विश्वका अर्बपतिहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्वका अर्बपतिहरू
खुद सम्पत्तिका आधारमा सूचीकृत विश्वका अर्बपतिहरूको सूची
align=center
align=center
विश्वका अर्बपतिहरूको कुल सम्पत्ति सन् २००० मा १ खर्ब अमेरिकी डलरबाट बढेर सन् २०१५ मा ७ खर्ब अमेरिकी डलर पुगेको थियो।
प्रकाशक विवरण
प्रकाशक
  • ह्वेल लगानी
  • फोर्ब्स परिवार
प्रकाशकफोर्ब्स
प्रथम प्रकाशनमार्च १९८७[१]
हालैको प्रकाशन७ अप्रिल २०२०
हालको सूचीको विवरण (सन् २०२०)[२]
सबैभन्दा धनीजेफ बेजोस
खुद सम्पत्ति (प्रथम)ह्रास $११३ अर्ब
अर्बपतिहरूको सूचीह्रास $२,०९५
खुद सम्पत्ति मुल्यको सूचीह्रास $८ खर्ब
सूचीमा नयाँ सदस्यहरूGreen Arrow Up Darker.svg १७८
फोर्ब्स: विश्वका अर्बपतिहरूको सूची

विश्वका अर्बपतिहरू एक वार्षिक वरियता प्रणाली हो। यसले विश्वका सबैभन्दा धनी अर्बपतिहरूको कुल सम्पत्तिका आधारमा दस्तावेजको प्रस्ताव गर्दछ, जसलाई अमेरिकी व्यापार पत्रिका फोर्ब्सले सामान्यतया मार्च महिनामा वार्षिक रूपमा सङ्कलन र प्रकाशन गर्ने गर्दछ। यसको सूची पहिलो पटक सन् १९८७ को मार्चमा प्रकाशित भएको थियो।[३] सूचीमा प्रत्येक व्यक्तिको कुल सम्पत्ति अनुमान गरिएको हुन्छ, जुन अमेरिकी डलरमा उनीहरूको दस्तावेजीकृत सम्पत्ति र ऋणको लेखामा आधारित छ। तिनिहरूको स्थितिबाट आउने शाही परिवार र तानाशाहहरूको धन यो सूचीमा समावेश गरिएको छैन। [३] यस क्रमबद्ध दस्तावेज सर्वाधिक धनी व्यक्तिहरूको सूचकाङ्क पनि हो। नेपालका एकमात्र र यस पत्रिकामा सूचीबद्द गरिएका नेपाली पहिला अर्बपति विनोद चौधरी हुन्। फोर्ब्सको सन् २०१९ को अर्बपतिहरूको सूचीमा, उनी १३४९औँ स्थानमा रहेका थिए।[४]

