सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Trichandra

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: २ वर्ष अघि MediaWiki message deliveryद्वारा विषय ५०,००० लेख प्रतियोगितामा

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौँ!

Bhawani

होली पर्व के हो ? कहाँ कसरी मनाइन्छ?- त्रिचन्द्र प्रतीक्षा

[सम्पादन गर्नुहोस्]

हिन्दू संस्कृतिमा प्रत्येक वर्षो फागुन शुक्ल पूणिर्मालाई होली पूर्णिमा अर्थात् होली पर्व भनिन्छ । यस दिनलाई राष्ट्रिय पर्वको रुपमा पनि लिइन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रंगीएर उल्लासपूर्वक मनाउने गरिन्छ । फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रंग र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै र रमाइलो होहल्ला गर्दै आपसी रिर्सइवीलाई बिर्सदै उत्साह र उमंगकासाथ मनाइने रंगीन पर्वको रूपमा सहर्ष स्वागत गर्ने गरिन्छ । वास्तवमा भन्ने हो भने होली पर्व एउटा अन्तर्राष्िट्रय पर्व पनि हो । नेपाल भारतमा प्रायः समान तरिकाले यो पर्व मनाइने गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको बसन्तपुर दरवार अगाडि चीर (विशेषरूपले सजाएको लिङ्गो) गाडेपछि होली शुरू भएको मानिने फागूपर्व पूणिर्माको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । होली पर्वको शुरुवात कहिलेदेखि शुरु भएको हो भन्ने सम्बन्धमा हालसम्म कुनै तथ्य आधार पाउन सकेको छैन, तर किम्वदन्ति र पौराणिक भनाइ अनुसार सत्ययुगमा हिरण्यकशिपु नामक राक्षकको छोरा प्रल्हाद अति नै विष्णु भक्त थिए । आफ्नो छोरालाई विष्णुको भक्तिबाट अगल गर्न नसकेपछि हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र सोही होलिका स्वयं आगोमा जलेर भस्म भएको र त्यसैको प्रतिकको रूपमा होलिका दहनको खुशीयाली मनाउन आपसमा रंग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्ग अनुसारा द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षस्त्रीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई व्रजवासीहरूले बर्षोनी जलाएर आपसमा रङ् र अविर छरी खुसीयाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । एकअर्को कथनअनुसार भविष्य पुराणमा उल्लेख भएअनुसार महाराज रघुको राज्यकालमा ढुण्डा नामकी राक्षसीको उपद्रव ज्यादै बढेपछि प्रजाहरु भयभीत भई महर्षि वशिष्ठसँग सल्लाह मागे । महर्षिको आदेशअनुसार सबै मिलेर लठ्ठी, तरवार, ढाल आदि लिएर मसाल हातमा बोकी ठाउँठाउँमा अग्नि प्रज्वलित गर्दै होहल्ला मच्चाउँदै दौडिन थाले । ठूलो जनसमूहको त्यस्तो क्रियाकलाप देखेर राक्षसी भयभीत भएर शान्त रहन थाली । त्यसै बेलादेखि यो उत्सव मनाउने चलन बस्यो । किवदन्ति र पौराणिक जे जस्तो भएतापनि रङ्मा रंगिएर उल्लास र खुसीयालीपर्ूवक मनाइने यस पर्व केही वर्षघिदेखि हाम्रो समाजमा विकृतिको रूपमा देखिन आएको छ । होली शुरू हुनु भन्दा १०/१५ दिन पहिलेदेखि नै बाटोमा हिड्ने जो कोहीलाई विशेषगरि युवती/महिलावर्गहरूलाई लक्षित गरेर जथाभावी फोहर पानी प्लाष्टिकमा भरेर हान्ने प्रवृत्ति देखापरेको छ । यस्तो परम्पराले हाम्रो संस्कृतिको जगेर्ना नहुने भएकोले यस तर्फआजका युवावर्गहरूले सचेत हुनु नितान्त आवश्यकता छ भने अभिभावकहरूले पनि यस्तो विकृतिलाई रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने आजको आवश्यकता र आहृवान हुन सक्छ । नेपालीहरूको राष्ट्रिय पर्व रङ्हरु र उल्लासको पर्व होली नेपाल तथा विदेशमा बस्ने नेपालीहरूले समेत मनाउने गर्दछन् जहाँ जसरी फागु पर्व मनाउने गरेतापनि आखिरमा यर्सपर्वको उद्देश्य भनेकै एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, एकआपसमा खुशीयाली बाड्नु नै होलीको पर्याय हो भन्नुमा अत्युत्ति नहोला ।

