा विद्यमान चार नगरपालिका र छ गाउँपालिका गरि दश स्थानीय तह मध्ये जिल्लाको दक्षिण पूर्वी भूभागमा अवस्थित रहेको छ । जिल्ला सदरमुकाम देखि करिव ६० कि।मी दुरीमा रहेको यस गाउँपालिकाको गाउँपालिकाको केन्द्र साविकको तुर्माखाँद गाविस र हालको वडा नं ४ मा रहेको छ । पूर्ववत रुपमा नेपालको सुदुर पश्चिम विकास क्षेत्रमा पर्ने सेती अञ्चलकमा रहेको यो गाउँपालिका हाल जिल्ला भित्रको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका क्षेत्र नं। २ प्रदेश सभा निर्वाचन प्रयोजनका लागि प्रदेश नंं २ ९ख० अन्तरगत पर्दछ । धरातलीय अवस्था मध्यपहाडी भौगोलिक विषेशता बोकेको यस क्षेत्र धरातलिय स्वरुपका हिसाबले विविधता युक्त रहेको छ । अधिकांश जमिनको बनौट भिरालो प्रकृतिको छ भने नदि तटिय क्षेत्र लागायतका अन्य क्षेत्रमा पनि समथर जमिन पनि रहेको छ । महाभारत पर्वतिय पहाडी श्रृंखलाले बनेकोे यस गाउँपालिकामा कडा खालको चट्टानी भुभाग, भीरपाखा तथा वसोवास योग्य क्षेत्र सहितको विविधतायुक्त धरातलिय अवस्थिति रहेको छ ।

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Prakash Bahadur Budhaज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]