सामग्रीमा जानुहोस्

लगानीकर्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भविष्यको प्रतिफलको लागि कुनै योजनामा आफ्नो धन लगानी गर्ने व्यक्ति वा संस्थालाई लगानीकर्ता भनिन्छ । लगानीकर्ताले विभिन्न तरिकाबाट संस्था वा कम्पनी वा वित्तीय संयन्त्रहरूमा लगानी गर्न सक्दछ । उदाहरणको लागि ऋण, शेयर, मुद्रा इत्यादी ।

दुई प्रकारका लगानीकर्ताहरू हुन्छन्: खुद्रा लगानीकर्ता र संस्थागत लगानीकर्ता।[]

व्यक्तिगत लगानीकर्ता

[सम्पादन गर्नुहोस्]

खुद्रा लगानीकर्तालाई व्यक्तिगत लगानीकर्ता पनि भनिन्छ।[]

संस्थागत लगानीकर्ता

[सम्पादन गर्नुहोस्]

संस्थागत लगानीकर्ताका धेरै उप-प्रकारहरू छन्:

लगानीकर्ता विवरण उदाहरण
पेन्सन योजनाहरू कर्मचारीहरूको तर्फबाट लगानी गर्ने कर्माचारी सञ्चय कोष; नागरिक लगानी कोष; सामाजिक सुरक्षा कोष
व्यवसायहरू प्रत्यक्ष रूपमा वा क्याप्टिभ कोष मार्फत लगानी गर्ने बैंक, बीमा कम्पनी, उर्जा प्रवर्द्धक कम्पनी
एन्डोमेन्ट कोष विश्वविद्यालयहरू, चर्चहरू, आदि द्वारा प्रयोग गरिने गुठी, ट्रस्ट, फाउन्डेसन
सामुहिक लगानी कोष,

हेज कोष, र अन्य कोषहरू

स्वामित्व सार्वजनिक रूपमा व्यापार हुन सक्छ वा नहुन सक्छ (यी कोषहरू सामान्यतया शेयरधनी-सदस्यहरूबाट उठाइएको पैसा धितोपत्रहरूमा लगानी गर्न जम्मा गर्छन्) सामुहिक लगानी कोष, हरू
सार्वभौम सम्पत्ति कोष युएईको अबुधाबी इन्भेस्टमेन्ट अथोरिटी, दुबई वर्ल्ड
ठूला मुद्रा प्रबन्धकहरू[]

लगानीकर्ताहरूलाई उनीहरूको प्रोफाइल अनुसार पनि वर्गीकृत गर्न सकिन्छ। यस सन्दर्भमा, एउटा महत्त्वपूर्ण विशिष्ट लगानीकर्ता मनोविज्ञान विशेषता भनेको जोखिम मनोवृत्ति हो।

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Palmer, Barclay (अगस्ट ११, २०२३), "Institutional vs. Retail Investors: What's the Difference?", Investopedia, अन्तिम पहुँच अक्टोबर ५, २०२३ 
  2. Hayes, Adam, "Retail Investor Definition", Investopedia, अन्तिम पहुँच डिसेम्बर १७, २०२० 
  3. "Institutional Investor – Overview, Types, Investing Risks", Corporate Finance Institute, अन्तिम पहुँच डिसेम्बर १७, २०२०