बाल यौन दुरुपयोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाल यौन दुरुपयोग एक प्रकारको आपराधिक कार्य हो, जुन विवाहका लागि उमेर नपुगेका व्यक्तिसँगका यौनजन्य व्यवहारसँग सम्बन्धित छ।

कानुन र सजाय[सम्पादन गर्नुहोस्]

नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (२) मा कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिने भनिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था पनि संहिताले तोकेको छ।[१] बालकालिकाको परिभाषामा अधिकतम उमेरहदका बारेमा विभिन्न देशका कानुनमा फरकफरक व्यवस्था छ। नेपालमा २० वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालबालिका मानिएको छ। यस उमेरसमूहका व्यक्तिको मञ्जुरी लिएर पनि यौनजन्य व्यवहार वा विवाह गर्न कानुनले वर्जित गरेको छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]