महाबोधी मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
युनेस्को विश्व सम्पदा क्षेत्र
महाबोधी मन्दिर
विश्व सम्पदा सूचीमा उल्लेख गरिए अनुसारको नाम
Mahabodhi Temple
राष्ट्र भारत
प्रकार सांस्कृतिक
मापदण्ड (i),(ii),(iii),(iv) तथा (vi)
सन्दर्भ १०५६
युनेस्को क्षेत्र एसिया-प्रशान्त
निर्देशाङ्क २४°४१′४६″उत्तर ८४°५९′२९″पूर्व / २४.६९६००४° उत्तर ८४.९९१३५८° पूर्व / 24.696004; 84.991358निर्देशाङ्क: २४°४१′४६″उत्तर ८४°५९′२९″पूर्व / २४.६९६००४° उत्तर ८४.९९१३५८° पूर्व / 24.696004; 84.991358
शिलालेखको इतिहास
शिलालेख २००२ (२६औ संस्करण)
Lua error in मोड्युल:Location_map at line 368: Minutes can only be provided with DMS degrees for longitude.

यो मन्दिर मुख्‍य मन्दिरको नामले पनि चिनिन्छ । यस मन्दिरको बनावट सम्राट अशोक द्वारा स्‍थापित स्‍तूपको समान रहेको छ । यस मन्दिरमा बुद्धको एउटा ठुलो मुर्ती स्‍थापित छ । यो मुर्ती पदमासन को मुद्रामा रहेको छ । यहाँ यो अनुश्रुति प्रचिलत छ कि यो मुर्ती त्यसै ठाउँमा स्‍थापित रहेको छ जहाँ बुद्धले ज्ञान निर्वाण (ज्ञान) प्राप्‍त गरेका थिए । मन्दिरको चारै तिर ढुङ्गाको नक्‍काशीदार रेलिंग बनाइएको छ । यो रेलिंग नै बोधगयामा प्राप्‍त भएको सबैभन्दा पुरानो अवशेष हो । यस मन्दिर परिसरको दक्षिण-पूर्व दिशामा प्रा‍कृतिक दृश्‍यहरु भएको एउटा समृद्ध पार्क छ जहाँ बौद्ध भिक्षु ध्‍यान साधना गर्छन । साधारण मानिस यस पार्कमा मन्दिर प्रशासनको अनुमति लिएर मात्रै यहाँ प्रवेश गर्न सक्छन ।

यस मन्दिर परिसरमा त्यस सात स्‍थानहरुलाई पनि चिन्हित गरिएको छ जहाँ बुद्धले ज्ञान प्राप्ति पश्चात सात हफ्ता बसेका थिए । जातक कथाहरुमा भएको उल्‍लेख अनुसार बोधि वृक्ष पनि यहाँ छ । यो एउटा विशाल पिपलको रुख हो जुन मुख्‍य मन्दिरको पछाडी रहेको छ । भनिन्छ बुद्धलाई यसै रुखको मुनी ज्ञान प्राप्‍त भएको थियो । वर्तमानमा रहेको बोधि रुख त्यस बोधि रुखको पाँचौ बंश हो । मन्दिर समूहमा बिहानको समय मन्दिरको घण्टाहरुको आवाज मनलाई एउटा अभुतपुर्व शान्ति प्रदान गर्दछ ।

सन् १७८० मा मन्दिरको दृश्य

मुख्‍य मन्दिरको पछाडी बुद्धको रातो बालुवायुक्त ढुङ्गाको ७ फिट उचाईं भएको एउटा मुर्ती छ ।[१] यो मुर्ती विजरासन मुद्रामा रहेको छ । यस मुर्तीको चारै तीर विभिन्‍न रङ्गको झण्डा लगाइएको छ जसले यस मुर्तीलाई एउटा विशिष्‍ट आकर्षण प्रदान गर्छ । भनिन्छ कि तेश्रो शताब्‍दी ईसा पूर्वमा यसै स्‍थानमा सम्राट अशोकले हिराले बनेको राजसिहांसन लगाएका थिए र भनेका थिए कि और यो पृथ्वीको नाभिकिया केन्द्र हो । यस मुर्तीको अगाडी खैरौ बालुवाको ढुङ्गामाथि बुद्धको विशाल पदचिन्‍ह बनाइएको छ । बुद्धको यिनै पदचिन्‍हहरूलाई धर्मचक्र प्रर्वतनको प्रतीक मान्ने गरिएको छ ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Mahabodhi Temple at Bodhgaya to be Coated with 290 Kg Gold", Biharprabha News, अभिगमन मिति १२ नोभेम्बर २०१३