बेगम हजरत महल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बेगम हरजत महल
अवधकी बेगम
Begum hazrat mahal.jpg
श्रीमाननवाब वाजिद अली शाह
जन्मसन् १८२०
फैजावाद, अवध
मृत्यु७ अप्रिल १८८७
काठमाडौ, नेपाल
धर्मसिया इसलाम [१]

बेगम हजरत महल (بیگم حضرت محل‎, जन्म:सन् १८२०, मृत्यु: ७ अप्रिल १८७९) जो अवधकी बेगमको नामले पनि परिचित थिइन्।[२] उनी अवधको नवाब वाजिद अली शाहको दोस्रो श्रीमती थिइन्। अङ्ग्रेजहरू द्वारा कलकत्तेमा आफ्नो पतिको देशनिकाला पछि बेगम हजरत महलको समर्थकहरूको एक समूहले पुनः लखनाउमा कब्जा जमाएका थिए।[३] आफ्नो राज्यलाई अङ्ग्रेजको कब्जाबाट बचाउन उनले आफ्नो छोरा नवाबजादे बिरजिस काद्रलाई अवधको शासक नियुक्त गर्न खोजिन् तर उनको प्रयास छिटै उनको शासनको अन्त्यका कारण असफल भएको थियो।[४] उनले सन् १८५७ मा भारतीय विद्रोहका केला ब्रिटिस इष्ट इण्डिया कम्पनीको विरुद्धमा विद्रोह गरेकी थिइन्। अन्तत उनलाई नेपालमा शरण मिल्यो जहाँ उनको सन् १८७९ मा ५९ वर्षको उमेरमा मृत्यु भएको थियो।[५]

जीवनी[सम्पादन गर्ने]

बेगम हजरत महलको नाम मुहम्मदी खानुम थियो र उनको जन्म फैजाबाद, अवधमा भएको थियो।[६] उनी पेशाले एक तवायफ (मुगल शासनकालको समयका शाही वेश्या) थिइन् भने आमाबुबा द्वारा बेचिएपछि उनी ख्वासीनक‍ रूपमा शाही हरममा (एक पुरुषका साथ कयौँ महिलाहरू बस्ने एक स्थान जहाँ अन्य पुरुषलाई प्रवेश निषेध गरिन्छ) बस्दै आएकी थिइन् तब उनलाई शाही अधिकारीहरूको साथ बेचिएको थियो तर पछि उनको परिको रूपमा पदोन्नति भएको थियो।[७] उनको पदोन्नति भएपछि उनलाई महक परिको रूपमा चिनिन थालिएको थियो। अवधका नवाबको शाही रखैलको रूिमा स्वीकार गरिएपछि उनलाई बेगमको तक्मा दिइएको थियो भने उनको छ‍रा बिरजिस कद्रको जन्म पश्चात् उनलाई हरजत महलको उपाधि दिइएको थियो।

उनी अन्तिम ताजदर-ए-अवध, वानिद अली शाहकी कान्छी श्रीमती थिइन्। सन् १८५६ मा अङ्ग्रेजहरूले अवधमा कब्जा जमाएका थिए र वाजिद अली शाहलाई कलकत्तामा देशनिकाला गरिएको थियो।[८] कलकत्तामा उनको श्रीमानको देशनिकाला भएपछि र बेगम र उनको श्रीमानको सम्बन्ध विच्छेदन भएतापनि बेगम हरजत महलले अवधको राजकीय मामलाहरूको सम्हाल्दै वा हेर्दै आएकी थिइन्।

सन् १८५७ भारतीय क्रान्ति[सम्पादन गर्ने]

स्वतन्त्रताको पहिलो युद्धका बेला, सन् १८५७ देखि सन् १८५८ सम्म राजा जयलाल सिंहको नेतृत्वमा बेगम हजरत महलको एक समर्थन टोलीले ब्रिटिस इष्ट इण्डिया कम्पनीको विरुद्धमा आवाज उठाउन सुरु गरेका थिए भने पछि उक्त टोलीले लखनउमा पुनः कब्जा जगाउन सफल भएका थिए र उनीहरूले बेगम हजरत महलका छोरा बिरजिस कद्रलाई अवधको शासकको रूपमा घोषित गरेका थिए।[९]

बेगम हजरत महलको प्रमुख उजुरीहरूमा एक थियो कि इष्ट इण्डिया कम्पनीले सडकहरू बनाउनका लागि मन्दिरहरू तथा मस्जिदहरूलाई आंशिक रूपमा ध्वस्त पारेको थियो। विद्रोहको अन्तिम दिनमा जारी गरिएको एक घोषणामा, उनीहरूले अङ्ग्रेज सरकारद्वारा धार्मिक स्वतन्त्रताको अनुमति दिने आस्वासनको खिल्ली उडाइएको थियो। [१०]

