बालन नाच

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

खासगरी ब्राहृमण-क्षेत्री समाजमा बालन गायन र त्यसको लयसागै नाच्ने परम्परा धेरै पुरानो हो। ब्राहृमण-क्षेत्री समाजमा प्रचलित रहेको हुनाले यसलाई 'बाहुननाच' पनि भनिन्छ। बालन, नेपाली संस्कृतिको एक महìवपूर्ण पक्ष हो। पश्चिमा संस्कृतिको प्रभावसागै केही यता बालन गाउने र नाच्ने चलनमा कमी मात्र आएको छैन, यो चलन झण्डै लोप हुने अवस्थामा पुगेको छ।

बाहुन-क्षेत्रीबाहेक नेपालका अन्य समुदायमा कम प्रचलित 'बालन' देवीदेवताको गुणगानमा केन्दि्रत रहेको पाइन्छ। सृष्टिकालदेखिका भगवान्का लीला र अवतारहरूको वर्णन बालनमा हुन्छ। त्यसैले गेयात्मक पक्षको प्रवलता र त्यसमा नाचसमेत प्रस्तुत गरिने हुादा यसको एउटा उद्देश्य श्रोताहरूको मनलाई आकषिर्त गर्ने रहेको पाइन्छ। लमजुङको सिम्पानीका स्थानीय टुकमान थापा भन्नुहुन्छ, "बालनको रचना गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवान्का दस अवतारलाई लिएर गरिएको हो। त्यसैले यो धर्मशास्त्रमा आधारित छ।"

हिन्दू परम्पराका अनुयायी व्रतालुहरू भगवान्को विशेष पूजा आराधनाको बेला र खासगरी रीति जाग्राम बसेको बेला बालनका टोली ल्याएर गाउने र नाच्ने गरिन्छ। साथै शिवरात्री, बालाचतुर्दशी, हरिबोधनी एकादशीलगायतका चाडपर्व, जात्रामात्रा र धार्मिक उत्सवमा पनि बालनको आयोजना गरिन्छ।

बालन टोलीमा बालन गाउने र नाच्ने २५ जनाको समूह हुन्छ। यस टोलीलाई 'गर्रा' भनिन्छ। गर्रामध्येबाटै एक जनालाई 'जेठोबूढो' मनोनयन गरिन्छ। भक्तजनले जेठोबूढोलाई फूलमाला लगाइदिई बालन लगाउने दिनको टुङ्गो गर्दछन्। उनै जेठोबूढाको सक्रियतामा अरू गर्राहरू तोकिएको दिनमा बालन गाउने र नाच्ने गर्दछन्।

बालनको प्रमुख अङ्गका रूपमा गुरूलाई लिइन्छ। उहाले सबै गर्राहरूलाई समेट्नुहुन्छ र उहाकै निर्देशन अनुसार गर्राहरू आफ्नो भूमिका निर्वाह गर्छन्। रामायण, महाभारत, पुराण आदिका आधारमा रचिएको भए पनि बालन बोललाई लोकसाहित्यको महìवपूर्ण पक्ष मान्ने गरिएको छ र बाबुबाजेको पालादेखि चल्दै आएको बालन नेपाली समाजमा विशेष आकर्षणको विषय रहादै आएको छ। बालनको पहिलो चरणमा 'हो.. हो.. हो धरै क्यारे पाञ्चायन देवता रक्षा गरे हामीलाई हामी खेल्छौा दस अवतार...' भन्दै भगवान्को आरती गराएर थाहा पाएसम्मका देवीदेवताहरू जगाउने गरिन्छ। यस नाचमा हनुमान झैं एक जनालाई नर्तक बनाइएको हुन्छ । यसमा गाइने गीतको बोल यस प्रकारको हुन्छ : हो ....... हो......है, राम र राम, ओंम श्रीराम, जपौं है रामजी नाम । हो श्रीराम आज लिउंमहा नारायणको नाम । हो... है खै! खै!! बहिनी तिम्रो वालन हेरौं । त्यसपछि दुष्टहरूको नाश गर्न भगवान्ले लिएका दस अवतारको वर्णन गरिन्छ। भगवान्को गुणगान गरिएको गीतिसङ्ग्रहलाई 'बही' भनिन्छ। यसैलाई गाएर बालन नाच प्रस्तुत गरिन्छ।

बालन नाचमा आठजना गर्राहरू बालने पोशाक लगाएर चार-चार जनाको टोलीमा विभाजित हुन्छन्। गुरूले दुई श्लोक बालन भट्याउनुभएपछि त्यही श्लोकलाई लिएर एक पक्षका चार जना र अर्को पक्षका चार जना नाच्ने गर्छन्। साझा, फलेटी, सलामी, चारकुने फोरुवा आदि बालन नाचका प्रकार हुन्।

बालन गायन र नृत्यसंागै भगवान्का अवतारहरूमा केन्द्रीत क्रियाकलाप आठ जना बाहेकका गर्राहरूले चटकका रूपमा प्रस्तुत गर्छन्। खासगरी स्रोता/दर्शकका लागि अत्यन्त रमाइलो लाग्ने यस क्षणमा भगवान्का अवतारहरूको नक्कल गरिन्छ। कथा अनुसार राम, लक्ष्मण, सीता, हनुमान, रावण, परशुराम, विष्णु, कृष्ण, कंसको अभिनय र सागसागै नृत्य पनि हुने गर्छ। बीचबीचमा हनुमानको प्रवेशले अझ बढी रमाइलो हुने गर्छ। गुरूङ संस्कृतिको घाटु नाचमा गीतको लयसागै नर्तकीलाई देवी चढेर लठ्याएझैा बालनमा पनि गीतको लयसागै अवतार बन्नेहरूमा देवी चढ्ने बताइन्छ। गीत तल माथि परेमा अवतारको अभिनय गर्नेहरू घाइते वा अन्य जोखिममा पर्ने मान्यता रही आएको छ। देउता चढेकै कारण हुनसक्छ - बालनमा हनुमान बन्ने व्यक्तिले घरको छाना उधार्ने, बोटबिरुवाको हागा भाच्ने, टोक्ने, उप|mनेलगायतका बितण्डा मच्चाउने गर्छ।

बालनमा रामचरित्र, कृष्णचरित्र, दस अवतारको कथा सकिएपछि भक्तजनका परिवारलाई मण्डपमा राखेर वरिपरि बालने गर्राहरू उभिन्छन् र फूल अक्षता चढाएर आशीष दिादै बालन टुङ्ग्याइन्छ। सिलसिलेवार गाइने बालन धार्मिक गीत धेरै नै लामो हुन्छ।

केही दशक अघिसम्म व्रतपूजा, जात्रामात्रा, मेलापर्वहरूमा अत्यन्त उत्साहका साथ गाउने नाच्ने गरिने मौलिक नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहादै आएको बालन हाल लोप हुन लागेको छ। पछिल्लो समयमा उत्सव, महोत्सव तथा विशेष समारोहहरूमा बालनका झलक देखाइने गरे पनि पुरानो पुस्ता नरहनु र नया पुस्ताले सिक्न नखोजेको वा नसिकेकाले पनि बालन लोप हुने अवस्थामा पुगेको हो।

  • [१]-बालन नाच - लोप हुनबाट जोगाउने कि !::नवीनराज कुइकेल