प्रयोगकर्ता वार्ता:Rina khanal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, Rina khanalज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०६:११, ३ फेब्रुअरी २०२० (युटिसी(UTC))

नुवाकोटेे कुमारी[सम्पादन गर्नुहोस्]

नेपालको ऐतिहासिक तथा धार्मिक रुपले सुपरिचित स्थलहरुमध्ये एक हो नुवाकोट । नेपालको इतिहासका पानाहरु पल्टाउँदा नुवाकोट एक पटक पुग्नैपर्ने स्थल हो । नुवाकोटडाँडा प्राचिनकालीन ऋषिमूनिको बसोबासस्थल थियो । त्यसैले यस ठाउँलाई ‘ऋषिपतन’ पनि भनिन्थ्यो । नुवाकोट पौराणिक हुनुका साथै ऐतिहासिकस्थल रहँदै आयो । मध्यकालको पूर्वाद्धमा सामरिक दृष्टिले सुरक्षित प्रदेश बस्ती बसाउने लहर चलेको बेलामा नुवाकोटलाई मूलकोटको रुपमा लिई वरपरका कोटहरुलाई सम्मिलित गरी सञ्चालन गरियो । मूलकोट भएको हुनाले यो ठाउँले नवकोट, नुहाकोट, नवक्वाठ, नौकोट हुँदै नुवाकोट नामले प्रसिद्धी कमायो । वरिपरिका कोटहरुमध्ये बेलकोट, भैरुमकोट, सिमलकोट, मालाकोट, धुवाकोट, कालिकाकोट, धैबुङ्गकोट, सल्यानकोट र प्यासकोट हन् ।

काठमाडौँ उपत्यका र नुवाकोटको चाडपर्ब, रितिरिवाज, धर्मसँस्कृति समान रहेको पाइन्छ । नुवाकोटका अधिकांश नेवारहरु उपत्यकाबाटै ब्यापारिक उद्देश्यले बसाईँसरी आएकाले विभिन्न परम्परागत संस्कृतिहरु काठमाडौंकोभन्दा खासै भिन्न छैन । स्थानमा पनि धेरै फरक देखिँदैन काठमाडौँमा रहे जस्तै असन, इन्द्रचोक, भुटोल बजार यहाँ रहेका छन् । काठमाडौँकै परम्परागत शैलीमा जात्रा चलाउनेमा नुवाकोट, त्रिशुली, बट्टार, देवीघाटलगायत क्षेत्रका नेवार समुदाय हुन् ।

नुवाकोट कला र संस्कृतिको धनी जिल्ला भनेर चिनिन्छ । तीमध्ये एक हो कुमारी । हामी कुमारी भन्ने बित्तिकै नेपालको राजधानी काठमाडौँको बसन्तपुरमा रहेको जीवित कुमारीलाई बुझ्ने गर्छौँ । जहाँको जीवित कुमारी राजकीय मानिन्छ । कुमारीबाट प्रसाद ग्रहण गर्न राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च ओहोदाका ब्यक्तिहरु पुग्छन् । नेपालको बिभिन्न स्थानमा जिवित कुमारी रहेका छन् । कति लोपोन्मुख भए भने कतिपय स्थानमा अहिले पनि अस्तित्वमै छन् ।

कुमारी नुवाकोट मण्डला (दरवार क्षेत्र)का जात्राहरुमा नभइ हुँदैन । विभिन्न जात्राहरुमा कुमारीकै विशेष भूमिका रहन्छ । नुवाकोट जिल्लाभरमा एकमात्र कुमारी नुवाकोट (दरवार क्षेत्र) मण्डलामा रहेको छ । जहाँ २०७० साल देखि ४ बर्षीय दिनिशा डंगोल जीवित कुमारी छिन् । नुवाकोटमा कुमारी राख्दा १२ भाइ खलकीबाट राख्ने प्रचलन रहेको छ । आफ्नै मौलिक कला र संस्कृतिले नुवाकोटको पहिचानलाई झल्काउने गर्छ । हाल कुमारीले यस जिल्लाको लोक संस्कृतिको गरिमा र इतिहासलाई उच्च राखेको छ।

कला र संस्कृति सँधै कार्य क्षेत्रसँग जोडिएकोले यसको महत्व सबै क्षेत्रमा रहेको छ । कुमारी राख्ने चलन कहिलेबाट सुरु भयो भन्ने सन्दर्भमा कुनै लिखित प्रमाणहरु त छैनन् । तर नेपालको इतिहासमा लिच्छवी राजा मानदेबले आफ्नो सम्पत्ति दान गरेर गुठीको सुरुवात गरेको भन्ने पाइन्छ । जानकारहरुका भनाईँअनुसार बजारमा जबदेखि मानव बस्ति बस्न थाल्यो त्यही समयदेखि नै यो पूजा गर्दै आइएको हो । नेवार समुदायमा बढी प्रचलनमा रहेको वर्षौदेखि चल्दै आएको मौलिक, संस्कृति, जातीय पहिचान हो । नुवाकोटको प्रसिद्ध देवी भैरबीका पुजारी हरिमानसिंह डंगोलका अनुसार कुमारी जीवित देवी रहेको र तुलजा भवानीको स्वरुप मानिने गरिँदै आइएको छ । यो पूजाले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ । नुवाकोटमा कुमारी राख्ने प्रचलन पहिलैदेखि रहेता पनि बिभिन्न आधुनिकताले लोपोन्मुख बन्दै गएको देखिन्छ ।

नेपालमा राजकीय कुमारीबाहेक बिभिन्न ११ स्थानमा कुमारी छन् । ती हुन्, बसन्तपुरको राजकीय जीवित कुमारी, काठमाडाैँ मखनटोलको जीबित कुमारी, काठमाडौँ किलाथलको जीवित कुमारी, टोखाको जीवित कुमारी, भक्तपुरको जीवित कुमारी, पनौतीको जीवित कुमारी, ललितपुरको आजीवन कुमारी, बुङ्गमतीको जीवित कुमारी, साँखुको जीवित कुमारी, पनौतीको जीवित कुमारी र नुवाकोटको जीवित कुमारी ।

जीवित कुमारी ११ स्थानमा रहेको कुरा प्रचारप्रसारको कमीले कमैलाई मात्र जानकारी भएको नुवाकोटका स्थानीय नुवाकोट कुमारीका काका उमेशमान डंगोल बताउँछन् । जिल्ला ऐतिहासिक, धार्मिक, प्रर्यटकीय र सांस्कृतिक महत्वको हिसाबले परिचित स्थल हो । बिभिन्न रितिरिवाज तथा संस्कृतिको संरक्षण गर्न सके त्यसको रक्षा गर्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने थियो । यस्ता जात्राहरुको संरक्षणमा स्थानीय समुदाय तथा सरोकारवालाको पनि ध्यान जानु जरुरी देखिन्छ । Rina khanal (कुरा गर्ने) ०८:३०, ३ फेब्रुअरी २०२० (युटिसी(UTC))

प्रस्तावित विकि क्याम्प नेपाल २०२०[सम्पादन गर्नुहोस्]

विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा[सम्पादन गर्नुहोस्]

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह