बहुलवाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बहुलवाद विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्वलाई प्राथमिकता दिने सिद्धान्त हो। यसले विश्वको उत्पात्ति र विकास एउटै तत्ववाट होइन्, बहुतत्वबाट भएको मान्यता राख्छ। बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ । बहुलवादको अवधारणा प्राचीन भारतीय दर्शनका साथै प्राचीन युनानी दर्शनमा पनि पाइन्छ। जैन दर्शनको अनेकान्तवादको सिद्धान्त छ, त्यो बहुलवाद नै हो। अद्धैतवाद (monism), द्धैतवाद(dualism) र बहुलवाद(pluralsiam)। अद्धैतवाद दुई प्रकारका छन्। आदर्शवादी र द्धन्द्धात्मक भौतिकवादी। हरेक दर्शनका विभिन्न पाटा वा क्षेत्र हुन्छन्, जस्तै तत्वमीमांमा, ज्ञानमीमांमा, आभारमीमांमा आदि । तत्वमीमांमाले यो संसारको सृष्टि गर्ने तत्व एउटै छ कि धेरै भन्ने प्रश्नको उत्तर खोज्दछ । मानिसबाट हुने वा गरिने विभिन्न विचार, मान्यता, चालचलन, प्रचलन, विभिन्न प्रकारका अनतर्क्रिया, लेनदेन, सहयोगहरूमा पाइने विविधतालाई स्वीकार गर्नु नै बहुलवादलाई स्वीकार गर्नु हो।

प्रारम्भिक भौतिवादमा पनि पृथ्वी, जल, तज, हावा वा परामाणुहरु जस्ता विभिन्न भौतिक तत्वहरुबाट संसार बन्यो भन्ने सिद्धान्तमा बहुलवादको केही लक्षणहरु पाइन्छन् । त्यस्तै, प्रारम्भिक आदर्शवादमा बहु–ईश्वरको चर्चा चगरिएको पाइन्छ ।

बहुलवाद दर्शन[सम्पादन गर्ने]

पाश्चात्य बहुलवादको जन्म सर्वप्रथम जर्मनीमा भएको पाइन्छ। सत्रौं शताब्दीको अन्त्य र १८ औ. शताब्दीको प्रारम्भतिरका जर्मन बुद्धिवादी दर्शनिक लाईबनित्जले संसार चेलनामय बहुतत्व (monads) बाट बनेको हो भनेका थिए । पछि आएर बहुलवादी दर्शनलाई विकसित गर्ने काम अमेरिकी व्यवहारवादी दार्शनिक विलिमय जेम्सले गरेका छन् । बीसौं शताब्दीको सुरुमा उनले यो विश्व एकरुप (universe) हैन, बहुरुप (multiverse) छ भने।

बहुलवाद (राजनीति)[सम्पादन गर्ने]

एउटा राजनीतिक दर्शनका रूपमा बहुलवाद एउटा राजनीतिक अङ्ग भित्रको विविधताप्रतिको स्वीकृति र समर्थन हो, जसले विविध अभिरूचि, विश्वास र जीवनशैलीहरूको शान्तिपूर्ण सहअस्तित्वलाई अनुमति दिन्छ। पछिल्लो समयमा बहुलावादी दर्शन इङ्ल्याडलगायत विश्वका विभिन्न देशमा फैलियौं र यसलाई बहुलवादी राजनीति व्यवस्थाको दार्शनिक आधारका रुपमा स्थापित गर्ने काम भयो । युरो–कम्युनिज्मको धाराले संसदीय व्यवस्था र बहुलवादलाई स्वीकार गरयो । अन्ततः बहुलवाद उत्तर आधुनिकतावादी दर्शनको प्रमुख आधारशीला बन्न पुग्यो । हाम्रो नेपालमा पनि ठ्याक्कै त्यही–कम्युनिज्म हुदै एमालेले बहुलवादलाई अङ्गीकार गरयो र उत्तरआधुनिकतावादको प्रवेशसँगै यहाँ पनि बहुलवाद बहसको विषय बन्न गएको छ । बहुलवादको दार्शनिक पक्ष बहुलवादको दार्शनिक पक्षको कुरा गुर्नअघि हामीले दर्शनका तीन प्रमुख धाराबारे पनि चर्चा गर्नु आवश्यक छ, ती हुन्–

बहुलवादका आधारहरु[सम्पादन गर्ने]

  1. संस्कृति
  2. भाषा
  3. राजनीतिक विविधता
  4. जातजनजाति
  5. वर्ग
  6. आर्थिक विविधता
  7. जनसङ्ख्याको संरचना

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]