सन् २०१८ मा, उक्त सूचीमा सर्वाधिक धनी २,२०८ व्यक्तिहरूको तथ्याङ्क राखिएको थियो, जसमा २५९ नयाँ व्यक्तिहरू प्रायः चीन र अमेरिकाका नागरिक थिए।[५] त्यस सूचीमा ४० भन्दा कम उमेरका ६३ जना व्यक्तिहरू थिए भने, उक्त सूचीमा सर्वाधिक धनी २५६ महिलाहरूको तथ्याङ्क राखिएको थियो। सूचीको औसत खुद मूल्य सन् २०१७ मा ४.१ अर्ब अमेरिकी डलरमा आएको थियो , जुन सन् २०१७ को सूचीमा सूचीकृत २५ करोड अमेरिकी डलर भन्दा बढी हो। संयुक्त रूपमा, सन् २०१८ को अर्बपतिहरूका लागि कुल सम्पत्ति ९.१ खर्ब अमेरिकी डलर थियो, जुन सन् २०१७ को सूचीमा सूचीकृत ७.६७ खर्ब अमेरिकी डलर भन्दा बढी हो।[६] सन् २०१८ सम्ममा, माइक्रोसफ्टका संस्थापक बिल गेट्स विगत २४ वर्षको सूचीमा शीर्ष स्थानमा यथावत् थिए, जबकि अमेजनका संस्थापक जेफ बेजोस सन् २०१८ को सूचीमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएका थिए र वरियता अनुसार उनी पहिलो अर्बपति बनेका थिए।[६][७][८] सन् २०१७ मा, फेसबुकका सह संस्थापक मार्क जुकरबर्ग ५० वर्ष भन्दा कम उमेरका शीर्ष १० अर्बपतिहरूको सूचीमा सूचीकृत एक मात्र व्यक्ति बनेका थिए[९][१०] र उनी शीर्ष २० अर्बपतिहरूको सूचीमा सूचीकृत ४० वर्ष भन्दा कम उमेरका एक मात्र व्यक्ति पनि हुन्।[७] सन् २०१७ मा, ब्लुमबर्ग समाचारको एक प्रतिवेदनका अनुसार संसारका सर्वाधिक धनी ५०० व्यक्तिहरू १०० खर्ब अमेरिकी डलर सम्पत्तिका साथ धनी भएका थिए।[११][१२] सन् २०१७ को अक्सफ्याम प्रतिवेदनका अनुसार, शीर्ष आठ अर्बपतिहरूले "मानव जातिको सबैभन्दा गरीब आधा जनसङ्ख्या जत्तिकै संयुक्त सम्पत्तिको स्वामित्व राख्दछन्।[१३][१४]

पद्धति[सम्पादन गर्नुहोस्]

प्रत्येक वर्ष, फोर्ब्सले संसारका धनी व्यक्तिको गतिविधि पछ्याउन विभिन्न देशका ५० भन्दा बढी पत्रकारहरूको टोलीहरूको प्रयोग गर्दछ। सूचीको लागि योग्य हुन सक्नेहरूलाई प्रारम्भिक सर्वेक्षण पठाइन्छ।[१५] फोर्ब्सका अनुसार उनीहरूले तीन किसिमका प्रतिक्रियाहरू प्राप्त गरेका छन्, जसमा केही व्यक्तिले आफ्नो सम्पत्ति बढाउने कोसिस गर्ने, अरूले सहयोग गरेतापनि विवरणहरू नदिने, र कोहीले कुनै प्रश्नको उत्तर दिन अस्वीकार गर्ने लगायतका क्रियाहरू समावेश छ।[१६] व्यापारिक सम्झौताहरू त्यसपछि जाँच गरिन्छ र बहुमूल्य सम्पत्ति - जग्गा, घर, सवारीसाधन, कलाकृति, आदिको अनुमान गरिन्छ। अन्तर्वार्ताहरूद्वारा आँकडा जाँच गरिन्छ। अन्त्यमा, सार्वजनिक रूपमा व्यापारिक सेयरका स्थितिहरू प्रकाशनको एक महिना अघि बजारको लागि मूल्य निर्धारण गरिन्छ। निजी रूपमा सञ्चालित कम्पनीहरूको मूल्य प्रचलित मूल्यदेखि बिक्री वा मूल्य देखि आय अनुपातद्वारा निर्धारण गरिन्छ। अमेरिकी डलरमा एक व्यक्तिको अनुमानित मूल्यको अन्तिम अनुमान प्राप्त गर्नका लागि ज्ञात ऋण सम्पत्तिबाट घटाइन्छ। सेयरको मूल्यमा द्रुत रूपले उतार चढाव हुने हुनाले, व्यक्तिको वास्तविक सम्पत्ति र प्रकाशनको समयमा क्रमबद्धता सूची, सङ्कलन गरिएको बेला र हालको उनीहरूको अवस्थाबाट भिन्न हुन सक्दछ। [१६] परिवारहरूको सम्बन्ध ठूलो सङ्ख्यामा आफन्तजनहरूमा फैलिएको छ भने, ती व्यक्तिहरूको सम्पत्ति एक अर्ब अमेरिकी डलर भन्दा बढी भएको खण्डमा उनीहरूलाई पनि सूचीमा समावेश गरिन्छ। यद्यपि, जब कुनै जीवित व्यक्तिले उसको सम्पत्ति परिवारका सदस्यहरूलाई हस्तान्तरण गर्दछ भने, जीवित व्यक्ति एकल सूची अन्तर्गत समावेश हुन्छ। तिनिहरूको स्थितिबाट आउने शाही परिवार र तानाशाहहरूको धन यो सूचीमा समावेश गरिएको छैन।[१७]

