भुटानी राजपङ्खी लोखर्के

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भुटानी राजपङ्खी लोखर्के
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: कृन्तक
परिवार: लोखर्के
वंश: Petaurista
(जोन इडवर्ड ब्राउन, सन् १८४२)
प्रजाति:
P. nobilis
वैज्ञानिक नाम
Petaurista nobilis
(जोन इडवर्ड ब्राउन, सन् १८४२)
भुटानी राजपङ्खी लोखर्के

भुटानी राजपङ्खी लोखर्के (खैरो राजपङ्खी लोखर्केको नामले पनि चिनिने), लोखर्के प्रजातिको उड्न सक्ने ठूलो आकारको लोखर्के हो। यो उड्ने लोखर्के प्रजातिको सबैभन्दा ठूलो लोखर्के हो। भुटानी राजपङ्खी लोखर्के दिउँसोको समयमा निस्क्रिय हुन्छ भने रातको समयमा सिकार गर्नका लागि सक्रिय हुन्छ।[२][३] यो प्रजातिको लोखर्केले एक रूख देखि अर्के रूखमा सहजै उडेर जाने गर्दछ तर यो प्रजाति चमेरा जसरी उड्न भने सक्दैन। यस प्रजातिको लोखर्के हिमालयको १,५०० देखि ३,००० मिटरको उचाइमा बसोबास गर्छन्।

वितरण[सम्पादन गर्नुहोस्]

यस प्रजातिको लोखर्केको बासस्थान दायरा हिमालयको केही भूभाग मात्र सिमित रहेको छ जहाँ यी प्रजातिहरू मुख्यतया पूर्वी नेपाल, भुटान, भारतको सिक्किम राज्य र पश्चिम बङ्गाल राज्यमा भेटिन्छन्। यी प्रजातिहरू भारतको अरुणाचल प्रदेशको मध्य भूभाग तथा पश्चिमी भूभागमा पनि पाइन्छन्।[२][४][५][६] यी प्रजातिहरू थोरै मात्रामा चीनको तिब्बतमा पनि पाइन्छन्।

शारीरिक विवरण[सम्पादन गर्नुहोस्]

भुटानी राजपङ्खी लोखर्के उड्ने प्रजातिको लोखर्के मध्येको एक ठूलो जीन हो जसको टाउको र शरीरको लम्बाइ ३५-६९ सेमी (१४-२७ इञ्च) हुन्छ भने यसको पुच्छरको कुल लम्बाइ ३८-६१.५ सेमी (१५-२४ इञ्च) हुन्छ र यसको टाउको देखि पुच्छरको कुल लम्बाइ १२७ सेमी (५० इञ्च) सम्म हुन्छ।[६][७][८][९] यस प्रजातिको शरीरको लम्बाइको अनुपात कहिलेकाँही फरक पर्न सक्छ जहाँ भुटानी राजपङ्खी लोखर्केको टाउको र ज्यानको लम्बाइ पुच्छर भन्दा लामो पनि हुन सक्छ भने केही प्रजातिमा छोटो पनि हुन सक्छ। टाउको र शरीको लम्बाइ ४९ सेमी (१९ इञ्च) तथा पुच्छरको लम्बाइ ४६ सेमी (१८ इञ्च) हुने यस प्रजातिको एक लोखर्केको कुल तौल २ किलो ७१० ग्राम (५.९७ पाउण्ड) हुन्छ। यस प्रजातिको लोखर्केको दुई उपप्रजातिहरू हुन्छन् जहाँ एक प्रजाति नेपाल, सिक्किम र पश्चिम बङ्गालमा पाइन्छन् भने अर्के उपप्रजाति भुटान र अरुणाचल प्रदेशमा पाइन्छन्।[१०] यस प्रजातिको शरीरमा बाक्लो भुत्लाहरू हुन्छन्।

भुटानी राजपङ्खी लोखर्केको काँधको भाग हल्का पहेँलो तथा फिक्का सुन्तला रङ्गको हुन्छ भने यसको शरीरको केही भुत्लाहरू पहेँलो रङ्गको देखिन्छन्। केही प्रजातिका भुटानी राजपङ्खी लोखर्केको भने काँधको छेउछाउको भागमा धेरै भुत्लाहरू रहेका हुन्छन्। यस प्रजातिको लोखर्केको टाउकोको माथिल्लो भाग हल्का कालो देखि खैरो रङ्गको हुन्छ। भुटानी राजपङ्खी लोखर्केको तल्लो तथा पेटको भागमा विभिन्न रङ्गमा भुत्लाहरू देख्न सकिन्छ जहाँ यसको हल्का पहेँलो, खैरो र सुन्तला रङ्गको भुत्लाहरू हुन्छ। यस प्रजातिको लोखर्केको सुन्तला रङ्गको पुच्छर हुन्छ जसको अन्तिम भाग कालो रङ्गको हुन्छ। सन् १८४२ मा बेलायती प्रकृतिविद् जोन एडवर्ड ग्रेले पहिलेनै भुटानी राजपङ्खी लोखर्केलाई वैज्ञानिक वर्गीकरण गरेता पनि यस प्रजातिको लोखर्केलाई प्रायः मानिसहरूले हडसनको विशाल राजपङ्खी लोखर्के भनि भ्रममा पर्ने गरेका छन् जुन जसको बासस्थान दायरा एकै क्षेत्रमा फैलिएको छ। सन् १८६३ मा एडवर्ड ब्लेथले यस प्रजातिको लोखर्के र हडसनको विशाल राजपङ्खी लोखर्के प्रयाय जातिको रूपमा ठम्याएका थिए।