चीन ः चीनको एक सीमावर्ती प्रान्तमा त्यहाँका 'ताइ' जातिका मानिसहरू एकअर्का माथि पानी फ्याँकेर 'पोयावामा' नामक पर्व मनाइने गरिन्छ । यस पर्व मान्नुको पछाडि एउटा दन्तकथा प्रचलित रहिआएको छ- सदियौं पहिले त्यहाँ 'छुडबिंग' नामक राक्षकले भयंकर उत्पात मचाइरहेको थियो । राक्षसले कुनैपनि सुन्दरी केटीलाई देख्नासाथ लिएर जाने गर्दथे, यसै प्रकारले उसले सयौं सुन्दरी केटीहरूलाई वन्धक गरिसकेको थियो । उक्त राक्षसबाट छुटकार पाउन राक्षकको जादूमय शक्तिलाई एकजना साह्रै सुन्दरी केटीले थाहा पाएर राक्षसलाई चलाखीपूवक सो केटीले राक्षसलाई मारेर वन्धक बनाइराखेका सम्पूर्ण केटीहरूलाई छुटाएको थियो । सोही खुशीयालीमा सो पर्व मनाइँदै आइरहेको किम्वदन्ति रहेको छ भने चीनमै अर्को होली जस्तै पर्व मनाइने गरिन्छ 'ज्वेजे' नामक यो पर्व वसन्त ऋतु सकिनासाथ प्रारम्भ हुने गर्दछ, यस पर्वमा स्थानिय वासिन्दा आगो बालेर आगोको पूजा गर्ने गरिन्छ, यसपछि आम मानिस रंगीविरंगी नयाँ लुगा लगाएर एकअर्कालाई बधाई दिने गरिन्छ भने यसै अवसरमा विभिन्न रोमाञ्चकारी खेलहरूको पनि आयोजना गर्ने गरिन्छ ।

अमेरिका ः अमेरिकामा 'हैलाइन' नामक मनाइने पर्व होली संग मिल्दोजुल्दो पाइन्छ । ३१ अक्टुबरको राती युवा-युवतीहरू नाच्ने गाउने र एकअर्कालाई बधाई साटासाट समेत गर्ने गरिन्छ ।


जर्मनी ः जर्मनीमा इस्टर पर्वको समयमा होली जस्तै एउटा पर्व मनाइने गरिन्छ, यसलाई त्यहाँ 'कारनिवाल' को नामले जानिन्छ । इस्टर पर्वको साँझको समयमा जर्मनीवासी घाँसको पुतला बनाएर त्यसलाई जलाइन्छ, पुतला दहन पछि सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ र मानिसहरू एकअर्कालाई रंग दलेर खुशीयाली मनाइन्छ भने कहीँ कहीँ दाउरा बालेर आपसमा रंग छ्याप्तै नाच्ने र गाउने गर्छन् ।


इटली ः इटलीमा होली जस्तै पर्वको नाम हो- 'रेडिका' । यो पर्वमा त्यहाँ लगभग एक हप्तासम्म तड्क भड्कका साथ नाच्दै गाउँदै काठ, दाउरा चोक चोकमा जम्मा गर्ने गरिन्छ । मानिसहरू जम्मा भएर त्यहाँ राखिएका दाउराहरूको थुप्रोमा आगो लगाउने गरिन्छ, इटलीवासीको विश्वास रहेको छ कि यो पर्वमा 'पलोरा' नामक देवीलाई प्रसन्न गर्नका लागि चोक चोकमा आगो बालेर मनाइएको हो ।


चेक र स्लोभाकिया ः चेक र स्लोभाकिया गणराज्यमा 'बेलियाकोनेन्से' नामक पर्व होली जस्तै पर्व हो । 'युवाहरूको पर्व' नाम दिइएको यस पर्वमा युवायुवतीहरू एकअर्कामा रंग, पानी र परफ्युम छ्याप्ने गरिन्छ । यस अवसरमा घाँसबाट बनाएको एक विशेष प्रकारको लुगा लगाउने प्रचलन समेत रहिआएको छ ।

लाओस ः लाओसमा जनवरी महिनामा नववर्ष आगमन संगसंगै होली जस्तै एक पर्व मनाइने गरिन्छ । यस अवसरमा आम मानिसहरू पूरै हर्षोल्लासका साथ एकआपसमा रंग लगाउने प्रचलन रहिआएको छ ।


पोल्याण्ड ः पोल्याण्डमा 'असिना' नामक पर्वमा आम मानिसहरू एकआपसमा रंग लगाउने र मिर्ठाई बाँडेर आफ्नो खुशीहरू प्रकट गर्ने गरिन्छ ।