वार्षिक वरियता[सम्पादन गर्नुहोस्]

वरियता प्रत्येक वर्षको मार्च महिनामा प्रकाशित हुन्छ, त्यसैले सूचीबद्ध खुल मूल्य उस समयको लागि लिइएको हुन्छ। तल दिइएको सूचीहरू प्रत्येक वर्षको शीर्ष १० धनी अर्बपतिहरूलाई सूचीबद्ध गरेको छ।

सङ्केत[सम्पादन गर्नुहोस्]

प्रतिमा विवरण
Steady पछिल्लो वरियताबाट परिवर्तन नभएको।
Green Arrow Up Darker.svg पछिल्लो वरियताबाट वृद्धि भएको।
ह्रास पछिल्लो वरियताबाट घटेको।

सन् २०२०[सम्पादन गर्नुहोस्]

विश्वका अर्बपतिहरूको ३४औँ वार्षिक फोर्ब्सको सूचीमा २,०९५ अर्बपतिहरू सूचीकृत छन् जसको कुल सम्पत्ति ८ खर्ब अमेरिकी डलर रहेको छ जसमा ५८ जना पूर्व अर्बपतिलाई समावेश गरिएको छैन[२] भने समग्र अर्बपतिहरूको कुल सम्पत्तिमा ७०० अर्ब अमेरिकी डलरको ह्रास आएको छ। सूची सन् २०२० को मार्चमा प्रकाशित गरिएको थियो जसका कारण यसमा कोरोनाविषाणु महामारीको प्रभाव देखा परेको छ।[२] विश्वकी कान्छी उमेरकी अर्बपति काइली जेनरलाई फोर्ब्सले झुठो सम्पति विवरण देखाएको भन्दै सन् २०१० को सूचीबाट उनलाई हटाएको थियो।[१८]

क्र.सं नाम कुल सम्पत्ति (अमेरिकी डलर) आयु राष्ट्रियता धनको स्रोत(हरू)
Steady बेजोस, जेफजेफ बेजोस $११३ अर्ब ह्रास ५६  संयुक्त राज्य अमेरिका अमेजन
Steady गेट्स, बिलबिल गेट्स $९८ अर्ब Green Arrow Up Darker.svg ६४  संयुक्त राज्य अमेरिका माइक्रोसफ्ट
Green Arrow Up Darker.svg आर्नु, बेर्नारबेर्नार आर्नु र परिवार $७६ अर्ब Steady ७१  फ्रान्स मोएत एन्सी लुई भितोँ
ह्रास बफेट, वारेनवारेन बफेट $६७.५ अर्ब ह्रास ८९  संयुक्त राज्य अमेरिका ब्रेकशायर हाथवे
Green Arrow Up Darker.svg एलिसन, ल्यारील्यारी एलिसन $५९ अर्ब ह्रास ७५  संयुक्त राज्य अमेरिका ओराकल निगम
Steady ओर्तेगा, आमान्सियोआमान्सियो ओर्तेगा $५५.१ अर्ब ह्रास ८४  स्पेन इन्दितेक्स, सारा
Green Arrow Up Darker.svg जुकरबर्ग, मार्कमार्क जुकरबर्ग $५४.७ अर्ब ह्रास ३५  संयुक्त राज्य अमेरिका फेसबुक
Green Arrow Up Darker.svg वाल्टन, जिमजिम वाल्टन $५४.६ अर्ब Green Arrow Up Darker.svg ७१  संयुक्त राज्य अमेरिका वालमार्ट
Green Arrow Up Darker.svg वालटन, एलिसएलिस वालटन $५४.४ अर्ब Green Arrow Up Darker.svg ७०  संयुक्त राज्य अमेरिका वालमार्ट
१० Green Arrow Up Darker.svg एस रबसन वालटन $५४.१ अर्ब Green Arrow Up Darker.svg ७७  संयुक्त राज्य अमेरिका वालमार्ट

