माइतीघर मण्डला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
माइतीघर मण्डला
माइतीघर मण्डलामा फहराई रहेको नेपालको झण्डा

माइतीघर मण्डलाको मौलिक नाम फिब्वः ख्यः हो। माइतीघर मण्डला काठमाडौंको माइतिघरमा अवस्थित एक खुला ठाउँ (पार्क) हो। जहाँ मानिसहरु स–साना राजनीतिक जमघट देखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रुपमा परिचित भएको छ ।कुनै राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरुले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरि प्रचारबाजी गर्ने गरेको पाइन्छ । विक्रम सम्बत् २०५७ सालमा ११औं सार्क शिखरको सम्मेलन आयोजना हुने बेलामा यस क्षेत्रको चारैतिर रहेका बस्तीलाई व्यवस्थापन गरि मण्डलाको निर्माण गरिएको थियो । यस कार्यमा तत्कालीन मेयर केशव स्थापित तथा रिञ्चिन योञ्जनको सक्रियतामा सम्भव भएको थियो । जम्मा १७ दिनमा यसको निर्माण कार्य सम्पन्न गरिएको थियो ।[१]

इतिहास[सम्पादन गर्ने]

माइतीघर मण्डलामा बालुवाका ससाना ढोस्कोहरू हुने गर्थे । यसलाई नेपालभाषामा "फिब्व" भनिन्छ । यस नजीकै अहिले भद्रकाली सेना ब्यारेक रहेको स्थानमा फिब्वः अजिमा रहेको छ । त्यसै अजिमाको चउरका रूपमा रहेकाले यसलाई फिब्वःख्यः भन्ने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]