बाल अधिकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाल अधिकार बालबालिकाहरूको जन्मसिद्ध वा नैसर्गिक अधिकार हो। यो मानव अधिकारको एक उपसमूह हो जसले नाबालिगहरूलाई दिइएको विशेष संरक्षण र हेरचाहको अधिकारलाई जनाउँछ।[१] सन् १९८९ मा बाल अधिकारसम्बन्धी महासन्धिले बालबालिकाहरूलाई "अठार वर्षभन्दा कम उमेरको व्यक्ति" भनेर परिभाषित गरेको थियो। बालबालिकाको अधिकारमा आमाबाबु दुवैसँग घुलमिल हुन पाउने अधिकार, मानव पहिचान र शारीरिक सुरक्षा, खाना, राज्यद्वारा प्रदान गरिने सर्वव्यापी शिक्षा, स्वास्थ्य सेवा र बालबालिकाको उमेर र विकासअनुकूल फौजदारी कानून, बालबालिकाको नागरिक अधिकारको समान संरक्षण र बालबालिकाको जात, लिङ्ग, यौन अभिमुखीकरण, लैङ्गिक पहिचान, राष्ट्रिय उत्पत्ति, धर्म, अशक्तता, रङ, जातीयता वा अन्य विशेषताका आधारमा हुने भेदभावबाट मुक्त जस्ता अधिकारहरू पर्दछन्। बालबालिकाको अधिकारको व्याख्या गर्नेदेखि लिएर बालबालिकाहरूलाई स्वायत्त क्रियाकलाप गर्ने अधिकार दिनेदेखि बालबालिकालाई शारीरिक र मानसिक रूपमा दुर्ववहारबाट मुक्त गर्ने बाल अधिकारको विषयहरू हुन्।[२] बालबालिकाको सामाजिक सुरक्षा, शिक्षा दिक्षा,माया, स्नेह,शान्ति, समझदारी, बालमैत्री वातावरण, पोषिलो खानपान नैसर्गिक अधिकार हो। बाल अधिकार अन्तर्गत बाल बचाउ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता नै बाल अधिकार हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Children's Rights" वेब्याक मेसिन अभिलेखिकरण २००८-०९-२१ मिति, Amnesty International. Retrieved 2/23/08.
  2. Convention on the Rights of the Child, G.A. res. 44/25, annex, 44 U.N. GAOR Supp. (No. 49) at 167, U.N. Doc. A/44/49 (1989), entered into force Sept. 2 1990.