भविष्य निर्माण (कथा)
स्वरूप
भविष्य निर्माण एक बलमनोबैज्ञानिक कथा हो। यो कथाको रचनाकार देवकुमारी थापा हुन। ये कथामा बालकमा सानु सकारात्मक र नकारात्मक बोलीको साथै बाताबरणको प्रभाव राम्रो रूपमा देखाउन खोजीएको छ। देवकुमारी थापा विद्यार्थी अवस्थामा लेखेको यो कथा नेपाली गद्यसङ्ग्रह भाग १ मा प्रकाशित भई एस.एल.सी.को पाठ्यक्रममा पनि समावेश भयो।
देवकुमारी थापा (वि.सं. १९८४) व्यक्तिको जीवनको भित्री मर्मलाई उद्घाटन गर्ने कथाकार हुन् । बालसाहित्यका क्षेत्रमा यिनको ठूलो योगदान रहेको छ । यिनले राम्रा नराम्रा बालमनोवैज्ञानिक कथाहरु लेख्ने गरेकी छन् । यिनले राम्रा राम्रा जीवनवादी चिन्तन र सामाजिक चेतनायुक्त कथाहरु जस्तै टपरी, भोकतृप्ति, प्रलयप्रतीक्षा, आदि देवकुमारी थापाका प्रकाशित कथासंग्रहहरु हुन् । छोटो मीठा कथाहरु लेख्नु र पाठको मन जित्न सफल हुनु यिनको विशेषता हो ।
बालबालिकाहरुको स्वभाव सोधीखोजी गर्ने जिज्ञासु प्रकृतिको हुन्छ । उनीहरुलाई राम्रो नराम्रो जस्तो सुकै कुराले पनि प्रत्यक्ष प्रभाव पार्दछ । उनीहरुले प्रतिकृया स्वरुप तुरुन्त व्यवहारमा देखाइहाल्दछन् । कृष्णबहादुरले आफ्नो छोरा नरेशलाई मैले धेरै जर्मनहरुलाई मारेर कप्तान भएँ भन्दा त्यसको प्रत्यक्ष असर तुरुन्तै नरेश पर्याे । उसले ठूलो भएर आफूले पनि दुष्ट जर्मनहरुलाई बन्दुकले हानेर मार्ने कुरा गऱ्यो । पछि आमाले राम्ररी सम्झाएपछि असल मान्छे बन्ने कुरा गऱ्यो । त्यसैले बालबालिकाहरुमा यस्तो अनौठो किसिमको स्वभाव हुन्छ । बालबालिकाहरुको स्वभाव सोधीखोजी गर्ने जिज्ञासु प्रकृतिको हुन्छ । उनीहरुलाई राम्रो नराम्रो जस्तो सुकै कुराले पनि प्रत्यक्ष प्रभाव पार्दछ । उनीहरुले प्रतिकृया स्वरुप तुरुन्त व्यवहारमा देखाइहाल्दछन् । कृष्णबहादुरले आफ्नो छोरा नरेशलाई मैले धेरै जर्मनहरुलाई मारेर कप्तान भएँ भन्दा त्यसको प्रत्यक्ष असर तुरुन्तै नरेश पर्याे । उसले ठूलो भएर आफूले पनि दुष्ट जर्मनहरुलाई बन्दुकले हानेर मार्ने कुरा गऱ्यो । पछि आमाले राम्ररी सम्झाएपछि असल मान्छे बन्ने कुरा गऱ्यो। त्यसैले बालबालिकाहरुमा यस्तो अनौठो किसिमको स्वभाव हुन्छ । उनीहरुले नराम्रो प्रतिक्रिया देखाएको बेला राम्ररी सम्झाउनु बुझाउनुपर्छ र उनीहरुका मनभित्र असल भावना जगाइदिनुपर्छ भन्ने सन्देश प्रस्तुत कथाले दिएको छ । प्रस्तुत भविष्य निर्माण एउटा उत्कृष्ट मनोवैज्ञानि कथा हो । यस कथामा कथाकारले बालकहरुमाथि वातावरणले पार्ने गहिरो प्रभावको प्रसङ्ग दिँदै सकारात्मक सन्देशबाट मात्र बालकहरुको भविष्य निर्माण गर्न सकिने धारणा प्रकट गरेकी छन् ।
मुख्य पात्रहरु
[सम्पादन गर्नुहोस्]- पार्वती
- कृष्णबहादुर
- नरेश