वारेन बफेट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वारेन बफेट
वारेन बफेट at the 2015 SelectUSA Investment Summit
जन्मवारेन एडवार्ड बफेट
(१९३०-०८-३०) अगस्ट ३०, १९३० (उमेर ८९)
ओहामा, नेब्रास्का, अमेरिका
वासस्थानओहामा, नेब्रास्का,नेब्रास्का, अमेरिका
मातृ शिक्षाप्रतिष्ठानपेन्सिलभेनिया विश्वविद्यालय
नेब्रास्का - लिंकन विश्वविद्यालय
कोलाम्बिया विश्वविद्यालय
पेशालगानीकर्ता व्यापार उद्यमी, र परोपकारी
कार्यकाल१९५१ –हाल
चिनारीको कारणचार्ल्स मङ्गरको साथमा बर्कसायर हाथवे को नेतृत्व
जम्मा सम्पतिUS$८७.५ अरब (February 2018)
जीवनसाथी
Susan Thompson
(विवाह १९५२; her death २००४)

Astrid Menks
(विवाह २००६)
सन्तानसुसन एलिस बफेट
हवार्ड ग्राहम बफेट
पिटर बफेट
मातापिताहवार्ड बफेट
Leila Stahl Buffett
आफन्तHoward Warren Buffett (grandson)
हस्ताक्षर

वारेन एड्वार्ड बफेट (/ˈbʌfɪt/; जन्म अगस्ट ३०, १९३०)[१] एक अमेरिकी अरबपती, लगानीकर्ता तथा लोक परोपकारी हुन, जो वर्कसायर हाथवे का अध्यक्ष र सिइओ हुन्। उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्ये एक मानिन्छ।[२][३] २०१९ को डिसेम्बर अनुसार उनको खुद सम्पत्ति US$88.9 अर्ब छ , र उनी विश्वको चौथो सर्वाधिक धनी व्यक्ति हुन्।[४]बफेट ओरेकल अफ ओमाहा अर्थात् ओमाहाको सबै भन्दा ठुलो लगानीकर्ताको रुपमा पनि चिनिन्छन । उनले अमेरिकाको कोकाकोला, वेल्स फार्गो एण्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठुलो कम्पनीहरुमा धेरै लगानी गर्ने गर्थे । यी कम्पनीहरुमा ठुलो स्वामित्व कसैसंग छ भने त्यो वारेन बफेटसंग रहेको छ ।

बफेट एक उल्लेखनीय परोपकारी समेत हुन्, उनले ९९ प्रतिशत [५] आफ्नो सम्पत्ति दान गरेका छन्, मुख्यतः बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसन बाट. उनले २००९ मा बिल गेट्स संग मिलेर द गिभिङ प्लेज को स्थापना गरेका थिए , जहाँ अरबपति हरूले आफ्नो सम्पत्तिको आधा भन्दा बढी हिस्सा दाङ गरेका थिए।[६]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

अमेरिकी शहर ओमाहाको नेब्रास्कामा ३० अगस्ट १९३० मा वारेन बफेट लिला स्टाह र हवार्ड बफेटको तीन सन्तान मध्ये दोश्रो सन्तान र एक मात्र छोराको रुपमा जन्मेका थिए। उनका पिता शेयर कारोबारी थिए।[७] बफेटले आफ्नो पढाई रोज हिल्स इलिमेन्टरी स्कुलमा सुरु गरे। १९४२ मा उनको पिता पहिलो चार वर्षे कार्यकालको अमेरिकी कंग्रेसमा निर्वाचित भए, र उनको परिवार वासिङ्टन डि.सी. मा सरे पछि वारेनले आफ्नो प्रारम्भिक शिक्षा पूरा गरे, अलिस डिल जुनियर हाइ स्कुल भर्ना भए र १९४७ मा वूड्रो विल्सन हाइ स्कुल बाट दिक्षित भए, जहाँ उनले माथिल्लो कक्षाको किताब पढे: "likes math; a future stockbroker."[८] हाइ स्कुल पूरा गरेपछि र आफ्नो साइड उद्यम व्यापारमा सफल भएपछि , बफेट कलेज छोडेर सिधै व्यापरमा जान चाहन्थे तर उनका पिताले त्यसो गर्न दिएनन्।[९][१०]११ वर्षको कलिलो उमेरमै बुबासँगै शेयर बजार कारोबारी जीवनको शुरुवात गरे, आफूलाई चाहिने पाकेट खर्च निकालनको लागि पत्रिका पनि बेचे। १३ वर्षको उमेरमा बफेटले पहिलो शेयर प्रतिफल प्राप्त गरे।

