साधारण सेयर
(साधारण शेयर बाट पठाईएको)
Jump to navigation
Jump to search
धितोपत्र |
---|
![]() |
धितोपत्र |
धितोपत्र बजार |
ऋण पत्र
|
परिभाषा[सम्पादन गर्ने]
कम्पनीमा हुने अग्राधिकार सेयर भन्दा बाहेकको सेयरलाई साधारण सेयर (अङ्ग्रेजी: Ordinary Share) भनिन्छ ।[१] यस प्रकारको सेयरले कम्पनीको स्वामित्वलाई जनाउँदछ, तथा यस सेयर धारण गर्ने व्यक्तिले कम्पनीको साधारण सभामा मत दिने अधिकार हुन्छ । अग्राधिकार सेयर जस्तो यसमा निश्चित दरमा लाभांश प्राप्त गर्ने अधिकार यो सेयर भएको सेयरधनीलाई हुदैन बरु कम्पनीको मुनाफाबाट अग्राधिकार सेयरधनीहरूलाई लाभांश बाँडफाँड गरे पछि रकम बाँकी रह्यो भने साधारण सेयरधनीहरूले लाभांस प्राप्त गर्न सक्छन । यस्तै गरी कम्पनी विगठन भएको अवस्थामा पनि ऋण पत्र तथा अग्राधिकार सेयर धनीहरूलाई रकम फिर्ता गरिसके पछि मात्र बाँकी रहेको रकमबाट साधारण सेयरधनीहरूलाई रकम प्रदान गरिन्छ ।