अल्प बिक्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भविष्यमा प्रतिभूतिको मूल्य घट्ने अपेक्षाले आफुसँग नभएका प्रतिभूती तुरुन्त बिक्री गर्ने कार्यलाई अल्प बिक्री ( English:  short-selling ) / सर्ट सेल / सर्ट सेलिङ भनिन्छ । आफूसँग नभएका प्रतिभूती बिक्री गर्नु भन्नाले भविष्यमा प्रतिभूती नै फिर्ता वा सोधभर्ना गर्ने सर्तमा दलाल सङ्गठनबाट प्रतिभूती सापटस्वरूप प्राप्त गरी बिक्री गर्ने कार्यलाई जनाउँछ । अल्प विक्री लाई अल्प अवस्था पनि भनिन्छ।

अल्प बिक्रीको मुख्य उद्देश्य तत्काल धेरै मूल्यमा बिज्री गरिएको प्रतिभूति भविष्यमा थोरै मूल्यमा खरिद गरी दलाल सङ्गठनलाई फिर्ता गरी पूँजीगत लाभ आर्जन गर्नु हो ।

निर्भर रहने तत्त्वहरु[सम्पादन गर्नुहोस्]

अल्प बिक्रीअन्तर्गत सिर्जना हुने प्रतिफलको दर (rate of return) निम्न तत्त्वहरूमा निर्भर रहन्छ ।

  • शुरुको वा बिक्रय मूल्य
  • अन्तिम वा क्रय मूल्य
  • लाभांश

अल्प बिक्रीअन्तर्गत प्रतिभूतिहरू सापटस्वरूप मात्र प्राप्त हुन्छन् । तसर्थ लगानीकर्ताले बिक्री गरेमा प्रतिभूतिको लाभांश दलाल सङ्गठनले प्राप्त गर्ने हुँदा लाभांशको कारणबाट अल्प बिक्रीको प्रतिफल घट्न जान्छ । [१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. वित्तीय बजार तथा संस्थाका आधारभूत सिद्धान्तहरू: अस्मिता बुक्स पब्लिसर्स एण्ड डिस्टृब्युटर्स