लाभांश
स्वरूप
कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनी (लगानीकर्ता) लाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश नगद र सेयर दुई किसिमबाट वितरण गरिन्छ ।[१]
व्यावसायिक सङ्गठनको सञ्चालनको लागि आवश्यक पर्ने पूँजी अंशियारहरूबाट , पूर्वाधिकार सेयरधनी र ऋणदाताहरूबाट सङ्कलन गरिन्छ । सङ्गठनले आर्जन गरेको नाफाबाट सर्वप्रथम ऋणदाताहरूलाई व्याज र पूर्वाधिकार सेयरधनीहरूलाई लाभांश वितरण गरिन्छ । सङ्गठनका अंशियार अथवा साधारण सेयरधनीहरूलाई उक्त सङ्गठनको मालिक मानिन्छ, जसको शेष नाफामा मात्र अधिकार रहन्छ ।[२]
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपालको सेयर बजार : रविन्द्र भट्टराई
- ↑ लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स