बेर्नार आर्नो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेर्नार आर्नो
सन् २०१७ मा आर्नो
जन्मबेर्नार जँ एतियन आर्नो
(1949-03-05) ५ मार्च १९४९ (उमेर ७५)
रूबे, फ्रान्स
मातृ शिक्षाप्रतिष्ठानइकोल पोलिटेक्निक, पालेजो
पेशाव्यपारी
चिनारीको कारणसंस्थापक एलभिएमआस
उपाधिकार्यकारी र अध्यक्ष, एलभिएमआस
अध्यक्ष, किस्तियोँ दियोँ
जीवनसाथी
आना दिवाभीँ
(
वि १९७३; सवि १९९०)

Hélène Mercier
(
वि १९९१)
सन्तान

बेर्नार आर्नो (फ्रान्सेली: Bernard Arnault), उच्चारण (उच्चारण = बेर्नार आर्नोँ), ५ मार्च १९४९ मा फ्रन्सको सहर रूबेमा जन्मिएका एक फ्रान्सेली अर्बपति तथा व्यापारी हुन्। उनी फ्रान्सेली विलासिता कम्पनी एलभिएमआस-मोएत एन्सी लुई भितोँका प्रमुख सेयरधनी, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष हुन्।

सन्मे २०२२ मा, अमेरिकी फोर्ब्स पत्रिकाका अनुसार उनी, संसारका तेस्रो धनी मानिस हुन् जसको खुद सम्पत्ति १५८ अर्ब अमेरिकी डलर रहेको छ।

जीवनी[सम्पादन गर्नुहोस्]

उत्पत्ति र गठन[सम्पादन गर्नुहोस्]

बर्नार जोँ इत्सेना आर्नुको जन्म ५ मार्च १९४९ मा, रूबेमा भएको थियो। उनी जोँ लियोँ आर्नोँका छोरा थिए, जो केन्द्रीय विद्यालयका अभियान्त्रिक थिए।[१] उनका बुबा फेरेत साभिनेल नामक एक सार्वजनिक कम्पनीका संस्थापक पनि हुन्।[२] उनका बुबाले यस कम्पनीमा अभियान्त्रिकको रूपमा काम गर्दा भविष्यका जीवनसाथीहरू भेटिएका थिए र उनीहरूले १२ अप्रिल १९४७ मा विवाह गरेका थिए। विवाहको २ वर्ष पश्चात् उनको जन्म भएको थियो।[१]

बर्नार आर्नोँ आफ्नो आमाको लागि प्रख्यात पियानोवादक हुन सक्दथे। उनलाई उनको हजुरआमा र उनकी आमाले हुर्काएका थिए जसले उनलाई अर्थशास्त्रको बारेमा केही कुरा सिकाएका थिए। [२] · [३]

बर्नार आर्नोले रूबेको माक्सोँसा-भान-दोर-मेख्च्स उच्चा विद्यालयमा माध्यमिक तह सम्म अध्ययन पूरा गरेका थिए [४]त्यसपछि उनले लिलको फिदेर्भ लिसे उच्च विद्यालयको तयारी कक्षामा अध्ययन गरेका थिए।[५] उनी सन् १९६८ मा इकल पोलितिक्निक नामक अध्ययन संस्थाका र लागि योग्य घोषित भएका थिए, तर हात भाँचिएको कारण उनी शारीरिक परीक्षणमा असमर्थ बनेका थिए।[६] पछि उनी इकल दि मिनमा भर्ना भएका थिए र उनले अर्को वर्ष परीक्षा दिएका थिए। उनले सन् १९६९ मा, प्राविधिक शिक्षा हासिल गर्ने अभिप्रायले एक इकल पोलिटिक्निकमा आबद्ध भएका थिए।[७] उनले उक्त अध्ययन संस्थानबाट सन् १९७१ मा स्नातक हासिल गरेका थिए।[८] स्नातक हासिल गरेपछि उनले परिवारको स्वामित्वमा सार्वजनिक निर्माण कम्पनी फेरेत साभिनेलमा सम्मिलित हुने निर्णय गरेका थिए।[९]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