करिब १५ वर्षको उमेरमा ओपेन हाईस्कूलका साथीहरूसँग मिलेर एक कपाल काट्ने पसलमा पिन बाल मेसिन लगाएर राम्रो पैसा कमाए, त्यो पैसाबाट वारेनले ४० एकडको एक फार्म किने। त्यसपछि वारेनले शेयरमा लगानी गर्न शुरु गरे जसबाट उनले राम्रो प्रतिफल प्राप्त गरे।

अमेरिको हार्वड स्कूलमा पढेका बफेट कोलम्बिया बिजनेस स्कूलमा अध्ययन गरे। उक्त स्कुलमा वारेनले बैन्जामिन ग्रामह र डेविड डाड जस्ता अर्थशास्त्रीबाट शेयर बजारमा लगानी गर्ने सुत्र सिक्ने मौका पाएका थिए।

ग्राहमको कम्पनीमा १२ हजार डलर वार्षिक तलब आउने गरी वाफेटले काम शुरु गरेका थिए। सोहीक्रममा उनले सेयर बजार कसरी उकालो ओरालो लाग्छ भन्ने कुराको केही प्राविधिक ज्ञान लिए। सैनीक सेवामा जागिरे बेन्जामिन ग्राहमको कम्पनीमा कार्यरत वाफेटले उनको सेवा निवृति पछि उक्त जागिर छोडे। त्यसपछि उनले आफ्नो पूँजी बजारको चाखलाई मेटाउन बफेट पार्टनरसिप लिमिटेडका रूपमा कम्पनीको स्थापना गरे।

लगानी[सम्पादन गर्ने]

चित्र:Warren Buffett quote.png
वारेन बफेट

बफेटले सन् १९४१ मा पहिलोपटक सेयर खरिद गरेका थिए । उनले ३८ डलरमा उक्त सेयर किनेका थिए जुन ३० प्रतिशत सम्म घट्यो । पछि सो सेयर उनले ४० डलरमा बेचे । तर, उनले बेचेको उक्त सेयर केहि महिनामा नै २०० डलर सम्म पुग्यो ।

आफ्नो सम्पत्तिको ८० प्रतिशत एक सामाजिक सङ्गठनलाई दान दिएर वारेन बफेट अमेरिकी इतिहासमै यति ठूलो धनी राशी दान गर्ने पहिलो व्यक्ति भएका छ।

सन १९६२ मा ३२ वर्षको उमेरमा नै बाफेट अमेरिकाको करोडपति सूचीमा समावेस भईसकेका थिए। उक्त समयमा बाफेटको कम्पनी बाफेट पार्टनरसिप लिमिटेडको पूँजी ७ करोड १७ लाख अमेरिकी डलर पुगिसकेको थियो भने त्यसमा अधिकांश हिस्सा उनको थियो। त्यसपछि बाफेटको जीवनमा बर्कशायर ह्याथवेले प्रवेश पायो। उनले उक्त कम्पनीको सेयर खरीद गर्न थाले र सन १९६५ मा उक्त कम्पनीको सम्पूर्ण नियन्त्रण आफ्नो हातमा लिन सफल भए। बर्कशायरका मालिक बन्दा उनको उमेर जम्मा ३५ वर्ष थियो।

त्यसपछि सन १९७९ मा वाफेट पहिलोपटक फोर्ब्सको अर्वपति सुचीमा नाम अंकित गरे। १९८८ मा, बफेटले कोकाकोला कम्पनीको सेयर खरिद गर्न सुरु गरे, र अन्ततः कम्पनीको ७% सेयर $१.०२ अर्ब मा खरिद गरे।[११] यो वर्कसायर को एक नाफा दिने लगानी सिद्ध भयो जुन अझै सम्म राखिरहेको छ।[१२]वारेनले अमरिकाको कोकाकोला, वेल्स फार्गो एन्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एन्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठूला कम्पनीमा धेरै लगानी गर्ने गर्थे।