जब अङ्ग्रेज शासकहरूको आदेशको अनुसार सेनाले लखनउ तथा ओधको अधिकांश क्षेत्रहरूमा कब्जा गरे तब हजरत महल पछाडि हट्न बाध्य भएकी थिइन्। हजरत महल नाना साहेबसँग मिलेर काम गर्ने गरेकी थिइन् तर पछि शाहजहाँपुरमा आक्रमण पछि उनी फैजाबालको मौलवीसँग मिलेकी थिइन्। लखनउमा सन् १८५७ को क्रान्तिको नेतृत्व बेगम हजरत महलले गरेकी थिइन्। आफ्नो नाबालक छोरा बिरजिस कद्रलाई गद्दीमा बसाएर उनले अङ्ग्रेज सेनाहरूसँग आफैले लडेकी थिइन्। उनीमा सङ्गठनको अभूतपूर्व क्षमता थियो भने यसै कारण अवधको जमिनदार, किसान तथा सैनिकहरू उनको नेतृत्वमा अगाडि बढिरहेका थिए।

आलमबागमा लडाइँका बेला बेगम हरजत महलले आफ्ना शक्तिशाली सिपाही तथा योद्धाहरूलाई प्रचुर मात्रामा हौसला प्रदान गरेकी थिइन् भने उनी पुरै युद्धका बेला हात्तीमा सवार हुँदै सैनिकहरूको साथ दिनरात युद्धमा सामेल थिइन्। लखनउमा पराजित भएपछि उनी अवधको गाउँमा गइन् र त्यहाँ पनि उनले क्रान्तिको आगो सल्काएकी थिइन्। बेगम हरजत महल तथा रानी लक्ष्मीबाईको सैनिक दलमा अधिकांश महिला लडाकुहरू थिए। [११]

लखनउमा बेगम हरजत महलको महिला सैनिक दलको नेतृत्व रहीमीको हातमा रहेको थियो। जसले फौजीको भेष लिएर अधिक महिलाहरूको तोप तथा बन्दुक चलाउन सिकाएका थिए। रहीमीको नेतृत्वमा महिलाहरूले अङ्ग्रेजहरूको विरुद्ध युद्ध गरेका थिए।

लखनउकी शाही वेश्या हैदरीबाईमा थुप्रै अङ्ग्रेज अधिकारिहरू आउने गरेका थिए र कतिपय समयमा अङ्ग्रेजहरूले क्रान्तिकारीहरूको विरुद्धको योजनामा यहीँ छलफल गर्ने गरेका थिए। हैदरीबाईले वेश्या पेशाबाट भएपनि देशभक्तिको परिचय दिँदै यस्ता महत्त्वपूर्ण सूचनाहरू क्रान्तिकारीहरू सम्म पुराउन ठूलो मद्दत गरेकी थिइन् र पछि उनी पनि सैनिक दलमा सामेल भएकी थिइन्।

अन्तिम जीवन[सम्पादन गर्ने]

आफ्नो जीवको अन्तिम तिर बेगम हजरत महल नेपालमा आउन परेको थियो जहाँ उनलाई पहिला राणाको प्रथम प्रधानमन्त्री जङ्ग बहादुर राणाले शरण दिन अस्वीकार गरेका थिए तर पछि उनलाई नेपालमा शरण मिलेको थियो। सन् १८७९ मा उनक‍ मृत्यु नेपालको राजधानी काठमाण्डौमा भएको थियो र उनलाई जामे मस्जिदको मैदानमा एक अज्ञात चिहानमा गाडिएको थियो। उनको मृत्यु पश्चात् रानी भिक्टोरियाको जयन्तीको अवसरमा बेलायती सरकारले बिरजिस कद्रलाई माफ गर्दै उनलाई घर फर्किने आज्ञा दिएको थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Begum Hazrat Mahal Biography, History and Facts", २०१८-०२-०३। 
  2. Raja, Masood Ashraf (२०१८-१०-१०), "Competing habitus", The Routledge Companion to Pakistani Anglophone Writing, Routledge, पृ: 348–359, आइएसबिएन 9781315180618, डिओआई:10.4324/9781315180618-30 
  3. Narayan, Badri (फेब्रुअरी २००४), "Inventing caste history: Dalit mobilisation and nationalist past", Contributions to Indian Sociology 38 (1–2): 202, आइएसएसएन 0069-9667, डिओआई:10.1177/006996670403800108 
  4. "A link to Indian freedom movement in Nepal", The Hindu, ८ अप्रिल २०१४। 
  5. Narayan, Badri (फेब्रुअरी २००४), "Inventing caste history: Dalit mobilisation and nationalist past", Contributions to Indian Sociology 38 (1–2): 199, आइएसएसएन 0069-9667, डिओआई:10.1177/006996670403800108 
  6. Buyers, Christopher, "Oudh (Awadh) Genealogy", The Royal Ark 
  7. Christopher Hibbert (1980) The Great Mutiny, Harmondsworth: Penguin; p. 371
  8. "Begum Hazrat Mahal", Mapsofindia.com, अन्तिम पहुँच १८ अक्टोबर २०१२ 
  9. William Dalrymple The Last Mughal; the fall of a dynasty: Delhi, 1857, Viking Penguin, 2006, p. 69
  10. Krishna, Sharmila (११ जुन २००२), "Far from the madding crowd she lies, forlorn & forgotten", The Indian Express - LUCKNOW, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१३ 
  11. Harcourt, E.S (2012). Lucknow the Last Phase of an Oriental Culture (seventh संस्करण). Delhi: Oxford University Press. प॰ 76. ISBN 978-0-19-563375-7. 


बाह्य सूत्रहरू[सम्पादन गर्ने]