व्यवहार[सम्पादन गर्नुहोस्]

भुटानी राजपङ्खी लोखर्केकन्ह प्राकृतिक बासस्थानहरू उप-उष्णकटिबन्धीय जङ्गल, समशीतोष्ण वन, लालीगुराँस पाइने जङ्गल र शकुरुख जंगल हो, यद्यपि यी प्रजातिहरू १,५०० देखि ३,००० मिटर (४,९०० देखि ९,८०० फिट) को उचाइमा पाइन्छन्। यस प्रजातिका केही लोखर्केहरू ८०० मिटर (२,६०० फिट)को उचाइमा पनि फेला पारिएको थियो। भुटानी राजपङ्खी लोखर्केको व्यवहारको बारेमा खासै गहिरो अनुसन्धान गरिएको छैन तर अन्य प्रजातिका लोखर्के जस्तै भुटानी राजपङ्खी लोखर्के पनि दिउँसोको समयमा निस्क्रिय हुन्छ भने रातको समयमा सिकार गर्नका लागि सक्रिय हुन्छ। भुटानी राजपङ्खी लोखर्के मार्च र अप्रिलको महिनामा प्रजनन गर्दछन् यद्यपि यी प्रजातिहरू सामान्यतया रूखहरूमा बस्दछ भने आहाराका लागि कहिलेकाँही जमिनमा पनि आउने गरेको देखिन्छ।

संरक्षण स्थिति[सम्पादन गर्नुहोस्]

भुटानको विशाल राजपङ्खी लोखर्के मुख्यतया बासस्थान दायरामा मानव बस्तीको विस्तार भएका कारण खतरामा परेको छ। यसलाई स्थानीय मानिसहरूले अवैध रूपमा चोरी सिकारी गर्ने गरेको पाइएको छ भने यस प्रजातिको लोखर्केको बच्चालाई समातेर घरेलु जनावरको रूपमा पाल्ने गरिएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यस प्रजातिलाई सङ्कटापन्न बन्यजन्तुको रूपमा सूचीकृत गरेको छ भने यसलाई अन्तर्राष्ट्रिय संरक्षण सङ्घको रातो सूचीमा पनि सूचीकृत गरिएको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. {{{assessors}}} (2016). Petaurista nobilis. In: IUCN 2016. IUCN Red List of Threatened Species. Downloaded on 9 August 2019.
  2. २.० २.१ Jackson, S.M. (२०१२), Gliding Mammals of the World, CSIRO Publishing, पृ: 112–135, आइएसबिएन 9780643092600 
  3. Thorington, Jr., R.W.; J.L. Koprowski; M.A. Steele; J.F. Whatton (२०१२), Squirrels of the World, Baltimore: Johns Hopkins University Press, पृ: ११६, आइएसबिएन 978-1-4214-0469-1 
  4. Thapa, S.; H.B. Katuwal; S. Koirala; B.V. Dahal; B. Devkota; R. Rana; H. Dhakal; R. Karki et al. (२०१६), Sciuridae (Order: Rodentia) in Nepal, Small Mammals Conservation and Research Foundation, Kathmandu, Nepal, पृ: 24–26। 
  5. Krishna, M.C.; A. Kumar; O.P. Tripathi; J.L. Koprowski (२०१६), "Diversity, Distribution and Status of Gliding Squirrels in Protected and Non-protected Areas of the Eastern Himalayas in India", Hystrix, the Italian Journal of Mammalogy 27 (2): 1–9, डिओआई:10.4404/hystrix-27.2-11688 
  6. ६.० ६.१ Choudhury, A. (२००२), "Petaurista nobilis singhei: First record in India and a note on its taxonomy", The Journal of the Bombay Natural History Society 99 (1): 30–34। 
  7. ढाँचा:MSW3 Sciuridae
  8. Saha, S.S. (१९७७), "A new subspecies of the flying squirrel, Petaurista nobilis (Gray), from Bhutan", Proc. Zool. Soc., Calcutta 28 (1): 27–29। 
  9. Ghose, R.K.; S.S. Saha (१९८१), "Taxonomic review of Hodgson's giant flying squirrel, Petaurista magnificus (Hodgson) (Sciuridae: Rodentia), with description of a new subspecies from Darjeeling District, West Bengal, India", The Journal of the Bombay Natural History Society 78 (1): 93–102। 
  10. Koli, V.K. (२०१६), "Biology and Conservation Status of Flying Squirrels (Pteromyini, Sciuridae, Rodentia) in India: An Update and Review", Proc Zool Soc 69 (1): 9–21, डिओआई:10.1007/s12595-015-0141-z 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]