सरल जीवनशैली[सम्पादन गर्ने]

ओमाहाको नेब्रास्कामा रहेको वारेनको घर

१९५७ मा, वारेनले ओहामामा ३१,५०० $ मा पाँच बेड रुम भएको घर खरिद गरेका थिए ,जहाँ उनी अहिले बस्छन् [१३][१४] १९५८ मा उनको तेश्रो सन्तान पिटर एन्ड्रीउको जन्म भयो। वारेन १९५७ मा, किनेका घरमा बस्छन् भने उनी सधैं गाडी आफैं चलाउछन्। उनले कहिल्यै ड्राइभर र सुरक्षा गार्ड राखेनन्। साथै उनले जीवनमा कहिले निजी विमानबाट पनि यात्रा गरेनन्। यद्यपि, उनी संसारकै ठूलो विमान कम्पनीका मालिक हुन्। उनको कम्पनी बर्कसायर हेथवेको स्वामित्वमा ६३ कम्पनी रहेका छन्। उनले आफ्ना सबै सीईओलाई वर्षमा एकपटक मात्र चिठी लेख्छन्। जसमा पूरै एक वर्ष भरि गरिने कामको सूची र सुझावले भरिएको हुन्छ।

कहिल्यै आफ्ना अधिकारीहरू कारोबारीसँग कुनै मिटिङ राख्दैनन् उनको दुई मुलमन्त्र छ, पहिलो शेयर होल्डरको धन कुनै हालतमा नोक्सान नगर्नु र दोस्रो कहिले पनि पहिलो नियम नबिर्सिनु। वारेनले कहिल्यै पनि ठूला र उच्च वर्गका मानिस जम्मा हुने पार्टीमा बिताएनन्। वारेन बफेटले जीवनभर कहिले कुनै किसिमको निजी मोबाइल कप्युटर र ल्यापटपको प्रयोग गरेनन् । मकै खुब मन पराउने बफेट खाली समयमा टेलिभिजन हेर्न रुचाउँछन्।

प्रविधिको क्षेत्रमा पहिलो नंम्बरमा एप्पलको नाम आउँछ। वाफेटले उक्त कम्पनीमा पनि पूँजी लगानी गरेका छन। तर एप्पल कम्पनीमा वाफेटको लगानी छ भन्दा पनि वाफेटले एप्पलका उत्पादन प्रयोग गर्दैनन भन्दा धेरैले पत्याउँदैनन्।

त्यसो त वाफेटले आधुनीक ग्याजेट तथा स्मार्टफोनको प्रयोग नै गर्दैनन। सन २०१३ मा एउटा अन्र्तवार्तामा उनले नोकीया कम्पनीको साघारण फोन देखाउँदै उक्त फोन आफुलाई अलेकजेण्डर ग्राहमबेलले दिएको बताए। यसको मतलब के भने वाफेट प्रविधिसँग त्यतिसाह्रो लगाव राख्दैनन।

कतिपयले वाफेटको पूँजी बजारमा लगानी गर्ने तरिकालाई प्रेरणाका रूपमा लिन्छन र पछ्याउँछन भने कतिपयले उनको भाग्य चम्किलो रहेको ठान्छन। तर यो कुरा कसैबाट पनि लुक्न सकेको छैन कि बाफेट सामान्य जीवन बाँचेर पनि असामान्य व्यक्तित्व हुन।

अमेरिकाको ओमाहा सहरमा प्रधान कार्यालय रहेको ह्याथ्वे कम्पनीको विश्वकै महंगो सेयर मुल्य रहेको छ। कम्पनीको एक कित्ता सेयर मुल्य २ लाख ५८ हजार ९ सय २५ अमेरिकन डलर रहेको छ। बर्कसायर ह्याथवे अन्तर्गत नेटजेट, हल्र्जबर्ग डाईमोन्ड, कोकाकोला, लुब्रीजोल, डेरी क्वीन, फ्लाईट सेफ्टी लगायतका कम्पनीहरू पर्दछन्।