सन् २०१९[सम्पादन गर्नुहोस्]

३३औँ वार्षिक फोर्ब्सको सूचीमा जम्मा २,१५३ अर्बपतिहरू स‌ूचीकृत थिए जसको कुल सम्पत्ति $८.७ अर्ब अमेरिकी डलर रहेको थियो। सन् २०१८ का ५५ जना पूर्व अर्बपतिलाई समावेश गरिएको छैन भने समग्र अर्बपतिहरूको कुल सम्पत्तिमा ४०० अर्ब अमेरिकी डलरको ह्रास आएको थियो। [१९] यस सबैभन्दा धेरै ६०९ जना अमेरिकी नागरिकहरू समावेश गरिएको थियो जहाँ हङकङ, मकाउ र ताइवानलाई समावेश नगरिकन चीनको सङ्ख्यामा कमी आई ३२४ मा झरेको थियो। फोर्ब्सका अनुसमर काइली जेनर २१ वर्षको उमेरमा अर्बपति बनेकी थिइन् भने उनी हालकी सबैभन्दा कम उमेरकी अर्बपति समेत हुन्।[१९]

क्रम.सं नाम कुल सम्पत्ति (अमेरिकी डलर) आयु राष्ट्रियता धनको स्रोत(हरू)
Steady बेजोस, जेफजेफ बेजोस $१३१ अर्ब Green Arrow Up Darker.svg ५५  संयुक्त राज्य अमेरिका अमेजन
Steady गेट्स, बिलबिल गेट्स $९६.५ अर्ब Green Arrow Up Darker.svg ६३  संयुक्त राज्य अमेरिका माइक्रोसफ्ट
Steady बफेट, वारेनवारेन बफेट $८२.५ अर्ब ह्रास ८८  संयुक्त राज्य अमेरिका बेर्कशायर हथावे
Steady आर्नु, बेर्नारबेर्नार आर्नु $७६ अर्ब Green Arrow Up Darker.svg ७०  फ्रान्स मोएत एन्सी लुई भितोँ
Green Arrow Up Darker.svg इज्लिम, कार्लोसकार्लोस इज्लिम $६४ अर्ब ह्रास ७९  मेक्सिको अमेरिका मोभिल, ग्रुपो कार्सो
Steady ओर्तेगा, आमान्सियोआमान्सियो ओर्तेगा $६२.७ अर्ब ह्रास ८२  स्पेन इन्दितेक्स, सारा
Green Arrow Up Darker.svg एलिसन, ल्यारील्यारी एलिसन $६२.५ अर्ब Green Arrow Up Darker.svg ७४  संयुक्त राज्य अमेरिका ओराकल निगम
ह्रास जुकरबर्ग, मार्कमार्क जुकरबर्ग $६२.३ अर्ब ह्रास ३४  संयुक्त राज्य अमेरिका फेसबुक
Green Arrow Up Darker.svg ब्लुमबर्ग, माइकलमाइकल ब्लुमबर्ग $५५.५ अर्ब Green Arrow Up Darker.svg ७७  संयुक्त राज्य अमेरिका ब्लुमबर्ग
१० Green Arrow Up Darker.svg पेज, ल्यारील्यारी पेज $५८ अर्ब Green Arrow Up Darker.svg ४५  संयुक्त राज्य अमेरिका अल्फाबेट निगम

सन् २०१८[सम्पादन गर्नुहोस्]

