प्राथमिक बजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रतिभूतिहरुको प्रारम्भिक बिक्रि बितरणमा संलग्न बजारलाई प्राथमिक बजार (अङ्ग्रेजी: Primary Market) भनिन्छ । अर्को शब्दमा, नयाँ अथवा पहिलो पटक निष्कासन गरिएका प्रतिभूतिहरूको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ । प्रारम्भिक पुँजी सङ्कलन गर्न वा अतिरिक्त पुँजी सङ्कलन गर्ने उद्देश्यले व्यावसायिक सङ्गठनहरु, सरकारी र स्थानीय निकायहरु साधारण सेयर, पूर्वाधिकार सेयर, ऋणपत्र, बचतपत्र आदि जस्ता प्रतिभूतिहरु प्राथमिक बजारमा बिक्री वितरण गर्दछन् ।

प्राथमिक बजारको मुख्य विशेषता के छ भने यश बजारमा निष्कासन गरिने प्रतिभूती बापतको रकम सिधै निष्कासनकर्तामा प्रवाह हुन्छ ।

विधिहरु[सम्पादन गर्नुहोस्]

निजि हस्तान्तरण[सम्पादन गर्नुहोस्]

यदि निष्कासन गरिएका प्रतिभूतिहरूको पूर्ण वा अधिकांश अंश सीमित व्यक्ती वा संस्थालाई मात्र बिक्री गरिन्छ र सर्वसाधारणलाई प्रतिभूतिहरु बिक्री गरिँदैन भने यश प्रकारको प्रतिभूती निष्कासन गर्ने कार्यलाई निजि हस्तान्तरण भनिन्छ ।

सार्वजनिक निष्कासन[सम्पादन गर्नुहोस्]

जुनसुकै व्यक्ती वा संस्थाहरूले खरिद गर्न पाउने प्रतिभूतिहरूको बिक्री गर्ने कार्यलाई सार्वजनिक निष्कासन भनिन्छ ।

बुक बिल्डिङ[सम्पादन गर्नुहोस्]

हकप्रद निष्कासन[सम्पादन गर्नुहोस्]

पुराना अंशियारहरूलाई मात्र पहिले खरिद गरिएका सेयरहरूको अनुपातमा नयाँ सेयरहरु निष्कासन गर्ने कार्यलाई हकप्रद निष्कासन भनिन्छ ।[१]


सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स