माइक्रोसफ्ट वर्ड
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
माइक्रोसफ्ट वर्ड एक कम्प्युटर अनुप्रयोग हो। यसलाई कुनै पाठ लेख्न अनि त्यसलाई संशोधन/प्रसोधन गर्न मद्दत गर्छ त्यसैले यसलाई पाठ प्रसोधक या 'वर्ड प्रोसेसर' पनि भनिन्छ । यो माइक्रोसफ्ट कर्पोरेशनले तयार गरेको एउटा पूर्ण वर्ड प्रोसेसिङ अनुप्रयोग हो । यस सफ्टवेयरमा टाइपिङ, इडिटिङ, फर्मैटिङ, प्रिन्टिङ जस्ता सुबिधाहरू रहेका छन् । माइक्रोसफ्ट वर्डको प्रयोगबाट दस्तावेजहरु सुरक्षित गरेर राख्न सकिन्छ । यो माईक्रोसफ्ट अफिस प्रोग्राम समुह भित्र पर्दछ ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]माइक्रोसफ्ट वर्ड को पहिलो संस्करण चार्ल्स सिमोनी र रिचार्ड ब्रोडेइ द्वारा विकसित भएको थियो । दुवै प्रोग्रामरहरु बिल गेट्स र पावल एलनका लागि काम गरी रहेका थिए । माइक्रोसफ्ट वर्डको पहिलो संस्करण वर्ड १.०, अक्टोबर १९८३ मा जारी भएको थियो । यो संस्करण सफल हुन नसकेपछि सन् १९८९ मा पहिलो विन्डोज संस्करण तयार गरियो । क्रमिक रूपमा माइक्रोसफ्ट वर्डको विकास हुदै गयो र यसलाई विभिन्न नामहरूले नामाकरण गरीयो, वर्ड ९५, वर्ड ९७, वर्ड २०००, वर्ड फर अफिस एक्स.पी., वर्ड २००३, वर्ड २००७, वर्ड २०१०, वर्ड २०१३ । माइक्रोसफ्ट वर्डको नविनतम संस्करण वर्ड २०१३ रिलिज भएको छ ।
उपयोगीता
[सम्पादन गर्नुहोस्]- चिठ्ठी पत्र टाईप गर्न तथा प्रिन्टिङ गर्न ।
- रिपोर्ट तयार गर्न ।
- चार्ट तयार गर्न ।