विश्वका अर्बपतिहरूको ३२औँ वार्षिक फोर्ब्सको सूचीले, संसारका शीर्ष २० सबैभन्दा धनी व्यक्तिको जम्मा सम्पत्ति सबै अर्बपतिहरूको कुल सम्पत्तिको १३ प्रतिशत रहेको जनाएको थियो।[६] सूचीमा २,२०८ अर्बपतिहरू सूचीकृत भएका थिए जसको जम्मा सम्पत्ति ९.१ खर्ब अमेरिकी डलर थियो जुन अघिल्लो वर्ष सन् २०१७ देखि १८% भन्दा बढी हो। पहिलो पटक, जेफ बेजोस अमेजनको बढ्दो सेयर मूल्यका कारण माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई उछिन्दै शीर्ष अर्बपतिको रूपमा सूचीकृत भएका थिए फलस्वरूप सन् १९८७ मा फोर्ब्सले पछ्याउन थालेदेखि एक व्यक्तिको सबैभन्दा ठूलो एक वर्षको सम्पत्ति ($३५ अर्ब डलर) भएको थियो।[६] संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै ५८५ अर्बपतिहरू यस सूचीमा आएका थिए जहाँ मकाउ, ताइवान र हङकङको जोडेर चीनका ४७६ अर्बपतिहरू यस सूचीमा सूचीकृत भएका थिए। फोर्ब्सले अल वालिद बिन तलाल र साउदी अरबका अन्य शाही परिवारहरूलाई वास्तविक सम्पत्ति थाहा नभएको भन्दै सूचीबाट हटाएको थियो।[२०]

क्र.सं नाम कुल सम्पत्ति (अमेरिकी डलर) आयु राष्ट्रियता धनको स्रोत(हरू)
Green Arrow Up Darker.svg बेजोस, जेफजेफ बेजोस $११२ अर्ब Green Arrow Up Darker.svg ५४  संयुक्त राज्य अमेरिका अमेजा
ह्रास गेट्स, बिलबिल गेट्स $९० अर्ब Green Arrow Up Darker.svg ६२  संयुक्त राज्य अमेरिका माइक्रोसफ्ट
ह्रास बफेट, वारेनवारेन बफेट $८४ अर्ब Green Arrow Up Darker.svg ८७  संयुक्त राज्य अमेरिका बेर्कशायर हथावे
Green Arrow Up Darker.svg आर्नु, बेर्नारबेर्नार आर्नु $७२ अर्ब Green Arrow Up Darker.svg ६९  फ्रान्स मोएत एन्सी लुई भितोँ
Steady जुकरबर्ग, मार्कमार्क जुकरबर्ग $७१ अर्ब Green Arrow Up Darker.svg ३३  संयुक्त राज्य अमेरिका फेसबुक
ह्रास ओर्तेगा, आमान्सियोआमान्सियो ओर्तेगा $७० अर्ब ह्रास ८१  स्पेन इन्दितेक्स,सारा
ह्रास इज्लिम, कार्लोसकार्लोस इज्लिम $६७.१ अर्ब Green Arrow Up Darker.svg ७८  मेक्सिको अमेरिका मोभिल, ग्रुपो कार्सो
Steady कोच, चार्ल्सचार्ल्स कोच $६० अर्ब Green Arrow Up Darker.svg ८२  संयुक्त राज्य अमेरिका कोच उद्योग
Steady कोच, डेभिडडेभिड कोच $६० अर्ब Green Arrow Up Darker.svg ७७  संयुक्त राज्य अमेरिका कोच उद्योग
१० ह्रास एलिसन, ल्यारील्यारी एलिसन $५८.५ अर्ब Green Arrow Up Darker.svg ७३  संयुक्त राज्य अमेरिका ओराकल निगम

सन् २०१७[सम्पादन गर्नुहोस्]