इंगल्याण्ड ः इंगल्याण्डमा होली संग मिल्दोजुल्दो एक पर्व धेरै नै धुमधामसंग मनाइने गरिन्छ । यसलाई त्यहाँ 'माई फाक्स डे' को नामले जानिन्छ ।


यूनान ः यूनानमा 'मेपोल' नामक पर्व होली सँग धेरै मिल्दोजुल्दो पाइन्छ । यस पर्वमा यूनानी चोक चोकमा खम्बा -लिंग) गाडेर काठहरू जम्मा गरि आगो लगाइन्छ । साथै आफ्नो देवता 'डायनोसियस्' को पूजा समेत गर्ने गरिन्छ, यस्तो गरेमा देवता खुशी हुने विश्वास गर्छन् । यसैक्रममा उनीहरू रंगहरूको पनि धेरै प्रयोग गर्ने गरिन्छ ।


अष्ट्रेलिया ः अष्ट्रेलियामा २१ मार्चका दिन 'वैली' नामक पर्वमा आम मानिसहरू एकआपसमा रंगहरूको प्रयोग गरेर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्ने गरिन्छ ।


बेल्जियम ः १९ मार्चमा बेल्जियममा एक विशेष प्रकारको पर्व मनाइने गरिन्छ । यस पर्वको रूपरेखा ठीक होली जस्तै हुने गर्दछ । पहिले त्यहाँ मानिसहरू पुरानो जुत्ता, चप्पलहरू तथा घाँसको पुतला आदि जलाउने गर्दछ, त्यसपछि एकआपसमा रंग दलेर आनन्दविभोर हुने गर्दछ ।


जापान ः जापानमा १६ अगस्तको राती एउटा पर्व मनाइन्छ- 'दे मोन्जी ओकुरिबी' । सो रात जापानमा कैयौं ठाउँहरूमा आगो बालेर होली मनाइन्छ ।

म्यानमार ः म्यानमार -वर्मा) मा होली अत्यन्त सभ्य र सरलताका साथ मनाइने गरिन्छ । यहाँ यस पर्वलाई 'टिगुला' का नामले चिनिन्छ । त्यसदिन हरेक टोल टोलमा टोली बनाएर ट्रकमा बसेर नाच्दै गाउँदै पुरै शहर बजारमा घुम्ने गरिन्छ । ड्रमहरूमा परमफ्यूम मिसाइएको पानी भरेर बाटो बाटोमा मानिसहरूलाई छ्यापेर आनन्द गर्ने गरिन्छ । यहाँ यस अवसरमा रंगहरूको प्रयोग भने गरिंदैन । यसपछि साँझको समयमा यहाँ मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरिन्छ । यस यसलाई 'पवे' भनिन्छ । यस कार्यक्रममा युवायुवतीहरू, वृद्ध, बालक सबै रातभरि अझ बिहान सम्म नाच्दै गाउँदै रमाइलो गरिन्छ ।

थाइल्याण्ड ः थाइल्याण्डमा अप्रिल महिनामा (वैशाख) होली जस्तै उत्सव 'साङ्गप|mान' मनाउने गरिन्छ । यसदिन यहाँका थाइवासीहरू विभिन्न मठ मन्दिरमा गएर भगवान बुद्धको पूजा अर्चना गर्ने र बौद्धभिक्षुहरूलाई दान दिन्छन् भने बुढापाकाबाट युवापीढीले आर्शिवाद लिएर सुगन्धित पानी र रंगहरू खेलेर सो पर्व मनाइन्छ ।

मिश्र ः मिश्रमा अंगारको होली मनाइने गरिन्छ । यसदिन यहाँका मानिसहरू खास गरेर बनवासी जंगलमा गएर आगो बालिन्छ । यस आगोमा आ-आफ्नो पुराना लुगाफाटा जलाउने गरिन्छ । त्यसपछि त्यो जलेको लुगाफाटा, अंगारलाई एकअर्कातिर फ्याँक्ने गरिन्छ । आगो सकिएपछि नुहाईधुवाई गरेर खानपीन गरेर खुशीयाली मानिन्छ भने मिश्रमै कसै कसैले हाँस्य विनोद गरेर गाउँदै नयाँ अन्नको स्वागत गर्दछन् ।