वारेनले कहिल्यै पनि ठूला र उच्च वर्गका मानिस जम्मा हुने पार्टीमा बिताएनन्। वारेन बफेटले जीवनभर कहिले कुनै किसिमको निजी मोबाइल कप्युटर र ल्यापटपको प्रयोग गरेनन् । मकै खुब मन पराउने बफेट खाली समयमा टेलिभिजन हेर्न रुचाउँछन्।

सम्पत्ति तथा परोपकार[सम्पादन गर्ने]

राजनैतिक तथा सार्वजनिक नीति दृष्टि[सम्पादन गर्ने]

स्वास्थ सेवा[सम्पादन गर्ने]

कर[सम्पादन गर्ने]

राष्ट्रपति ओबामा बफेट नियमको घोषणा गर्दै

बफेटले २००६ को लागी कुल संघीय करको लागि आफ्नो आयको १९% मात्र तिरेको ($४८.१ मिलियन) बताएका थिए (त्यसको स्रोत लाभंश तथा पूँजीगत लाभ भएकाले), भने उनका कर्मचारी हरू भने थोरै पैसा कमाएपनी आफ्नो आयको ३३ % कर तिर्थे । [१५] "How can this be fair?" उनले कसरी आफ्नो कर्मचारीको तुलनामा करमा थोरै मात्र तिर्छन् भन्ने सन्दर्भमा प्रश्न गरेका थिए, " यो कसरी स्वच्छ भयो?" उनले यसमा थपे " यो एउटा वर्ग संघर्ष हो,। धनी वर्गमा त्यो भनेको युद्ध सुरु गर्नु हो, र हामी जितिरहेका छौ"[१६][१७] डोनाल्ड ट्रम्पले उनलाई ठूलो कटौलीको आरोप लगाए पछि बफेटले प्रत्युत्तरमा भने,"म सँग मेरो सबै ७२ वटा फिर्ता को प्रति छ र कुनौलिले पनि कर छलेको छैन।"[१८]

बफेट पुस्तौनी सम्पत्तिमा करको पक्षमा छन्। यसबारे उनले भनेका छन्, यो भनेको "२०२० ओलम्पिक टिम छोनोटको लागि २००० ओलम्पिकको संवरण विजेताका जेष्ठ छोराहरू छन्नु" जस्तै हो। [१९] २००७ मा, उनले सिनेटमा धनतन्त्रबाट बच्नको लागि घरजग्गा कर लगाउनु पर्ने बयान दिएका थिए।[२०] केहि आलोचकहरूले बफेटको (वर्कसायर हाथवे को माध्यमबाट) घरजग्गा करलाई निरन्तरता दिन आफ्ना केही व्यक्तिगत स्वार्थ छ।[२१]

व्यापार घाटा[सम्पादन गर्ने]

डलर र सुन[सम्पादन गर्ने]

चीन[सम्पादन गर्ने]

सुर्ती[सम्पादन गर्ने]

कोइला[सम्पादन गर्ने]

नविकरणीय उर्जा[सम्पादन गर्ने]

स्टक विकल्प[सम्पादन गर्ने]

प्रविधि[सम्पादन गर्ने]

मे २०१२ मा, बफेटले बताए कि उनले फेसबुक, गुगल जस्ता सामाजिक सञ्जाल कम्पनी स्टक खरैद गर्न छाडेका छन्। किनकि यसको भविष्यको मूल्य थाहा पाउन गाह्रो हुन्छ। उनले प्रारम्भिक सार्वजनिक निष्कासन आइ.पि.ओ प्रायः सधैं खराब लगानी हुन्छ। लगानीकर्ताले त्यस्ता कम्पनी हेर्नू पर्छ जस्को दस वर्षमा राम्रो मूल्य हुन्छ।[२२]

बिटकोइन र कृप्टोकरेन्सी[सम्पादन गर्ने]

जनवरी २०१८ को सि.एन.बि.सि.सँगको अन्तर्वार्ताको क्रममा बफेटले भनेका थिए, " हालै देखिएको बिटकोइन र अन्य क्रिप्टोकरेन्सी प्रतिको लगावको अन्त्य राम्रो हुने छैन। त्यस थप उनले भने "त्यो कहिले हुन्छ व कासरी हुब्छ वा त्यसको केहि थाहा छैन।" तर उनले बताए कि उनले बिटकोइनको भविष्यामा स्थान लिने छैनन्।[२३]

