सट्टाबाजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सट्टाबाजी (अङ्ग्रेजी: Speculation) क्षणिक समयमा नै अत्यधिक धन कमाउन गरिएको एक प्रकारको जोखिमपूर्ण कारोबार हो । यसको उद्देश्य क्षणिक समयमा नै अत्याधिक वा असाधारण लाभ आर्जन गर्नु हो । सट्टाबाजी न्यूनतम जानकारी र अपर्याप्त विश्लेषणमा आधारित हुन्छ। सट्टाबाजी अन्तर्गत प्रतिफलको मुख्य स्रोत भनेको लगानीको मूल्यमा आउने अप्रत्याशित वृद्धिबाट सिर्जना हुने पूँजीगत लाभ हो ।

जोखिम[सम्पादन गर्नुहोस्]

सट्टाबाजीमा जोखिम अधिक हुन्छ। सट्टाबाजहरू थोरै जोखिम भएको विकल्प भन्दा धेरै जोखिम भएको विकल्पलाई प्राथमिकता दिन्छन्। सट्टाबाजीकर्ताहरू जोखिम बहन गर्न सक्ने वा जोखिम रुचाउने, साहसी, निडर र निश्चिन्त स्वभावका हुन्छन् ।

अवधि[सम्पादन गर्नुहोस्]

सट्टाबाजीअन्तर्गत लगानीको अवधि धेरै छोटो हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]