फोर्ब्सको विश्वको अर्बपतिहरूको सूचीको ३०औँ वार्षिकोत्सवमा, लगातार चौथो वर्ष, बिल गेट्स विश्वको सबैभन्दा धनी मानिसको रूपमा रहेका थिए।[७] सन् २०१७ मा, २,०४३ जना अर्बपतिहरू यस सूचीमा सूचीकृत भएका थिए भने २,००० भन्दा बढी व्यक्तिहरू सूचीमा आएका थिए। यसमा १९५ जना नयाँ व्यक्तिहरू थिए जसमध्ये चीनका २५ र संयुक्त राज्य अमेरिकाका ७६ जना रहेका थिए। सूचीमा ४० वर्ष भन्दा कम उमेरका ४० जना र २७७ महिला सूचीकृत थिए। सन् २०१६ को भन्दा यसमा अर्बपतिहरूको सङ्ख्यामा १३% ले वृद्धि भएको थियो। यो सङ्ख्या १,८१० बाट वृद्धि हुँदै २,०४३ पुगेको थियो।[२१] सन् २०१७ मा, अर्बपतिहरूको सङ्ख्या ठूलो रूपमा परिवर्तन भएको थियो। समग्रमा, सन् २०१७ को अर्बपतिहरूको कुल सम्पत्ति ७.६७ खर्ब अमेरिकी डलर रहेको थियो भने सन् २०१६ मा कुल अर्बपतिहरूको सम्पत्ति ७.१ खर्ब अमेरिकी डलर रहेको थियो। १२ वर्ष पछि पहिलो पटक मेक्सिकोका कार्लोस इज्लिम शीर्ष पाँचमा सूचीकृत हुन असफल भएका थिए।[७][८] संयुक्त राज्य अमेरिकामा सर्वाधिक धेरै ५६५ जना अर्बपतिहरू सूचीकृत भएका थिए। हङकङ, मकाउ र ताइवानलाई छोडेर चीनका ३१९ अर्बपतिहरू यसमा सूचीकृत भएका थिए, जहाँ जर्मनीका ११३ र भारतका १०१ जना अर्बपतिहरू यसमा सूचीकृत थिए। सन् २०१७ मा, भारतमा अर्बपतिहरूको सङ्ख्या १०० कटेको थियो।

क्र.सं नाम कुल सम्पत्ति (अमेरिकी डलर) आयु राष्ट्रियता धनको स्रोत(हरू)
Steady गेट्स, बिलबिल गेट्स $८६.० अर्ब Green Arrow Up Darker.svg ६१  संयुक्त राज्य अमेरिका माइक्रोसफ्ट
Green Arrow Up Darker.svg बफेट, वारेनवारेन बफेट $७५.६ अर्ब Green Arrow Up Darker.svg ८६  संयुक्त राज्य अमेरिका बेर्कशायर हावथे
Green Arrow Up Darker.svg बेजोस, जेफजेफ बेजोस $७२.८ अर्ब Green Arrow Up Darker.svg ५३  संयुक्त राज्य अमेरिका अमेजन
ह्रास ओर्तेगा, आमान्सियोआमान्सियो ओर्तेगा $७१.३ अर्ब Green Arrow Up Darker.svg ८०  स्पेन इन्दितेक्स, सरा
Green Arrow Up Darker.svg जुकरबर्ग, मार्कमार्क जुकरबर्ग $५६.० अर्ब Green Arrow Up Darker.svg ३२  संयुक्त राज्य अमेरिका फेसबुक
ह्रास इज्लिम, कार्लोसकार्लोस इज्लिम $५४.५ अर्ब Green Arrow Up Darker.svg ७७  मेक्सिको आमेरिका मोभिल, ग्रुपो कार्सो
Steady एलिसन, ल्यारील्यारी एलिसन $५२.२ अर्ब Green Arrow Up Darker.svg ७२  संयुक्त राज्य अमेरिका ओराकल निगम
Green Arrow Up Darker.svg कोच, चार्ल्सचार्ल्स कोच $४८.३ अर्ब Green Arrow Up Darker.svg ८१  संयुक्त राज्य अमेरिका कोच उद्योग
Green Arrow Up Darker.svg कोच, डेभिडडेभिड कोच $४८.३ अर्ब Green Arrow Up Darker.svg ७६  संयुक्त राज्य अमेरिका कोच उद्योग
१० ह्रास ब्लुमबर्ग, माइकलमाइकल ब्लुमबर्ग $४७.५ अर्ब Green Arrow Up Darker.svg ७५  संयुक्त राज्य अमेरिका ब्लुमबर्ग