५ मे १९७३ मा, उनले आना दिवाभीँसँग विवाह गरेका थिए जसको जन्म सन् १९५० मा भएको थियो भने उनले सन् २००१ मा, पात्रिस द मास्त्रेका अध्यक्षसँग विवाह गरेकी थिइन् जससँग उनका देलफिन (जन्म १९७५) र एथोवाँ (जन्म १९७७) गरि दुई सन्तान छन् जहाँ देलफिन सन् २००४ देखि, एलभिएमआस-मोएत एन्सी लुई भितोँ समूहका प्रशासक हुन् भने एथोवाँ बेर्लुतिका प्रवन्ध निर्देशक हुन्।[१०] · [११]

सन् १९९० मा उनिहरूको सम्बन्धविच्छेद भएको थियो र २३ सेप्टेम्बर १९९१ मा इलेन म्याख्सी (जन्म १९७०, क्यानडाली पियानोवादक) सँग पुनर्विवाह भएको थियो जससँग उनका आलेक्सँद्र (जन्म १९९२), रिमोवाका महाप्रबन्धक, फेदेरिख (जन्म १९९५) र जोँ (जन्म १९९८) गरि तीन छोराहरू छन्।[१२]

सन् २०१० देखि, बर्नार आर्नो इलियादका संस्थापक र उपाध्यक्ष, जेभियर निलका ससुरा बनेका छन् [१३]जसले उनकी छोरी देलफिनसँग विवाह गरेका छन्।[१४]

व्यावसायिक जीवन[सम्पादन गर्नुहोस्]

फेरिनेल[सम्पादन गर्नुहोस्]

सन् १९७१ मा, उनले पारिवारिक व्यवसायमा सामेल भएका थिए भने उनले आफ्नो बुबालाई कम्पनीको निर्माण गतिविधिहरूलाई ४ करोडमा बेच्नका लागि आग्रह गरेका थिए जसले गर्दा कम्पनी सम्पत्ती विकासको रूपमा रूपान्तरित भएको थियो जसमा कम्पनीको व्यापारिक नाम फेरिनेल राखिएको थियो। उनी सन् १९७४ मा कम्पनीको निर्देशकको पदमा नियुक्त भएका थिए र सन् १९७७ मा कम्पनीको प्रमुखको ठाउँमा उनका बुबाको स्थानमा आउनुभन्दा पहिले सन् १९७८ मा यसको प्रबन्ध निर्देशक बनेका थिए।[१५]

सन् १९८१ मा फँस्वा मितेरँदको निर्वाचन पछि, उनी संयुक्त राज्य अमेरिका गएका थिए र फिरेनेल निगमको स्थापना गरेका थिए। [१६]फेरिनेललाई सन् १९९५ मा जिनिराल दि उले खरिद गरेको थियो र यसलाई नेक्सिति नामकरण गरेको थियो।[१५]

किस्तियोँ दियोँ[सम्पादन गर्नुहोस्]

सन्‌ १९८४ मा, बेर्नार आर्नोँले आफ्नो परिवारको केही सम्पत्ति अन्तर्गत Financière Agache (Société fiduciaire et financier Agache Willot) मा ९ करोड लगानी गर्दै उक्त कम्पनीको अधिग्रहण गर्न सफल भएका थिए। उक्त अधिग्रहण उनले Banque Lazard का Antoine Bernheim को सहायक मार्फत गरेका थिए। अधिग्रहण पश्चात् उनी यसका प्रमुख कार्यकारी अधिकृत समेत बनेका थिए। उनले पछि groupe Boussac लाई पनि हासिल गरेका थिए जुन किस्तियोँ दियोँको स्वामित्वमा रहेको थियो (अत्तर उत्पादन क्षेत्र बाहेक, सन् १९७० को दशकमा अलग्गिएको)। पछि, उनले क्रमशः Le Bon Marché र डाइपर निर्माता Conforama को पनि अधिग्रहण गर्न सफल भएका थिए।

