बगुडा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बोग्रा जिल्लाबाट अनुप्रेषित)
बगुडा
বগুড়া জেলা
बङ्गलादेशको नक्सामा बगुडाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्सामा बगुडाको अवस्थिति
निर्देशाङ्क: २४°४७′N ८९°२१′E / २४.७८°N ८९.३५°E / 24.78; 89.35
देश बङ्गलादेश
विभागराजशाही
क्षेत्रफल
 • जम्मा२,८९८.६८ किमी (१११९.१९ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३,४००,८७४
 • घनत्व१२००/किमी (३०००/वर्ग माइल)
साक्षरता दर
 • जम्मा६८.४%
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक अङ्क
५८००

बगुडा जिल्ला (बङ्गाली: বগুড়া জেলা) जसलाई आधिकारिक रूपमा बोगुरा जिल्ला[१] को नामले पनि चिनिने गरिन्छ । जुन बङ्गलादेश राजशाही विभागमा पर्ने उत्तरी जिल्ला हो ।[२] यसलाई उत्तरी बङ्गालको प्रवेशद्वार भनिन्छ । बोग्रा एक औद्योगिक सहर हो, जहाँ साना तथा मध्यम खालका उद्योगहरू सञ्चालनमा रहेका छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

प्राचीन इतिहास[सम्पादन गर्नुहोस्]

बगुडा जिल्लाले पहिलेका बङ्गालका ऐतिहासिक तथा पौराणिक इतिहासका महत्त्वपूर्ण स्थान ओगटेको छ । प्राचिन समयमा यो पुन्द्रास वा पौन्द्रास क्षेत्रको एक भाग थियो, जुन पुन्द्रावर्धन का नामले जनिने गरिन्छ । पुन्द्रावर्धन पूर्वी भारतका राज्यहरू मध्ये एक थियो र प्राग-ज्योतिषा वा कामरूपको धेरै नै पूर्वी राज्य कराटोयाको धारबाट अलग भएको थियो । पुन्द्रावर्धन नाम अक्सर महाभारत, रामायण र धेरै जसो पुराणहरूमा उल्लेख गरेको पाइन्छ । महाभारत र पूराणका अनुसार पुन्द्रा परिवारका एक शक्तिशाली राजकुमार बासुदेवले पुन्द्रावर्धनमा १२८० ई.पू. सम्म शासन गरेका थिए । तथापि, जिल्लाको पुरातनता को दावी पुरातत्वमा राख्छ, जो पुरानो सहर हो, जसलाई अब महास्थानगढ भनिन्छ ।[३]

ब्रिटिश युग[सम्पादन गर्नुहोस्]

वर्तमान बगुडा जिल्लाको गठन पहिलो पटक बेलायतीशासनकालमा सन् १८२१ मा भएको थियो । सन् १९०१ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या (कम क्षेत्रमा) लगभग ८५४,५३३ थियो र दशकमा ११% ले बृधि भएको थियो, जनगणनाले बताए अनुसार त्यहाँ कुनै पनि शहरमा १०,००० भन्दा धेरै बासिन्दा थिएनन् ।[४] प्रसिद्ध प्रफुल्चा चकी (सन् १८८८ - सन् १९०८) को जन्म यो जिल्लाना नै भएको थियो ।

भूगोल र जलवायु[सम्पादन गर्नुहोस्]

जमिनको बनावट[सम्पादन गर्नुहोस्]

नदीहरू[सम्पादन गर्नुहोस्]

बगुडा जिल्लामा केही नदीहरू छन् । कराटोया नदीले जिल्लाको पानी च्यानललाइ बिभाजन गरेको छ, जहाँ अन्य नदीहरू पुर्व र पश्मिम प्रणालीमा वर्गीकृत गरिएको छ । यस जिल्लाको केही महत्त्वपूर्ण नदीहरूको नाम निम्नानुसार छन्:

  • १. बंगाली नदी
  • २. कराटोया नदी
  • ३. जमुना नदी
  • ४. नगर नदी(राजशाही)

