द इन्टेलिजेन्ट इन्भेस्टर
लेखक | बेन्जामिन ग्राहम |
---|---|
आवरण कलाकार | Donavan Hayes |
देश | अमेरिका |
भाषा | अंग्रेजी |
विषय | प्रतिभूति, लगानी |
प्रकाशक | Harper & Brothers |
प्रकाशित मिति | सन् १९४९ |
पृष्ठ | 640 |
आइएसबिएन | 0-06-055566-1 (2008 edition) |
OCLC | 1723191 |
एलएलसी वर्गीकरण | HG4521 .G665 |
द इन्टेलिजेन्ट इन्भेस्टर (अङ्ग्रेजी: The Intellegent Invester) बेन्जामिन ग्राहमद्वारा लिखित, पहिलो १९४९ मा प्रकाशित, भ्यालु इन्भेस्टिङ सम्बन्धी व्यापक रूपमा प्रशंसित पुस्तक हो। यस पुस्तकले शेयर बजारमा मूल्य लगानीलाई कसरी सफलतापूर्वक प्रयोग गर्ने भन्ने बारे रणनीतिहरू प्रदान गर्दछ। ऐतिहासिक रूपमा, यो पुस्तक लगानी सम्बन्धी सबैभन्दा लोकप्रिय पुस्तकहरू मध्ये एक हो । यो पुस्तक लगानीको लागि सुरक्षित र मूल्यमा आधारित दृष्टिकोणको वकालत गर्दछ। यसले गहन अनुसन्धान, विविधीकरण, र सुरक्षा मार्जिनको महत्वलाई जोड दिन्छ।[१]
बेञ्जामिन ग्राहमले लेखेको किताब ‘द इन्टेलिजेन्ट इन्भेस्टर’लाई वारेन बफेट आफ्नो व्यावसायिक जीवनका लागि पथ प्रदर्शक ठान्छन् । बफेटका अनुसार बेञ्जामिन ग्राहमको यो किताब पढेपछि नै उनले लगानीका कयौं मन्त्रहरु सिके, यसको सोझो फाइदा उनको पोर्टफोलियोलाई भयो ।
सेयर बजारमा सफलतापूर्वक लगानी गर्ने मानसिकता बनाउने यो पुस्तकले उनलाई सहयोग गरेको बफेटआफैं बताउँछन् । लगानीकर्तालाई पहिलोपटक यो पुस्तक बुझ्न केही कठिन हुन्छ, किनभने यसमा वित्तीय शब्दावलीहरू जटिल खालका छन् । यो पुस्तकलाई बुझ्न कठिन भए ‘द इन्टेलिजेन्ट इन्भेस्टर’ को सय पृष्ठको सारांश पनि पढ्न सकिनछ । [२]
विश्लेषण
[सम्पादन गर्नुहोस्]भ्यालु इन्भेस्टिङ (मूल्यमा आधारित लगानी)
[सम्पादन गर्नुहोस्]द इन्टेलिजेन्ट इन्भेस्टरमा उल्लिखित ग्राहमको मुख्य लगानी दृष्टिकोण भ्यालु इन्भेस्टिङ हो।[३] भ्यालु इन्भेस्टिङ भनेको एक लगानी रणनीति हो जसले लामो समयसम्म राम्रो प्रदर्शन गर्ने व्यवसायको रूपमा क्षमता भएका कम्पनीहरूको अवमूल्यन गरिएका स्टकहरूलाई लक्षित गर्दछ।[४] भ्यालु इन्भेस्टिङ बजारमा छोटो अवधिको प्रवृत्ति वा स्टकहरूको दैनिक किनबेच / कारोबार सँग सम्बन्धित छैन। [५] यो किनभने भ्यालु इन्भेस्टिङ रणनीति बजारले छोटो अवधिमा मूल्य परिवर्तनहरूमा, दीर्घकालीन वृद्धिको लागि कम्पनीको आधारभूत कुराहरूलाई ध्यानमा नराखी अत्यधिक प्रतिक्रिया दिन्छ भन्ने कुरामा विश्वास गर्छ।[४]
लगानी
[सम्पादन गर्नुहोस्]लगानीका मुख्य पक्षहरू
- गहिरो विश्लेषण
आफुले जुन कम्पनि वा शेयरमा लगानी गर्ने हो , सो को गम्भीर विश्लेषण गर्नु पर्छ र गहिराइमा गएर बुझ्नुपर्छ । - मूलधनको सुरक्षा