सन् १९७० को दशकदेखि यस समूहलाई frères Willot नामक कम्पनीले खरिद गरेको थियो र कम्पनीले युरोपेली कपडा उद्योग जत्तिकै ठूलो आर्थिक कठिनाइहरूको सामना गरेको थियो। यस अनिश्चित आर्थिक स्थितिले लगानीकर्ताहरूलाई अवरुद्ध तुल्याएको थियो। यस गतिरोधको औद्योगिक समाधान खोज्न चाहने फ्रान्सेली सरकारले रोजगारीका सवालमा चुनौतिहरूको महत्त्व बुझेर सन् १९८२ देखि सन् १९८५ कन बीच groupe Boussacलाई १० करोड प्रदान गरेको थियो। सन् १९८७ मा, फ्रान्सेली राज्यले प्रदान गरेको सहयोगले सदस्य राष्ट्रहरू भित्र प्रतिस्पर्धाको खेल विकृत बनाएको थियो र बेर्नार आर्नु समूहबाट ३३ करोड भन्दा बढी रकम प्रतिपूर्तिको माग गरेको थियो।

बेर्नार आर्नुले समूहको क्रियाकलापहरूको पुनर्गठन गरेका थिए र उनले सहायक कम्पनी groupe Prouvost र Conforama लाई प्रतिद्वन्द्वी केरिङलाई बेचेका थिए। ४ करोड व्यक्तिगत लगानीमा उनले सन् १९८७ मा groupe Boussacलाई नियन्त्रण लिएका थिए र पछि उनले एलभिएमआस-मोएत एन्सी लुई भितोँमा प्रमुख पद हासिल गरेका थिए जसले उनलाई फ्रान्सको सबैभन्दा धनी मानिसहरू मध्ये एक बनाएको थियो।

एलभिएमआस-मोएत एन्सी लुई भितोँ[सम्पादन गर्नुहोस्]

विवाद[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा, ब्रुसेल्सको सार्वजनिक अभियोजकको कार्यालयले उनको कम्पनी पिलिनभेस्तमा २.९ अर्ब युरो पूँजी वृद्धि र उक्ल् नगरपालिकामा बेर्नार आर्नु सम्भावित झूटो अधिवास सम्बन्धी अनुसन्धान सुरु गरेको थियो जहाँ उनले आफ्नो आवेदनको एक भागको रूपमा त्यहाँ बसोबास गरेको दाबी गरेका थिए। बेर्नार आर्नु र अभियोजन पक्ष बीच सम्बन्धित आर्थिक लेनदेन पछि जून २०१७ मा कार्यवाही अवरुद्ध भएको थियो। फँस ३ द्वारा प्रसारण गरिएको एउटा वृत्तचित्रका अनुसार, यस लेनदेनमा उनले २५ लाख युरो तिर्ने जनाएको थियो। पछि अनुसन्धानबाट खुलेको कर छलीका प्रमाणहरू फ्रान्सेली अधिकारीहरूलाई पठाइएको थियो।

जनवरी २०१३ मा, ब्रुसेल्स सार्वजनिक अभियोजकको कार्यालयले बेर्नार आर्नुले बनाएको बेल्जियमको नागरिकताका लागि निवेदनको बारेमा नकारात्मक राय पेश गरेको थियो। जसमा उनले बेल्जियममा तीन वर्षसम्म उसको मुख्य निवास रहेको प्रमाणित गर्न नसकेको जनाएको थियो जुन बेल्जियमको नागरिकता प्राप्त गर्ने मापदण्ड मध्ये एक हो। बेल्जियमा रहेको उनको कम्पनी शाखाको बारेमा अनुसन्धान जारी रहेको जनाएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]