बस्तर जिल्ला
स्वरूप
बस्तर जिल्ला | |
---|---|
चित्रकोट झरना, बस्तर | |
![]() छत्तीसगढमा स्थान | |
देश | ![]() |
राज्य | छत्तीसगढ |
स्थापित | १९४८ |
मुख्यालय | जगदलपुर |
क्षेत्रफल | |
• जम्मा | ६५९७ किमी२ (२५४७ वर्ग माइल) |
जनसङ्ख्या (२०११ को जनगणना) | |
• जम्मा | ८३४३७५ |
• घनत्व | १२७/किमी२ (३३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
वेबसाइट | bastar |
बस्तर मध्य भारतको छत्तीसगढ राज्यको एक जिल्ला हो। जगदलपुर, जिल्लाको सदरमुकाम हो। बस्तरलाई उत्तर-पश्चिममा नारायणपुर जिल्ला, उत्तरमा कोन्डगाउँ जिल्ला, पूर्वमा ओडिसा राज्यको नबरंगपुर र कोरापुट जिल्ला, दक्षिण र दक्षिण-पश्चिममा दन्तेवाडा र सुकमाले घेरेको छ। यस जिल्लामा आदिवासी र ओडिया संस्कृतिको अद्वितीय मिश्रण छ।
सन् १९९९ मा यस जिल्लालाई बस्तर, दन्तेवाडा र काङ्केरमा विभाजन गरिएको थियो। सन् २००० मा, बस्तर मध्य प्रदेशका १६ जिल्लाहरूमध्ये एक थियो जुन नयाँ राज्य छत्तीसगढको एक भाग बनेको थियो। सन् २०१२ मा, यसलाई फेरि विभाजन गरी कोन्डगाउँ जिल्ला बनाइएको थियो। यी चार जिल्ला बस्तर विभाजनको एक भाग हुन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "83 districts under the Security Related Expenditure Scheme", IntelliBriefs, ११ डिसेम्बर २००९, मूलबाट २७ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ सेप्टेम्बर २०११। वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०११ मिति