फाइदा पाउन जोखिम लिनु पर्छ भन्दैमा मूलधनलाई जोखिममा पार्नु हुदैन । मूलधनको सुरक्षा भएन भने लगानी , जुवा/ सट्टाबाजीमा परिणत हुन्छ । - पर्याप्त प्रतिफल
मिस्टर मार्केट
[सम्पादन गर्नुहोस्]ग्राहमको एउटा महत्त्वपूर्ण रूपक मिस्टर मार्केटको हो, जसको उद्देश्य शेयर बजारको तर्कहीनता र समूह-विचारलाई मानवीकरणको रूप दिनु हो। बजार बढेको बेलामा शेयर बेचेर बाहिरिनु पर्छ भने बजार घटेको बेला भनेको शेयर किन्ने उपयुक्त समय हो ।
सुरक्षा सीमा / मार्जिन अफ सेफ्टी
[सम्पादन गर्नुहोस्]यदि हामीले विश्लेषण गर्दा कुनै कम्पनिको शेयर १०० रुपैयाँ पर्छ भने केहि सेफ्टी राखेर शेयर खारिद गर्नुपर्छ ; ८० वा ९० रुपैयाँ
लगानीकर्ताका किसिमहरु
[सम्पादन गर्नुहोस्]- रक्षात्मक लगानीकर्ता
जोखिम लिन डराउछन् ।
गहिरो विश्लेषण गर्ने समय हुदैन ।
- उद्यमी लगानीकर्ता
गहिरो विश्लेषण गर्छन् , धेरै समय लगाउछन्
जोखिम धेरै लिन्छन।
- हाइब्रिड लगानीकर्ता
उद्यमी लगानीकर्ता र रक्षात्मक लगानीकर्ताको गुणको मिश्रण ।
अरुको कुरा सुनेर लगानीको सोच बनाउछन् ।
सधैं औसतभन्दा कम कमाउछन् ।
संस्करणहरू
[सम्पादन गर्नुहोस्]१९४९ मा प्रकाशित भएदेखि ग्राहमले यसलाई धेरै पटक परिमार्जन गरे, हालै १९७१-७२ मा। यो १९७३ मा "चौथो परिमाजित संस्करण" को रूपमा प्रकाशित भएको थियो आइएसबिएन ०-०६-०१५५४७-७ , र यसमा वारेन बफेटको प्रस्तावना र परिशिष्टहरू समावेश थिए। ग्राहमको १९७६ मा मृत्यु भयो। जेसन ज्वाइग द्वारा चौथो संस्करणमा टिप्पणीहरू र नयाँ फुटनोटहरू थपिएका थिए, र यो नयाँ संशोधन २००३ मा प्रकाशित भएको थियो।[६]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "शेयर लगानीकर्ताले पढ्नैपर्ने १० पुस्तक - NEPSE Trading", www.nepsetrading.com (अङ्ग्रेजीमा), २०२४-०६-०५, अन्तिम पहुँच २०२५-०१-१६।
- ↑ अर्बपतिलाई मनपर्ने पुस्तक
- ↑ Moy, Ronald (२०११), "Ben Graham Was a Quant: Raising the IQ of the Intelligent Investor (a review)", CFA Institute।
- ↑ ४.० ४.१ Popescu, Dan (२०१०), "Warren Buffett, The Intelligent Investor"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-०८ मिति
- ↑ Roose, Kenneth D. (१९५५), "Review of The Intelligent Investor", The Journal of Finance 10 (3): 406–407, आइएसएसएन 0022-1082, जेएसटिओआर 2976900, डिओआई:10.2307/2976900।
- ↑ Graham, Benjamin; Jason Zweig (२००३-०७-०८) [१९४९], The Intelligent Investor, Warren Buffett (collaborator) (2003МЕШ संस्करण), HarperCollins, पृ: vii, आइएसबिएन 0-06-055566-1।