आधारभूत विश्लेषण
प्रतिभूतिको मूल्य अवस्थाअ पत्ता लगाउने उद्देश्यले विस्तृत रुपमा गरिने वित्तीय विश्लेषणलाई आधारभूत विष्लेषण भनिन्छ । अर्को शब्दमा, कुनै पनि संगठनको प्रतिभूतिको आन्तरिक मूल्य पत्ता लगाउने उद्देश्यले समग्र अर्थतन्त्र, सम्बन्धित उद्योग समुह, र लक्षित कम्पनीको आर्थिक अवस्थाको विष्लेषण गर्ने कार्यलाई नै आधारभूत विष्लेषण भनिन्छ ।[१] "प्रतिभूतिको मूल्य सधैं सन्तुलनुन्मुख हुन्छ र प्रतिभूतिको गलत मूल्य बजारद्वारा स्वत: संशोधन हुन्छ" भन्ने मान्यतामा आधारभूत विष्लेषण आधारित हुन्छ ।
अन्य कुराहरु सामान्य रहेमा विभिन्न टेक्निकल औजारहरूको प्रयोगको माध्यमबाट हिजोको बजारमा रहेको माग र आपूर्तिको आधारमा आज र आजको बजारमा रहेको माग र आपूर्तिको आधारमा भोलिको बजारको स्थिति वा कुनै कम्पनी विशेषको पूर्वानुमान गर्ने, विश्लेषण गर्ने तरिका एवं विधिलाई सेयर बजारमा प्राविधिक विश्लेषण भनिन्छ । आधारभूत विश्लेषण लगानी गर्नका लागि लगानीकर्ताका लागि ठोस आधार हो । आधारभूत विश्लेषणमा मूलतः कम्पनीहरूको सबल पक्ष र दुर्बल पक्षको आधारमा विश्लेषण गरिन्छ । आधारभूत विश्लेषणमा कम्पनीको वार्षिक प्रतिवेदन र वित्तीय विवरण अध्ययन विश्लेषण गरेर कम्पनीको प्रतिस्पर्धात्मक लाभ, रणनीति र बजारमा कस्तो किसिमको वातावरण निर्माण गरेको छ भनेर बुझ्न सकिन्छ । यी आधारभूत तत्वबाट लगानीकर्ताले सो कम्पनीको सेयरको मूल्य दोस्रो बजारमा बढी वा कममा कारोबार भएको छ÷छैन भनेर आफै विश्लेषण गर्न सक्नेछन् ।
आधारभूत विश्लेषणका मुख्य तत्वहरू
[सम्पादन गर्नुहोस्]- आम्दानी
- प्रोफिट मार्जिन
- मुनाफा कमाइ अनुपात
- कम्पनीको सम्पत्ति र दायित्व
आलोचना
[सम्पादन गर्नुहोस्]बर्टन माल्किएल जस्ता अर्थशास्त्रीहरूले बजारलाई उछिन्न आधारभूत विश्लेषण वा प्राविधिक विश्लेषण उपयोगी नहुने सुझाव दिन्छन्।[२]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ लगानीका आधारभूत सिद्धान्तहरू Fundamentals of Investments, Asmita Books Publishers & Distribution, २०७३ BS, पृ: 246, आइएसबिएन 978-9937-687-10-2।
- ↑ "Financial Concepts: Random Walk Theory", Investopedia।