चार्ल्स मङ्गर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चार्ल्स मंगर
बर्कशायर हथवेको शेयरधनी बैठकमा मङ्गर
जन्मचार्ल्स थमस मङ्गर
(1924-01-01) जनवरी १, १९२४ (उमेर १००)
मातृ शिक्षाप्रतिष्ठानहावार्ड विश्वविद्यालय
पेशाबर्कशायर हथवेको उपाध्यक्ष
चिनारीको कारणवारेन बफेटको साथ वर्कसायर हाथवेको नेतृत्व
तलवUS$ १ लाख
जम्मा सम्पतिUS$ १.९ अरब (१५ डिसेम्बर २०२०)[१]
सैन्य कार्यजीवन
निष्ठा United States
सेवा/शाखा संयुक्त राज्य अमेरिका सेना
 • United States Army Corps
सक्रिय सेवा अवधि१९४३-१९४६
सैन्य क्रम सेकेन्ड लेफ्टिनेन्ट
युद्धदोश्रो विश्वयुद्ध
हस्ताक्षर

चार्ल्स थमस मङ्गर (जन्म: जनवरी १, १९२४) एक अमेरिकी लगानीकर्ता, व्यापारी, परोपकारी र दार्शनिक हुन्। उनी बर्कशायर हथवेको उपाध्यक्ष हुन् । यो वारेन बफेटद्वारा नियन्त्रित सङ्गठन हो; बफेटले मङ्गरलाई आफ्नो साथीको रूपमा वर्णन गरेका छन्।। मङ्गर वेस्को वित्तीय निगमको अध्यक्षको रूपमा १९८४ देखि २०११ सम्म काम गरे।

चाल्र्स थोमस मङ्गरलाई वारेन बफेटका दायाँ हातको रूपमा पनि चिनिन्छ । वारेन बफेटको बर्कसायर हाथवेका उपाध्यक्ष रहेका मङ्गरलाई बफेटले आफ्नो पार्टनर बताउँछन् । चार्ली मङ्गरको जन्म १९२४ जनवरी १ मा ओहामा नेब्रास्कामा भएको थियो । युवा अवस्थामा उनले वारेन बफेटका हजुरबुवाको खाद्यान्य पसलमा काम गरेका थिए ।[२] उनका पिता, अल्फ्रेड मङ्गर, वकिल थिए।[३] उनका हजुरबुबाको नाम थोमस चार्ल्स मङ्गर थियो।[४]

उनी युनिभर्सिटी अफ मिसिगनमा भर्ना भए जहाँ उनले गणित अध्ययन गरे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Forbes profile: Charles Munger", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ डिसेम्बर २०२० 
  2. "Charlie Munger: Background & bio", Value Walk, अन्तिम पहुँच मार्च ८, २०१६ 
  3. Library, C. N. N., "Charlie Munger Fast Facts", CNN, अन्तिम पहुँच २०१९-०२-०१ 
  4. "United States District Court, Judicial Archive, Thomas Charles Munger"