महाशिला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महाशिला अर्थात मेलढुङ्गा पर्वत जिल्लाको लुङ्खुदेउराली गाविसमा अवस्थित एक धार्मिक पर्यटकीय स्थल हो । पहिले उक्त शिला लुङ्खुदेउराली गाविसकै धुँवाकोटमा थियो । पछि तल झरेर अडिएको हो। १ सय ३० मिटर अग्लो शिला एक बिघा जग्गा फैलिएको छ । शिलाको तल्लो भागमा गुफासमेत छ । शिलामा बालाचतुर्दशी, महाशिवरात्री, रामनवमी, नाग पञ्चमीमा झक्तजनको घुइँचो लाग्नुका साथै मेला लाग्ने गरेको छ । शिलामा पूजा गर्न गुल्मी, पर्वत, बागलुङ, स्याङ्जालगायतका जिल्लाबाट भक्तजनहरू आउँछन् ।[१]कालीगण्डकी नदी र सेती खोलाको दोभानमा तीन फरक फरक अञ्चलका तीन जिल्ला पर्वत, स्याङ्गजा र गुल्मीको संगमस्थलमा पर्ने सेतीवेनी बजारमा विशाल कालो शिलाढुङ्गा रहेको छ । त्यहि कालो शिलाढुङ्गालाई अवलोकन गर्न आउनेहरु परापुर्व कालदेखी शालिग्राम शिला मान्दै आएका छन् । हिन्दुधर्म अनुसार शिलालाई भगवान् विष्णुका रूपमा पुजिन्छ । महाशिला पुज्नका लागि देशका विभिन्न ठाउँहरूबाट हरेक एकादशी, औंशी, सक्रान्ति लगायतका चाडपर्वमा धुमधाम मेला लाग्ने मात्र नभइ धार्मिक आस्था राख्नेहरु दिनानुदिन आउँदछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]