सामग्रीमा जानुहोस्

बुद्धिचाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बुद्धि चालबाट अनुप्रेषित)
बुद्धी चाल खेलको बोर्ड र गोटी

बुद्धी चाल (चेस) एउटा खेल हो जुन दुई जना खिलाडीले एउटा बोर्डमाथी केही गोटीहरू पालै पाला चालेर खेल्ने गर्छन्। यसलाई हिँदी भाषामा शतरंज भनिन्छ। अङ्ग्रजी भाषामा "Chess"(चेस) भनिन्छ। यो खेल विश्वका सबै मुलुकहरू खेलेको देखिन्छ। यो खेल खेलाडीहरूको बुद्धिको जाँच हुनु साथै खेल निरन्तर खेल्नाले बुद्धीको विकास पनि हुने गर्छ।

A king from the Isle of Lewis chessmen (c१२th C. British Museum)

धेरै इतिहासकारहरूको मान्यता छ कि बुद्धिचाल सबैभन्दा पहिला पश्चिमोत्तर भारतमा गुप्त सम्राटको बेला, छैठौं शताब्दी ADमा खेलिन्थ्यो। []

खेल सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
बुद्धिचाल खेलको सुरुवातमा बोर्डमा लगाएका गोट्टीहरू

यो खेलमा एक बोर्ड हुन्छ जसमा ६४ वटा कोठाहरू बनाईएका हुन्छन्। ती कोठाहरू ३२ वटा कोठाहरू सेता या अन्य रंगका हुन्छन् भने ३२ वटा कोठाहरू काला या अन्य रंगका हुन्छन्। यो खेलका दुईजना खेलाडीहरूलाई पनि क्रमशः सेतो र कालो भनिन्छ। यो खेलमा ३२ वटा गोटीहरू हुन्छन्। जस मध्य १६ वटा गोटीहरू सेता या अन्य रंगका हुन्छन् भने १६ वटा गोटीहरू काला या अन्य रंगका हुन्छन्। १६ वटा सेता गोटीहरूको नाम र संख्या यस प्रकार रहेका छन:-

गोटीको नाम गोटी संख्या चिन्ह
राजा
मन्त्री
हात्ती
उँट
घोडा
सीपाही

अर्को तर्फ पनि माथी उल्लेख गरिएका गोटीहरू कालो रंगका हुन्छन्।

खेलको सुरुवात

[सम्पादन गर्नुहोस्]

सबै भन्दा पहिले बोर्डमा दुवै तिर गोटीहरू लगाईन्छ। गोटीहरू लगाउदा सेतो राजा सेतो घरमा र कालो राजा कालो घरमा आमने सामने गरेर लगाईन्छ। राजाको दायाँ तिर मन्त्रीलाई लगाइन्छ भने बायाँ तिर उँट लगाईन्छ। यसै गरी मन्त्रीको दायाँ तिर अर्को उँट लगाईन्छ। त्यस पछि घोडा र अंतको घरमा हात्तीलाई राखिन्छ। राजाको बायाँतिरको घरहरूमा क्रमशः उँट (जसलाई माथी लेखियकै छ।)त्यसपछी अर्को घोडा र अंतमा अर्को हात्तीलाई राखिन्छ। यि सबै गोटीहरूका अगाडि सीपाहीहरूलाई राखिन्छ। यसै गरी अर्को खेलाडीले पनि आफ्ना गोटीहरू लगाउँछ। दुवै तिर गोटीहरू लगाइसके पछि खेलको सुरुवात हुन्छ।खेलको सुरुवात सेतो गोटीवाला खेलाडीले आफ्ना दुईवटा गोटीलाई अगाडि बढाएर गर्छ। त्यस पछि कालो गोटिवाला खेलाडीले आफ्नो तिरका दुईवटा गोटिलाई अगाडि बडाउछ।

गोटीहरू चल्दाखेरी आफ्नो बाटोमा आएका बिरोधी पक्षको गोटीहरूलाई मार्न पाउछ। हरेक गोटीहरूको आफ्नो-आफ्नो अलग-अलग चाल हुन्छ। जो तल उल्लेख गरिएको छ।

