फर्च्युन ५००
स्वरूप

फर्च्युन ५०० भनेको फर्च्युन म्याग्जिनले वार्षिक रूपमा प्रकाशन गर्ने सुची हो । जसमा अमेरिकाका ५०० वटा उच्च राजश्व कमाउन सफल भएका कम्पनीलाई सुचीकृत गरिएको हुन्छ । यस्तो सुची पहिलो पटक सन् १९५५ मा प्रकाशन गरिएको थियो । [१] फर्च्युन ५०० अवधारणाको शुरुवात फर्च्युन म्याग्जिनका सम्पादक एडगर पि. स्मिथले गरेका थिए । [२]
फर्च्युन ५०० को सुची मध्येको पहिलो १० कम्पनीहरु
[सम्पादन गर्नुहोस्]| क्र.सं. | २०१४ को सुची[३] |
|---|---|
| १ | वालमार्ट |
| २ | एकजोन मोविल |
| ३ | चेभरोन |
| ४ | बार्कसायर हार्थवे |
| ५ | एप्पल |
| ६ | फिलिप्स ६६ |
| ७ | जनरल मोटर्स |
| ८ | फोर्ड मोटर |
| ९ | जनरल इलेक्ट्रिक |
| १० | भलेरो इनर्जि |