मौसम[सम्पादन गर्नुहोस्]

यो जिल्लाको मौसम निम्न अनुसार रहेको छ:

{{{location}}}को मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °फे ७३.४ ८१.१ ९०.७ ९५.२ ९२.३ ८९.६ ८८.५ ८८.५ ८८.७ ८७.८ ८४.० ७७.९ ८६.५
दैनिक औसत °फे ६१.५ ६८.० ७७.४ ८३.८ ८३.८ ८३.७ ८३.७ ८३.७ ८३.३ ८०.८ ७३.८ ६६.२ ७७.५
न्यूनतम औसत °फे ४९.६ ५४.९ ६४.२ ७२.५ ७५.४ ७७.९ ७९.० ७९.० ७८.१ ७३.८ ६३.७ ५४.७ ६८.६
औसत वर्षा इन्च ०.४ ०.५ ०.८ २.४ ८.३ १२.८ १५.६ ११.९ १०.१ ५.७ ०.६ ०.२ ६९.३
उच्चतम औसत °से २३.० २७.३ ३२.६ ३५.१ ३३.५ ३२.० ३१.४ ३१.४ ३१.५ ३१.० २८.९ २५.५ ३०.३
दैनिक औसत °से १६.४ २०.० २५.२ २८.८ २८.८ २८.७ २८.७ २८.७ २८.५ २७.१ २३.२ १९.० २५.३
न्यूनतम औसत °से ९.८ १२.७ १७.९ २२.५ २४.१ २५.५ २६.१ २६.१ २५.६ २३.२ १७.६ १२.६ २०.३
औसत वर्षा मिमी १३ २१ ६१ २१० ३२६ ३९६ ३०३ २५७ १४५ १५ १,७६२
औसत सापेक्ष आर्द्रता (%) ४४ ३४ ३६ ४५ ६३ ७४ ७४ ७४ ७२ ६८ ५० ४६ ५७
स्रोत: रास्ट्रिय समाचारपत्र

उद्योग[सम्पादन गर्नुहोस्]

बगुडा एक पटक बङ्गलादेशको औद्योगिक राजधानी थियो । त्यहाँ थुप्रै ठुला उद्योगहरू थिए । तीमध्ये अधिकांश स्थानीय उच्च घराना वर्गका परिवारहरू "जमिमल", "भण्डारी", "ताजमा", र "खलीफा" को स्वामित्वमा रहेका थिए । ताज्मा" का विभिन्न उद्योगहरू को नाम पनि धनी र प्रसिद्ध थिए ।

स्थानीय भाषा (बगुडाको बोली)[सम्पादन गर्नुहोस्]

यस जिल्लाको मातृभाषा बंगाली हो ।

धर्म[सम्पादन गर्नुहोस्]

बगुडा जिल्लामा ३४७२ मस्जिदहरू, ६८६ मन्दिरहरू, ३७ चर्चहरू र ५८ वटा कब्रहरू रहेका छन्।

संस्कृति[सम्पादन गर्नुहोस्]

लोक साहित्य[सम्पादन गर्नुहोस्]

'मारेफाटी', 'देहाटवा, दुआ', 'मीली गान' र अन्य प्रकारका लोक गीतहरू तथा 'प्राबाद', 'प्रभाभन', लोक कथाहरू आदिहरू पनि बगुडा जिल्लाका मानिसहरु बिच प्रयोग गरिने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. महन्दि अल-हसनत (२ अप्रिल २०१८), "बङ्गलादेश सरकारले ५ जिल्लाहरूको अङ्ग्रेजी हिज्जे परिवर्तन गरेको छ", Dhaka Tribune, अन्तिम पहुँच ८ अप्रिल २०१८ 
  2. "बोग्रा जिल्लाको जानकारी", बङ्गलापिडिया। 
  3. बङ्गादेश जिल्ला राजपत्र: बगुडा। बङ्गादेश सरकार। 1979, pp. 27
  4. बगुडा - इनसाइक्लोपीडिया ब्रिटानिका लेख

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]