तथ्याङ्क[सम्पादन गर्नुहोस्]

अर्बपतिहरूको सम्पत्ति विश्वव्यापी वित्तीय सङ्कटबाट अझ कठोर बनेको छ। सन् २००९ मा पाँच वर्षमा पहिलो पटक अर्बपतिहरूको सङ्ख्यामा गिरावट आएको थियो।[२२] वित्तीय बजारको कडा प्रदर्शन र विश्वव्यापी आर्थिक प्रतिलाभले वित्तीय सम्पत्ति घाटा मेटाउन सफल भएको थियो। सन् २०१० को सुरुमा विश्वका धेरै धनी व्यक्तिहरूले आफ्नो सम्पत्ति बढेको बताएका छन्।[२३][२४]

वर्ष अनुसार अर्बपतिहरूको सङ्ख्या र संयुक्त सम्पत्ति[२५]
वर्ष अर्बपतिहरूको सूची समूहको संयुक्त खुद सम्पत्ति
सन् २०२० २,०९५ $८.० खर्ब
सन् २०१९ २,१५३ $८.७ खर्ब
सन् २०१८ २,२०८ $९.१ खर्ब
सन् २०१७ २,०४३ $७.७ खर्ब
सन् २०१६ १,८१० $६.५ खर्ब
सन् २०१५[८] १,८२६ $७.१ खर्ब
सन् २०१४[२६] १,६४५ $६.४ खर्ब
सन् २०१३[२७] १,४२६ $५.४ खर्ब
सन् २०१२ १,२२६ $४.६ खर्ब
सन् २०११ १,२१० $४.५ खर्ब
सन् २०१० १,०११ $३.६ खर्ब
सन् २००९ ७९३ $२.४ खर्ब
सन् २००८ १,१२५ $४.४ खर्ब
सन् २००७ ९४६ $३.५ खर्ब
सन् २००६ ७९३ $२.६ खर्ब
सन् २००५ ६९१ $२.२ खर्ब
सन् २००४ ५८७ $१.९ खर्ब
सन् २००३ ४७६ $१.४ खर्ब
सन् २००२ ४९७ $१.५ खर्ब
सन् २००१ ५३८ $१.८ खर्ब
सन् २००० ४७० $८९८ अर्ब
स्रोत: फोर्ब्स[८][२५][२६][२७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named MW2014
  2. २.० २.१ २.२ दोलन, केरी ए (२०२०)। "सन् २०२० फोर्ब्स अर्बपति"फोर्ब्स। सङ्ग्रह मिति २०२०-०४-०७ 
  3. ३.० ३.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named AL2014
  4. "विश्वका अर्बपतिहरूको सूचीमा विनोद चौधरी १३४९ औं स्थानमा"राष्ट्रिय समाचार (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१ 
  5. "किन पुतिन फोर्ब्सको अर्बपतिहरूको सूचीमा छैनन्?", फोर्ब्स। 
  6. ६.० ६.१ ६.२ ६.३ क्रोल, लुइसा (६ मार्च २०१८), "सन् २०१८ फोर्ब्स अर्बपति - फोर्ब्स", फोर्ब्स, अन्तिम पहुँच ६ मार्च २०१८ 
  7. ७.० ७.१ ७.२ ७.३ क्रोल, लुसिया, "Forbes 2017 billionaires list: Meet the richest people on the planet", फोर्ब्स, अन्तिम पहुँच २१ मार्च २०१७ 
  8. ८.० ८.१ ८.२ ८.३ दोलन, केरी ए; क्रोल, लुसिया (२ मार्च २०१५), "सन् २०१५ को अर्बपतिको सूची भित्र: तथ्य र प्रतिवेदन", फोर्ब्स, अन्तिम पहुँच ३१ मे २०१५ 
  9. मेटकाल्फ, तम; वित्जिग, जाक (२७ डिसेम्बर २०१७), "World's Wealthiest Became $1 Trillion Richer in 2017", ब्लुमबर्ग समाचार, अन्तिम पहुँच २७ डिसेम्बर २०१७ 
