सामग्रीमा जानुहोस्

ओभर-द-काउन्टर (वित्त)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ओभर-द-काउन्टरबाट अनुप्रेषित)

सेयर बजार व्यापारमा दलाल सङ्गठन/ ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नता बिना सिधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणालीलाई ओभर-द-काउन्टर (ओटीसी) (अङ्ग्रेजी: Over-the-Counter) भनिन्छ । सामान्यतयाः बजारमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरूको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओभर-द-काउन्टर (ओटीसी)मार्फत सेयर व्यापार गर्ने गरिन्छ । []

सर्वसाधारणमा सेयर जारी नगरेका कम्पनीले यो प्रणालीमा आएर सेयर स्वामित्व परिवर्तन गर्न सक्छन्। ओटीसीमार्फत व्यापार गर्न कम्पनीले सर्वसारधाणमा सेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन।

सबै स्थानमा धितोपत्रको औपचारिक व्यवस्था नभएको ऐतिहासिक कालमा व्यापारीहरू आ-आफ्नै counter मा प्रतिभूतिहरूको कारोबार गर्दथे र सोही काउन्टरको नामबाट हिजोआजसम्म पनि निश्चित कारोबार स्थल र व्यापारिक समय नभएको बजारलाई ओभर-द-काउन्टर बजार भनिन्छ। यो एक स्वचालित बजार्न्हो, जहाँ नेटवर्कको सहायताबाट खरिदकर्ता र बिक्रेताको आवश्यकताअनुसार आपसमा सहमति भएको मूल्यमा प्रतिभूतिको किनबेच सम्पन्न हुन्छ। त्यसैले ओभर-द-काउन्टर बजारलाई सहमतिमा आधारित बजार (अङ्ग्रेजी: Negotiated Market) पनि भनिन्छ।