राजा गोटी

राजाले क्रैसलिँगको समय बाहेक अरु समयमा एक घर भन्दा बढी चल्न पाउदैन। राजाले चेक नभएको दाँया, बाँया, अगाडि, पछाडीका सबै घरहरूमा जान पाउँछ। यदि राजालाई चेक परेको छैन र हात्ती पनि आफ्नो ठाउँबाट बढेको छैन भने राजाले क्रैसलिँग गर्न पाउँछ। क्रैसलिँग दुई प्रकारको हुन्छ। राजाको बायाँ तिरको हात्ति सँग क्रैसलिँग गर्दा लंग क्रैसलिँग भनिन्छ जसमा राजाले बिचमा दुई घर छोडेर हात्तीको ठाउँमा जान्छ। राजाको दायाँ तिरको हात्ति सँगको क्रैसलिँगलाई सर्ट क्रैसलिँग भनिन्छ। जसमा राजा आफ्नो ठाउँबाट बिचमा एक घर छोडेर हात्तीको ठाउँमा जान्छ।

मन्त्री गोटी

मन्त्रीले बाटो पाएमा यो छेउबाट त्यो छेउ दायाँ, बायाँ, अगाडि, पछाडी छड्के कहिँ पनि जान पाउँछ। साथै मन्त्री यो खेलको मुख्य शक्तिदार गोट्टी पनि हो। यदी मन्त्री मर्यो भने जुन खेलाडीको मन्त्री मर्छ त्यो खेलाडीको जित्ने चान्स कम हुन्छ।

हात्ती गोटी

हात्तीको चाल पनि मन्त्री जस्तै हो तर हात्तीले बाटो पाएमा दायाँ बायाँ र अगाडि पछाडी मात्र बढ्न पाउँछ। छड्के चल्न पाउदैन। हात्ति मन्त्री पछीको दास्रो शक्तिमान गोट्टी हो। मन्त्री मरे पनि दुवै हात्तीहरू बचेका छन् र अरु पावरहरू पनि छन् भने जित्न सक्ने चान्स प्रवल हुन्छ।

उँट गोटी

कालो घरमा राखेको उँटलाई कालो उँट भनिन्छ भने यसको बाटो पनि कालै घरहरूमा हुन्छ र सेतो घरमा राखेको उँटलाई सेतो उँट भनिन्छ सेतो उँटले सेतो घरमात्र चल्न पाउँछ। उँटको बाटो छड्के हुन्छ। बाटो पाए सम्म उँट एक कुनाबाट अर्को कुना सम्म छड्के चालमा जान्छ।

घोडा गोटी

घोडाको चाल गजबको छ।यसलाई बाटो पनि चाईदैन। घोडा अङ्ग्रजी अक्षर (L) आकारको चालमा जहाँ पनि जान सक्छ। घोडाले आफ्नो बाटोमा परेको विरोधी पक्षको कुनै पनि गोटीलाई मार्न सक्छ। खास भन्ने हो भने चेसका खेलाडीहरूले विरोधी पक्षले घोडा अघाडी बढाएमा त्यो घोडा कुन घरमा छ र त्यो कहाँ कहाँ जाँदैछ भनेर ध्यान पुर्याउनु पर्छ। यदी ध्यान न दिएमा घोडाले एक चालमा मात्र खतम पार्न सक्छ।

सीपाही गोटी

सीपाही पहिलो चालमा २ घर अगाडि बढ्न पाउँछ। पछिका चालहरूमा १ घर मात्र अगाडि बढ्न पाउँछ। प्रहरीले बिरोधि पक्षका गोटीहरूलाई छड्के घरमा (एक घर मात्र) मार्न पाउँछ। यदि सीपाहीले १६ वटा घर पार गरेमा कुनै एक मरेको पावर गोटी जस्तै:- मन्त्री, हात्ती आदी गोटीहरूलाई लाई लिन पाउँछ।

यो खेलको उदेस्य भनेकै एक राजाको टोलिले अर्को राजाको फौँजहरूलाई मारेर राजालाई घेर्नु र आफ्नो कब्जामा लिनु रहेको छ। यदि एक खेलाडीले अर्को खेलाडीको राजालाई आफ्ना गोटीहरूको पावर लगाएर राजाको बाटो छेकि दिएमा अर्को खेलाडीको हार भएको मानिन्छ। हार्ने खेलाडीले आफ्नो राजा गोटीलाई हातमा लिएर हार स्विकार गरेपछि खेलको अंत हुन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Murray H.J.R. (१९१३), A history of chess, Benjamin Press (first published by Oxford University Press), आइएसबिएन 0-936317-01-9, ओसिएलसी 13472872 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]