भवानी राणा
स्वरूप
भवानी राणा | |
---|---|
नेपाल उद्योग वाणिज्य महासङ्घको १८औँ अध्यक्ष | |
कार्यकाल वि.सं. २०७३ चैत ३० – वि.सं. २०७७ मङ्सिर १५ | |
पूर्वाधिकारी | पशुपति मुरारका |
उतराधिकारी | शेखर गोल्छा |
व्यक्तिगत विवरण | |
जन्म | २ सेप्टेम्बर १९६९ |
भवानी राणा नेपाल उद्योग वाणिज्य महासङ्घको १८औँ अध्यक्ष हुन्। उनी नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा अध्यक्ष पदमा चुनिएकी पहिलो महिला हुन्।[१][२][३] राणाले महिला उद्यमी महासङ्घ नेपालको अध्यक्ष र नेपाल लगानी बोर्डकी सदस्य भएर पनि सेवा गरेकी छिन्।[४]
व्यवसाय
[सम्पादन गर्नुहोस्]भवानी राणा पर्यटन व्यवसायसँग सम्बद्ध छिन्। भवानी राणाले बाँकेमा स्नेहा ग्रुप प्राइभेट लिमिटेडकी व्यवस्थापन निर्देशकको जिम्मेवारी निर्वाह गर्दै आएकी छिन्। उनी स्नेहा कल्चरल इन्टरटेनमेन्टकी निर्देशक, स्नेहा बि एन्ड एस कोलाब्रेसनकी व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजकी प्रवर्द्धक, पद्य क्रिएसनकी निर्देशक र बागेश्वरी विकास बैङ्कको प्रवर्द्धक समेत हुन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "को हुन् भवानी राणा?", शुभदिन (नेपालीमा), २०१७-०६-०१, अन्तिम पहुँच २०२१-०१-२२।
- ↑ "राणा महासंघको पहिलो महिला अध्यक्ष", बिबिसी नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२२।
- ↑ "भवानी राणा यसरी आइन् महासंघको नेतृत्वमा", रातो पाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२२।[स्थायी मृत कडी]
- ↑ "भवानी राणा भन्छिन्- किशोर प्रधानलाई वरिष्ठ उपाध्यक्षमा रूपमा देख्न चाहन्छु", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२२।
- ↑ "सफलताका लागि भवानी राणाका ३ सूत्र : लगनशीलता, आत्मविश्वास र सकारात्मक सोच", शिलपत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२२।