सामग्रीमा जानुहोस्

भोग (पत्रिका)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोग
Editorएन्ना विन्टोर
श्रेणीफ्यासन
आवृतिमासिक
प्रकाशककोन्डे नास्ट
कुल वितरण
(२०२३)
१,२५०,८४५[]
संस्थापकआर्थर बाल्ड्विन टर्नर
स्थापना बर्ष१३१
देशसंयुक्त राज्य
प्रधान कार्यालयOne World Trade Center
न्यूयोर्क, एन वाइ १०००७
युएस
भाषाअङ्ग्रेजी
वेबसाइटvogue.com
आइएसएसएन००४२-८०००

भोग (अमेरिकी भोग पनि भनिन्छ) एक मासिक फ्यासन र जीवनशैली सम्बन्धी पत्रिका हो। यसमा उच्च फेसन, सौन्दर्य, संस्कृति, जीवनशैली, र फ्यासन सो सम्बन्धी समाचारहरू समेटिन्छन्। यो कोन्डे नास्टको भोग मिडिया समूहको हिस्सा हो।

तल्लो म्यानह्याट्टनमा अवस्थित एक विश्व व्यापार केन्द्रमा कार्यालय रहेको भोगको प्रकाशन सन् १८९२ मा दैनिक समाचारपत्रका रूपमा भएको सालौँ पछिमात्र यो मासिक पत्रिका बन्न पुगेको हो। स्थापनाकाल देखि नै यो पत्रिकाले कलाकार, सङ्गीतकार, मोडेल, खेलाडी र अन्य चिरपरिचित सेलिब्रेटीहरूलाई आफ्नो पत्रिकामा स्थान दिँदै आएको छ। यसले प्रकाशन गरेको सबैभन्दा वृहत संस्करण सन् २०१२ को सेप्टेम्बर महिनामा प्रकाशित लेडी गागालाई आवरण पृष्ठमा राखिएको ९०० पृष्ठको संस्करणलाई लिइन्छ।

स्थापनाकाल देखि १९०५ सम्म

[सम्पादन गर्नुहोस्]

आर्थर बाल्डविन टर्नर (१८५६-१९०६) नाम गरेका एक अमेरिकी व्यवसायीले न्यूयोर्क शहरमा एक साप्ताहिक समाचारपत्रको रूपमा भोगको स्थापना गरे जसलाई क्रिस्टोफर राइटद्वारा प्रायोजन गरिएको थियो। भोगको पहिलो अङ्क १७ डिसेम्बर १८९२ मा छापिएको थियो। पहिलो अङ्कको मूल्य १० सेन्ट (२०२३ मा $३.३९ बराबर) निर्धारण गरिएको थियो।[][] टर्नर एउटा यस्तो पत्रिका बनाउन चाहन्थे जसमा मानवीय जीवनका विविध र विचित्र पक्षहरू देखाउन सकियोस्। उनले पाठकको रूपमा चतुर, बुद्धिमान व्यक्तिहरूका साथै अपरिपक्व युवा दुवैलाई निसाना बनाएर पत्रिकाको प्रकाशन सुरू गरे। पत्रिकाले मुख्य रूपमा न्यूयोर्कमा बसोवास गर्ने धनीमानी व्यक्तिहरूको चर्चा गर्थ्यो। जस्तै: उनीहरूले मनोरञ्जनका लागि के गरे, कहाँ घुमफिर गरे, कुन कार्यक्रममा गए र कस्ता कपडा लगाए। फ्यासनमा नै पत्रिकाको ध्यान केन्द्रित गरियो, तर यसमा पुरूषहरूका लागि खेलकुद र सामाजिक समाचार पनि समावेश गरिन्थ्यो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Circulation for Consumer Magazines", Alliance for Audited Media, ३१ डिसेम्बर २०२३, मूलबाट ३१ जुलाई २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२४ 
  2. Rowlands, Penelope (2008) A Dash of Daring: Carmel Snow and Her Life In Fashion, Art, and Letters वेब्याक मेसिन अभिलेखिकरण अप्रिल ६, २०२३ मिति Simon & Schuster, 2008.
  3. Warren, Lynne (2005) Encyclopedia of Twentieth-Century Photography, 3-Volume Set वेब्याक मेसिन अभिलेखिकरण अप्रिल ५, २०२३ मिति Routledge, 2005