In terms of cryptocurrencies, generally, I can say with almost certainty that they will come to a bad ending.
अनुवाद: क्रिप्टोकरेन्सीको ममिलामा, प्रायः, म निश्चितरूपमा भन्न सक्छु कि यो खराब अन्त्यमा आउनेछ।

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Warren Buffett Biography", Biography.com (FYI/A&E Networks), अन्तिम पहुँच जनवरी २८, २०१६ 
  2. "Ten great investors", Incademy Investor Education, Harriman House Ltd., मूलबाट नोभेम्बर २०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०, २०१५ 
  3. Farrington, Robert (अप्रिल २२, २०११), "The top 10 investors of all time", The College Investor, The College Investor, LLC, अन्तिम पहुँच नोभेम्बर २०, २०१५ 
  4. "Warren Buffett", Forbes, अन्तिम पहुँच डिसेम्बर २५, २०१९ 
  5. Buffett, Warren (जुन १६, २०१०), "My philanthropic pledge", CNN। 
  6. "US billionaires pledge 50% of their wealth to charity", BBC, अगस्ट ४, २०१०, अन्तिम पहुँच सेप्टेम्बर ६, २०१० 
  7. Blair, Elliot (जनवरी २९, २००४), "Nebraska family clashes over love, money and death", USA Today, अन्तिम पहुँच मे २३, २०१० 
  8. "Warren Buffett's High School Yearbook Totally Nailed What He Would Be When He Grew Up", Business Insider (अङ्ग्रेजीमा), अन्तिम पहुँच मे १५, २०१७ 
  9. Robert G. Hagstrom, "The Warren Buffett Way", Wiley Publishers, पृ: २९, अन्तिम पहुँच मे ६, २०१६ 
  10. Hagstrom, Robert (२००१), The Essential Buffett: Timeless Principles for the New Economy, Wiley, पृ: 24। 
  11. "Learn About the Life and Business of Billionaire, Warren Buffett", The Balance, अन्तिम पहुँच मार्च ३, २०१७ 
  12. CFP, Matthew Frankel (नोभेम्बर १३, २०१७), "8 Warren Buffett Deals That Won Big", The Motley Fool (अङ्ग्रेजीमा), अन्तिम पहुँच सेप्टेम्बर ५, २०१९ 
  13. "Billionaire Houses", अन्तिम पहुँच अक्टोबर २०, २०१६ 
  14. Poppick, Susie (मे १, २०१६), "This Is How Much It Costs to Live Next Door to Warren Buffett", Time, अन्तिम पहुँच अक्टोबर १, २०१६ 
  15. "Warren Buffett", Forbes: 24, 42–3, नोभेम्बर २६, २००७। 
  16. Ben Stein, "In Class Warfare, Guess Which Class Is Winning", The New York Times, November 26, 2006
  17. Dave Zweifel, "Plain Talk: There's Class War, and Rich Are Winning", The Cap Times, October 6, 2010
  18. Pramuck, Jacob. "Warren Buffett fires back at Donald Trump's comments about his taxes." CNBC. October 10, 2016. October 10, 2016.
  19. "Rich Americans back inheritance tax", BBC, फेब्रुअरी १४, २००१, अन्तिम पहुँच मे २०, २००८ 
  20. Jim Snyder (नोभेम्बर १५, २००७), "Buffett tells Senate Finance panel 'dynastic' wealth on the rise in U.S.", The Hill, मूलबाट नोभेम्बर २०, २००७-मा सङ्ग्रहित। 
  21. Berlau, John (अगस्ट २३, २००४), "Buffetted. The Sage of Omaha loves the estate tax – as well he might", National Review (FindArticles)। 
  22. "Buffett on Facebook and Google: hard to estimate future value", Chicago Sun-Times, Associated Press, मे ७, २०१२, अन्तिम पहुँच मे ७, २०१२ 
  23. "Buffett on cryptocurrencies: 'I can say almost with certainty that they will come to a bad ending'", CNBC, जनवरी १०, २०१८, अन्तिम पहुँच जनवरी ११, २०१२