  10. एरिकसन, एमान्डा (२७ डिसेम्बर २०१७), "The world’s 500 wealthiest people got $1 trillion richer in 2017", द वासिङ्टन पोस्ट, अन्तिम पहुँच २७ डिसेम्बर २०१७ 
  11. हिमाल कोइराला। "फेसबुकका संस्थापक मार्क जुकरबर्ग : विश्वका युवाको उत्प्रेरक"खबर हब 
  12. शिनाल, जोन (२०१७-०८-०१)। "Mark Zuckerberg is less than half the age of his super-wealthy peers"सिएनबिसी। सङ्ग्रह मिति २०१९-०१-१५ 
  13. रात्क्लिफ, एन्ना (१६ जनवरी २०१७), "Just 8 men own same wealth as half the world", ओक्सफाम, अन्तिम पहुँच १६ जनवरी २०१७ 
  14. मुलानी, गेरी (१६ जनवरी २०१७), "World’s 8 Richest Have as Much Wealth as Bottom Half of Global Population", द न्यु योर्क टाइम्स, अन्तिम पहुँच १६ जनवरी २०१७ 
  15. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named rferl2010
  16. १६.० १६.१ दोलन, केरी (७ मार्च २०१२), "Methodology: How We Crunch The Numbers", फोर्ब्स, अन्तिम पहुँच ४ जनवरी २०१३ 
  17. Fortunes Of Kings, Queens And Dictators फोर्ब्स, ५ मे २००६
  18. "फोर्ब्स पत्रिकाले काइलीलाई अर्बपति सूचीबाट हटायो, झुट बोलेर सम्पति देखाएको आरोप"न्युज २४। सङ्ग्रह मिति ३१ मार्च २०२० 
  19. १९.० १९.१ "सन् २०१९ का अर्बपतिहरू - फोर्ब्स"। फोर्ब्स। ५ मार्च २०१९। सङ्ग्रह मिति १३ मार्च २०१९ 
  20. Why No Saudi Arabians Made The Forbes Billionaires List This Year
  21. "विश्वका अर्बपतिहरूको सूची"फोर्ब्स। २३ मार्च २०१७। सङ्ग्रह मिति २१ मार्च २०१७ 
  22. "धनीहरू प्रति विशेष प्रतिवेदन"द इकोनोमिस्ट। ४ अप्रिल २००९। 
  23. "सन् २०११ को विश्वव्यापी धनी प्रतिवेदनहरू" (PDF), बोस्टन परामर्श समूह, ३१ मे २०११, मूलबाट २३ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित। 
  24. "विश्व सम्पत्ति प्रतिवेदन २०११" (PDF), कापजेमिनि र मेरिल लिन्च, २२ जुन २०११, मूलबाट ३ नोभेम्बर २०११-मा सङ्ग्रहित। 
  25. २५.० २५.१ "अर्बपतिहरूको २५औँ वार्षिकोत्सब समयरेखा – फोर्ब्स"फोर्ब्स। सङ्ग्रह मिति ३१ मे २०१५ 
  26. २६.० २६.१ दोलन, केरी ए; क्रोल, लुसिया (३ मार्च २०१४), "सन् २०१४ को अर्बपतिको सूची भित्र: तथ्य र प्रतिवेदन", फोर्ब्स, अन्तिम पहुँच ३१ मे २०१५ 
  27. २७.० २७.१ क्रोल, लुसिया (४ मार्च २०१३), "सन् २०१३ को अर्बपतिको सूची भित्र: तथ्य र प्रतिवेदन", फोर्ब्स, अन्तिम पहुँच ३१ मे २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]