स्विट्जरल्याण्ड ः स्विट्जरल्याण्डमा होली जस्तो एकपर्व ३ दिनसम्म धुमधाम साथ मनाइने गरिन्छ । पहिलो दिन मानिसहरू अलग अलग ठाउँहरूमा बाँसुरी बजाएर सडकमा आउने गरिन्छ, उनीहरू विभिन्न प्रकारका मुकुण्डो र थरिथरिका टोपी लगाएर टोलटोल घुमेर एक निश्चित ठाउँमा पुग्छ । दोश्रो दिन विभिन्न मनोरञ्जक कार्यक्रम आयोजित गर्ने गरिन्छ भने तेस्रो दिन सबै आपसमा मिलेर 'सामूहिक भोज' को आयोजना गरेर आनन्द लिने गरिन्छ, अन्त्यमा भोज सकिएपछि एकआपसमा विभिन्न रंगहरू दलेर पर्वलाई बिदा गर्ने चलन रहिआएको छ ।

स्वीडेन ः स्वीडेनमा जून १५ तारेखका दिन एउटा पर्व मनाइन्छ । यस दिन यहाँका वासिन्दाहरू नजिकैको एक पहाडमा जम्मा हुने गर्दछ । त्यहाँ काठ दाउरा जम्मा गरेर आगो लगाइन्छ, बलेको आगोको चारैतिर बसेर स्वीडेनवासी नाचगान गरेर आफ्नो खुशीहरू प्रकट गर्ने गरिन्छ ।

फ्रान्स ः फ्रान्समा होलीको पर्वलाई 'मूर्खहरूको पर्व' को रूपमा मनाइन्छ । 'गाचो' नामबाट प्रसिद्ध यर्सपर्वमा प|mान्सवासी घाँस/भुसको एउटा ठूलो पुतला बनाइन्छ र नाच्दै गाउँदै जुलुस सहित निश्चित स्थानमा पुर्‍याइन्छ र त्यहाँ उक्त पुतलालाई दहन (जलाइन्छ) गरिन्छ । यसैदिन शहरको कुनै व्यक्तिलाई छानेर गधामाथी चढाएर शहर बजार घुमाउने पनि प्रथा प्रचलित छ ।

अफ्रिका ः जुन प्रकार नेपालमा होलीमा हिरण्यकशिपुको कथा प्रचलित छ, त्यसै प्रकार अफ्रिकामा पनि 'वों-गा' को कथा प्रचलित छ । त्यहाँको प्राचिन ग्रन्थका अनुसार वर्षो पहिला अप्रिmकामा 'वों-गा' नामक एक क्रुर एवं अत्याचारी शासकले राज्य गर्थे । त्यसको अत्याचार अत्यधिक बढेपछि जनताले विद्रोह गरेर 'वों-गा' लाई जिउँदै जलाइयो । त्यसबेला देखि सम्पूर्ण अफ्रिकावासी वों-गा को शासनबाट मुक्ति पाएको खुशीयालीमा प्रत्येक वर्षो मार्च/अप्रिलको मध्यतिर यो उत्सव मानिन्छ । यसदिन उक्त 'वों-गा' को पुतला समेत बनाइन्छ र विजयत्सोवको रूपमा जलाइन्छ । यस वर्ष त्यहाँ 'ओमेना वों-गा' भनिन्छ ।

श्रीलंका ः यहाँ फागु पर्वका बेला आगोको विशेष पूजा गरिन्छ । जुन आगोले असत्यलाई खरानी बनाइदिन्छ भन्ने धारणा पाइन्छ ।

-त्रिचन्द्र प्रतीक्षा चैत्र १३ गते २०६९ गोरखापत्र दैनिकमा प्रकाशित

सम्पादन बारे

[सम्पादन गर्नुहोस्]

त्रिचन्द्र प्रतीक्षा जी, तपाईंले गर्नुभएको प्रयास अत्यन्तै राम्रो छ । तर विकिपिडियामा अर्काको हुबहु सार्न पाइँदैन यसलाई आफ्नो ढाँचामा ढाल्नुपर्ने हुन्छ । यो विश्वकोष हो यहाँ विश्वकोषको भाषा प्रयोग गरिनु पर्दछ । म तपाईंलाई सहयोग गर्न तयार छु । तपाईं मलाई इमेल मार्फत पनि सम्पर्क राख्न सक्नुहुनेछ । ठेगाना मेरो प्रयोगकर्ता पृष्ठमा छ -DULAL (कुरा गर्ने) ०१:४६, ५ जनवरी २०१४ (युटिसी(UTC))

यो अर्काको हुबहु नभै मेरो लेख हो, के कसरी कुन ढाँचामा राख्ने हो थाहा भएन । सुझावको प्रतीक्षामा ।

५०,००० लेख प्रतियोगिता

[सम्पादन गर्नुहोस्]
नमस्ते, Trichandraज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