ल्यारी पेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ल्यारी पेज
जन्मलरेन्स ल्यारी पेज
(1973-03-26) मार्च २६, १९७३ (उमेर ५०)
इस्ट लन्सिङ्, मिचिगन
राष्ट्रियताअमेरिकी
मातृ शिक्षाप्रतिष्ठानइस्ट लन्सिङ् हाइ स्कूल
मिचिगन विश्वविद्यालय
स्ट्यानफोर्ड विश्वविद्यालय
पेशाकम्प्यूटर वैज्ञानिक, प्रविधि अभिनव, उद्यमी
चिनारीको कारणगुगलका सह-संस्थापक
जम्मा सम्पतिवृद्धि युएस$१७.५ बिलियन(२०१०)[१]
जीवनसाथीलुसिन्डा साउथवर्थ

लरेन्स एड्वार्ड पेज[२] (जन्म मार्च २६, १९७३, अङ्ग्रेजी: Lawrence Edward Page) अमेरिकाका कम्प्युटर वैज्ञानिक हुन्। उनी विश्व प्रसिद्ध इन्टरनेट सञ्जाल गुगलका सह-संस्थापक हुन्। ल्यारी पेज सन् २०१८ मा विश्वकै दोस्रो शक्तिशाली प्रमुख कार्यकारी अधिकृत हुन् । अलफाबेट कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेको उनको उमेर ४५ वर्ष भयो । कम्पनीमा उनी भन्दा तल्लो तहमा रहेर ८८ हजार १ सय १० जनाले काम गर्छन्।[३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

पेज २६ मार्च, १९७३[४] मा पूर्वी लन्सिङ्, मिचिगनमा जन्मिएका थिए ।[५] उनी पढ्न र लेख्न थालेपछि घरमा पाइने अखबारमा रमाउने गर्थे । उनी सानैमा स्याक्सोफोनले खेल्नुको साथै म्युजिक कम्पोजिङमा समेत रुचि राखेका थिए । यो क्रियाकलापले संगीत शिक्षालाई कम्प्युटिङ कसरी गर्ने भन्ने ज्ञानसमेत उनी पाउन सफल भए । ल्यारी पेजले स्टान्फोर्ड विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ पढे । पढाइकै क्रममा उनको जम्का भेट सर्गेइ ब्रिनसँग भयो । सन् १९९८ मा उनले ब्रिनसँग मिलेर खोज इन्जिन गुगल सुरु गरेका हुन् ।[६]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Forbes Magazine (२०१०), "Larry Page", Forbes Magazine, अन्तिम पहुँच २०१९-०२-१४ 
  2. The Columbia Electronic Encyclopedia (२०१३), "Page, Larry" [पेज, ल्यारी], Thefreedictionary.com, अन्तिम पहुँच अगस्ट २८, २०१८ 
  3. "२०१८ का विश्वकै सबैभन्दा शक्तिशाली १० सिइओ", अन्तिम पहुँच २०१९-०२-१४ [dead link]
  4. "Larry Page Biography", अन्तिम पहुँच २०१९-०२-१४ 
  5. Sergey Brin; Lawrence Page (१९९८), "The Anatomy of a Large-Scale Hypertextual Web Search Engine", Stanford University, अन्तिम पहुँच १४ फेब्रुअरी २०१९ Lowe, Janet (Apr २२, २००९), Google Speaks: Secrets of the World's Greatest Billionaire Entrepreneurs, Sergey Brin and Larry Page, John Wiley & Sons, पृ: २२, आइएसबिएन 9780470501245 
  6. "‘गुगल’ का आविष्कारक पेज", अन्तिम पहुँच २०१९-०२-१४