बहुप्रेमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संलग्न सबैजनाको सहमतिमा एकभन्दा बढी व्यक्तिसँग घनिष्ठ सम्बन्ध राख्ने अभ्यास वा चाहनालाई बहुस्नेही भनिन्छ । यसलाई सहमतिय नैतिक र जिम्मेवारीपूर्ण बहुव्यक्ति सम्बन्धको रूपमा हेरिन्छ । आफूलाई बहुस्नेहीको भनी पहिचान गर्ने व्यक्तिहरू ईर्ष्याको सचेत व्यवस्थापन साथ बहुव्यक्ति सम्बन्धमा विश्वास राख्छन् । [१]

प्रकार[सम्पादन गर्नुहोस्]

दुई व्यक्ति बीच हुने सम्बन्ध भन्दा पर विविध प्रकारका सम्बन्धहरूको छातालाई बहुस्नेही भन्न सकिन्छ । बहुस्नेही भन्नाले बहुविवाह वा संलग्न सबै व्यक्तिहरूको सहमति नभएको सम्बन्ध होइन । बहुस्नेही सम्बन्ध हुनका निम्ति संलग्न सबै व्यक्ति राजीखुशी हुनु पर्छ । [२]

  • एकको दुई - यस प्रकारको सम्बन्धमा एक व्यक्तिको दुई साझी (पार्टनर) हुने गर्दछ । त्यस एक व्यक्तिको दुई जना साझी बीच भने कुनै प्रकारको यौन तथा प्रणयात्मक सम्बन्ध हुँदैन ।
  • त्रिभुज - यस प्रकारको सम्बन्धमा पनि तीनजना व्यक्तिहरू संलग्न हुन्छ । यसमा चाही तीनै जना व्यक्ति एक अर्कासँग यौन तथा प्रणयात्मक सम्बन्धमा हुन्छन् ।
  • श्रेणीबद्ध - यस प्रकारको सम्बन्धमा आफ्नो साझीहरू मध्ये केही वा एकजना बढी महत्त्वपूर्ण अनि केही वा एकजना थोरै महत्त्वपूर्ण हुने गर्दछ ।
  • समबद्ध - यस प्रकारको सम्बन्धमा सबै साझीहरू सबैका लागि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ ।
  • खुला जोडी - यस प्रकारको सम्बन्धमा दुई व्यक्तिहरूको जोडी हुन्छ र एक अर्का प्रति प्रतिबद्ध हुन्छन् तर उनीहरू मध्ये एकजना वा दुबैजना अरु व्यक्तिहरूसँग पनि प्रतिबद्धताविहीन सम्बन्ध राख्न सक्छन् ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]