प्रसाद दाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रसाद दाना तिलको लड्डुहरूको बीचमा

प्रसाद दाना, जसलाई अलैंची दाना, गोल दाना, नकुल दाना[१] वा तारासारी पनि भनिन्छ, एउटा गोलो आकारको चिनी हालेर बनाइएको मिठाई हो। यो विशेष गरी हिन्दू धर्मका धार्मिक स्थलहरूमा देवीदेवताहरूलाई चढाउन प्रयोग गरिन्छ।[२] यो प्रसादको रूपमा नेपाल तथा भारतका धार्मिक स्थलहरूमा चढाइने गरिन्छ। यसलाई साधारण बोलीचालीको भाषामा प्रसाद पनि भनिन्छ। यसलाई अङ्ग्रेजीमा 'मिमोसा सुगर बल्स' भनिन्छ।[३]

बनोट[सम्पादन गर्नुहोस्]

यो चिनीलाई पगालेर अनि फेरि जमाएर बनाइन्छ। यो गोल आकारको हुन्छ। यो एकदमै गुलियो हुन्छ। यो प्राय: सेतो रङको हुन्छ तर खाने रङ प्रयोग गरेर अन्य रङको प्रसाद दाना पनि बजारमा पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "নেতার কথা মেনেই দাওয়াই", Zee24Ghanta.com, अन्तिम पहुँच २०२२-१२-०८ 
  2. বসু, ঋজু, "ভোটপুজোয় কদর তুঙ্গে খুদে দানার", www.anandabazar.com (बङ्गालीमा), अन्तिम पहुँच २०२२-१२-०८ 
  3. "জেনে নিন আমাদের অতি পরিচিত নকুলদানাকে ইংরেজিতে কী বলে", News18 Bengali (बङ्गालीमा), अन्तिम पहुँच २०२२-१२-०८