ब्यालेस्टिक क्षेप्यास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
पहिलो ब्यालिस्टिक मिसाइल V-2 को स्केच

प्राविधिक दृष्टिकोणमा, ब्यालेस्टिक क्षेप्यास्त्र वा ब्यालिस्टिक मिसाइल भन्नाले प्रक्षेपण पथ  सब-आर्बिटल ब्यालिस्टिक पथ हुने क्षेप्यास्त्रलाई बुझिन्छ। यसको उपयोग कुनै पनि हतियार (प्राय: आणविक हतियार/ परमाणु बम) लाई कुनै पूर्वनिर्धारित लक्ष्यमाथि प्रहार गर्नको लागि गरिन्छ। यो मिसाइल आफ्नो प्रक्षेपणको प्रारम्भिक चरणमा नै केवल गाइड गरिन्छ; त्यसपछिको पथ कक्षीय यान्त्रिकी (अर्थात आर्बिटल मेकानिक्स) को सिद्धान्त तथा ब्यालिस्टिक्स सिद्धान्तद्वारा निर्धारित हुन्छ। अहिलेसम्म यसलाई रासायनिक रकेट इञ्जनद्वारा प्रोपेल गरिन्छ।

इतिहास[सम्पादन गर्ने]

सबैभन्दा पहिलो ब्यालेस्टिक क्षेप्यास्त्र (मिसाइल) ए-फो ( A-4 ) थियो। यसलाई सामान्यत भि-टु रकेटको नामले पनि चिनिन्छ। यस क्षेप्यास्त्रलाई नाजी जर्मनीले सन् १९३० देखि सन् १९४० को मध्य समयमा रजेट बैज्ञानिक वेर्न्हेर वन ब्राउनको निरीक्षणमा विकसित गरेका थिए।  भि-टु रकेटको पहिलो सफल परिक्षण सन् १९४२ अक्टोबर ३ मा भएको थियो। सन् १९४४ सेप्टेम्बर ६ मा फ्रान्स विरुद्धको युद्ध र दुई दिनपछि भएको बेलायत विरुद्धको लडाइँमा यसको प्रयोग भएको थियो। द्वितीय विश्व युद्धको अन्तसम्ममा  (१९४५ मे) भि-टु रकेट क्षेप्यास्त्रको प्रयोग ३,००० भन्दा धेरै पटक गरिएको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]