बुद्धघोष

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भदन्ताचरिय बुद्धघोष
तीन प्रति विशुद्धिमार्गको साथमा बुद्धघोष, Kelaniya Raja Maha Vihara
पेशाधार्मिक टिप्पणीकार
काल५ औं शताब्दी
विषयहरूथेरवाद बुद्ध धर्म
उल्लेखनीय कार्यहरूविशुद्धिमग्ग
(संस्कृत: विशुद्धिमार्ग)

बुद्धघोष (थाई: พระพุทธโฆษาจารย์, चिनियाँ: 覺音/佛音) ५ औं शताब्दीको भारतीय थेरवादी टिप्पणीकार एवं विद्वान थिए।[१][२] His best-known work is the Visuddhimagga "Path of Purification", a comprehensive summary and analysis of the Theravada understanding of the Buddha's path to liberation. The interpretations provided by Buddhaghosa have generally constituted the orthodox understanding of Theravada scriptures since at least the 12th century CE.[३][४] He is generally recognized by both Western scholars and Theravadins as the most important commentator of the Theravada.[२][५]


जीवनी[सम्पादन गर्ने]

बुद्धघोषको जन्म बिहार प्रदेश अन्तर्गत गयाको बोधिवृक्ष नजिक कतै भएको थियोे। उनी बाल्यकालदेखि नै प्रतिभाशाली थिए र उनलेे अल्पावस्था मै वेदको ज्ञान लिए, योगको पनि अभ्यास गरे, र उनी आफ्नो ज्ञानवृद्धिको लागि देश परिभ्रमण र विद्वानसंग वादविवाद गर्न थाले। एक पटक उनि रात्रिविश्रामको लागि कुनै बौद्धविहारमा पुगेका थिए। त्यहाँ रेवत नामक स्थविरसंग वादविवादमा पराजित भएर उनलेे बौद्ध धर्मको दीक्षा लिन थाले। तत्पश्चात् उनलेे त्रिपिटक का अध्ययन गरे। उनको असाधारण प्रतिभा एवं बौद्धधर्म प्रति श्रद्धा बाट प्रभावित भएर बौद्ध संघले उनलाई बुद्धघोषको पदवी प्रदान गर्यो। सोही विहारमा रहेर उनलेे "ज्ञानोदय" नामक ग्रन्थको पनि रचना गरे। यो ग्रन्थ अझैसम्म फेला परेको छैन। तत्पश्चात् उनलेे अभिधम्मपिटक को प्रथम नाग धम्मसंगणि पर अठ्ठसालिनी नामक टीका लेखे। उनलेे त्रिपिटकको अट्टकथा लेख्न पनि आरंभ गरे।

रचनाहरु[सम्पादन गर्ने]

बुद्धघोष द्वारा रचित भनेर भनिने ग्रन्थहरु निम्नानुसार छन:

  • बिसुद्धिमग्ग मा संयुक्त निकायको "अंतो जटा" आदि दुई गाथाको व्याख्या दार्शनिक रूप बाट भएको छ। यो ग्रन्थको बौद्ध संप्रदायमा ठूलो प्रतिष्ठा छ।
  • सामंत पासादिका - विनयपिटकको अट्टकथा
  • कंखावितरणी - विनयपिटकको एक खण्ड पातिमोक्खको अट्टकथा
  • सुमंगलविलासिनी - दीघ निकायको अट्टकथा
  • पपंचसूदनी - मज्झिम निकायको अट्टकथा
  • सारत्थपकासिनी - संयुत्तनिकाय अट्ठकथा
  • मनोरथजोतिका - अंगुत्तरनिकायको अट्ठकथा
  • परमत्थजोतिका - खुद्दकनिकायको खुद्दकपाठ एवं सुत्तनिपातको अट्टकथा
  • धम्मपद-अट्टकथा
  • जातक-अट्ठवण्णना
  • अट्ठशालिनी-अभिधम्मपिटकको धम्मसंगणिको अट्ठकथा
  • संमोहविनोदनी-विभंगको अट्टकथा
  • पंचप्पकरण अट्ठकथा - अभिधम्मपिटकको (कथावत्थु, पुग्गल पण्णति, धातुकथा, यमक र पट्ठान) यी पाँच खण्डको टीका हो।

यसरी बुद्धघोषले पालिमा सर्वप्रथम अट्ठकथाको रचना गरे। पालि त्रिपिटकको जुन अंश मा/को उनलेे/उनिहरुले अट्ठकथा लेेखेका थिएनन्, त्यसमा बुद्धदत्त, धर्मपाल तथा आनन्द आदि अन्य भिक्षुले अट्ठकथा लेखेर पालि त्रिपिटकको विस्तृत व्याख्यानको कार्य पूरा गरे।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य स्रोतहरु[सम्पादन गर्ने]

  1. (v. Hinüber 1996, p. 103) is more specific, estimating dates for Buddhaghosa of 370–450 CE based on the Mahavamsa and other sources. Following the Mahavamsa, (Bhikkhu Ñāṇamoli 1999, p. xxvi) places Buddhaghosa's arrival as coming during the reign of King Mahanama, between 412 and 434 CE.
  2. २.० २.१ Strong 2004, p. 75.
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named crosby837
  4. Gombrich 2012, p. 51.
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named v.Hinüber102