सामग्रीमा जानुहोस्

फर्डिनान्ड मार्कोस जुनियर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फर्डिनान्ड मार्कोस जुनियर
Head shot of Marcos smiling
Official portrait, 2023
१७ औं राष्ट्रपति, फिलिपिन्स
पद बहाली
June 30, 2022
उपराष्ट्रपतिसारा दुतेर्ते
पूर्वाधिकारीरोड्रिगो दुतेर्ते

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जूनियर [] [] ( अङ्ग्रेजी: /ˈmɑːrkɔːs/, [] Tagalog: [ˈmaɾkɔs] ; जन्म: १३ सेप्टेम्बर १९५७), सामान्यतया बोङबोङ मार्कोस ( BBM ) भनेर चिनिन्छ, एक फिलिपिनो राजनीतिज्ञ हुन् जसले २०२२ देखि फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा सेवा गर्दै आएका छन्।[][] उनले २०१० देखि २०१६ सम्जम सिनेटरको रुपमा काम गरे। उनी पूर्व राष्ट्रपति, तानाशाह, र क्लेप्टोक्रेट [] फर्डिनान्ड मार्कोस सिनियर र पूर्व प्रथम महिला इमेल्डा रोमुआल्डेज मार्कोसका दोस्रो सन्तान र एक्लो छोरा हुन्। []

सन् १९८० मा, २३ वर्षको उमेरमा मार्कोस जूनियर इलोकोस नोर्टे को उप गभर्नर बने। त्यतिबेला उनका पिताले फिलिपिन्समा मार्शल कानुनबाट शासन गरिरहेका थिए। [] त्यसपछि उनी सन् १९८३ मा इलोकोस नोर्टेको गभर्नर बने। १९८६ फेब्रुअरीमा जनक्रान्तिले उनको परिवारलाई सत्ताबाट हटाएपछी हवाईमा निर्वासनमा [] रहे। [] सन् १९८९ मा आफ्नो बुबाको मृत्यु पछि, राष्ट्रपति कोराजोन एक्विनोले अन्ततः मार्कोस परिवारका बाँकी सदस्यहरूलाई विभिन्न आरोपहरूको सामना गर्न फिलिपिन्स फर्कन अनुमति दिए। [१०]

उनले र उनकी आमा हाल संयुक्त राज्य अमेरिका र यसका क्षेत्रमा आफ्नो बुबाको तानाशाहीबाट मानव अधिकार दुरुपयोग पीडितहरूलाई क्षतिपूर्ति वापत् ३५३ मिलियन अमेरिकी डलर तिर्न अदालतको आदेशलाई अवहेलना गरेकोमा गिरफ्तारीको सामना गर्दै हुनुहुन्छ। [११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "A dynasty on steroids", The Sydney Morning Herald (अङ्ग्रेजीमा), नोभेम्बर २४, २०१२, अन्तिम पहुँच फेब्रुअरी ५, २०२२
  2. "Senator Ferdinand "Bongbong" R. Marcos Jr.", Senate of the Philippines, अन्तिम पहुँच अक्टोबर १५, २०१५
  3. The New Webster's Dictionary of the English Language
  4. Cabato, Regine; Westfall, Sammy (मे १०, २०२२), "Marcos family once ousted by uprising wins Philippines vote in landslide", The Washington Post, मूलबाट मे १०, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १२, २०२२
  5. Lalu, Gabriel Pabico (जुन ३०, २०२२), "It's official: Bongbong Marcos sworn in as PH's 17th President", Philippine Daily Inquirer, मूलबाट जुन ३०, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ३०, २०२२
  6. Corruption and Money Laundering: A Symbiotic Relationship, New York।
  7. Imelda, steel butterfly of the Philippines, Lincoln, Nebraska, २००५।
  8. Holley, David (फेब्रुअरी २८, १९८६), "Speculation Grows: Marcos May Stay at Luxurious Hawaii Estate", Los Angeles Times, आइएसएसएन 0458-3035, मूलबाट सेप्टेम्बर २१, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १६, २०१८
  9. "फिलिपिन्सको राष्ट्रपतिमा मार्कोस जुनियर", कान्तिपुर, २०२२ मे ११, अन्तिम पहुँच अगस्ट १६, २०२२
  10. Mydans, Seth (नोभेम्बर ४, १९९१), "Imelda Marcos Returns to Philippines", The New York Times, मूलबाट डिसेम्बर १२, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १६, २०१८
  11. Robles, Alan (मे २, २०२२), "Philippine election: Who is Bongbong Marcos, what’s his platform and China views, and why can’t he visit the US?", South China Morning Post