किताबी मूल्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(किताब मुल्यबाट अनुप्रेषित)

कुनै कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने रकमलाई खुद सम्पत्ति भनिन्छ । प्रति सेयर खुद सम्पत्तिलाई किताबी मूल्य भनिन्छ । कम्पनिको सेयरको किताब मूल्य निर्धारण गर्नको लागि सर्वप्रथम सेयरधनीको अंश निर्धारण गर्नुपर्छ । सेयरधनीको अंश भन्नाले साधारण सेयर पूंजी , सेयर प्रिमियम र अवितरित आयको जोडफललाई जनाउँछ । सेयरधनीको यो अंशलाई खुद मूल्य भनिन्छ । किताबी मूल्यले प्रति सेयर खुद सम्पत्तिको मूल्यलाई जनाउँछ ।

किताबी मूल्य = खुद सम्पत्ति/साधारण सेयर सङ्ख्या
खुद सम्पत्ति = कुल सम्पत्ति - कुल दायित्व

कम्पनिको किताबी मूल्य सधैं स्थिर हुदैन ।

सेयरको किताबी मूल्य परिवर्तन हुने कारणहरु:[सम्पादन गर्नुहोस्]

  • कम्पनीको नाफा वृद्धि भएमा प्रति सेयर किताबी मूल्य बढ्छ र नोकसानी भएमा प्रति सेयर किताबी मूल्य घट्छ ।
  • कम्पनिले थप सेयर निष्कासन गरेमा किताबी मूल्य घट्छ तर किताबी मूल्य भन्दा बढी मूल्यमा थप सेयर बिक्री गरेको अवस्थामा बने किताबी मूल्य पनि बढ्न जान्छ ।
  • कम्पनिली लाभांश वितरण गरेमा प्रति सेयर किताबी मूल्य घट्न जान्छ ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]