केशव स्थापित

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केशव स्थापित
काठमाडौँको नगरप्रमुख
कार्यकाल
२०५४–२०६१
सहायकबिदुर मैनाली
पूर्वाधिकारीप्रेमलाल सिंह
उतराधिकारीराजाराम श्रेष्ठ
राष्ट्रिय खेलकुद परिषद्, नेपालका नवौँ सदस्यसचिव
कार्यकाल
वि.सं. २०५१ – वि.सं. २०५२
पूर्वाधिकारीरुक्म शमशेर राणा
उतराधिकारीशरदकुमार भट्टराई
व्यक्तिगत विवरण
जन्मविसं २०१६
काठमाडौँ
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
नेपाल कम्युनिष्ट पार्टी

केशव स्थापित काठमाडौँ महानगरपालिकाका पूर्व नगर-प्रमुख हुन्। केशव स्थापित विसं २०१६मा काठमाडौँमा जन्मिएका हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले "मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ" भन्ने नारा ल्याएका थिए। उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घर-टहराहरू भत्काइएका थिए।

केशव स्थापित राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयर मनोनित भए। त्यसैबेला माओवादीसँग पनि उनको हिमचिम बढेको थियो । शाही मेयर भएर माओवादीका लागि ‘लजिस्टिक सामान’ सप्लाई गरेको आशंकामा उनलाई मेयरबाट हटाइएको थियो।[१]

करियर[सम्पादन गर्नुहोस्]

२०४३ सालको काठमाडौं नगरपञ्चायतको चुनावमा उनी तत्कालीन नेकपा (माले)का तर्फबाट उपप्रधानपञ्चको जनपक्षीय उम्मेदवार थिए ।[२]

खेलकुद परिषद्को सदस्य सचिव[सम्पादन गर्नुहोस्]

उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका नवौँ सदस्य सचिव थिए। उनले वि.सं. २०५१ देखि वि.सं. २०५२ सम्म उक्त पदमा रहेर काम गरेका थिए।

उपत्यका विकास प्राधिकरण प्रमुख[सम्पादन गर्नुहोस्]

उनलाई सरकारले वि.सं. २०६९ सालमा काठमाडौँ उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त गरेको थियो। नौ महिना नबित्दै उनलाई पदमुक्त गरेको थियो। २०७९ बैशाखमा बाबुराम भट्टराईले उनलाई " डेट एक्सपाइर्ड औषधि भएकाले हटाउनु परेको बताएका थिए। [३]

भौतिक योजना तथा विकास विकास मन्त्री, बागमती प्रदेश[सम्पादन गर्नुहोस्]

काठमाडौं महानगरपालिका निर्वाचन २०७९[सम्पादन गर्नुहोस्]

बि.सं २०७९ को स्थानीया निर्वाचनमा केशव स्थापित नेकपा एमालेको तरफबाट मेयरको उम्मेदवार भएका थिए।

काठमाडौँ
दल उम्मेदवार मतदान प्रतिशत
स्वतन्त्र बालेन शाह ६१, ७६७ ३८.६%
नेपाली कांग्रेस सिर्जना सिंह ३८, ३४१ २४.०%
नेकपा एमाले केशव स्थापित ३८, ११७ २३.८%
स्वतन्त्र सुमन सायमी १३, ७७० ८.६%
राष्ट्रिय प्रजातन्त्र पार्टी मदनदास श्रेष्ठ ५, ७७० ३.६%
अरू २, १४१ १.३%
नतिजा बालेन शाह निर्वाचित
दर्ता भएका मतदाताहरू ३००,२४२[४]
कुल मतदान १९१,१८६ ६३.६८
कुल मान्य मतहरू १५९, ९०६
अस्वीकृत मतपत्रहरू ३१, २८०
स्रोत : निर्वाचन आयोग

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "केशव स्थापित : हराइसकेको पुरानो साख भजाउने दाउ", खबरहब (नेपालीमा), अन्तिम पहुँच २०२२-०५-०८ [dead link]
  2. "प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले", कान्तिपुर (नेपालीमा)। 
  3. "केशव स्थापित 'डेट एक्सपायर्ड' औषधिजस्तै : भट्टराई", कान्तिपुर (नेपालीमा)। 
  4. "प्रेस विज्ञप्ति", निर्वाचन आयोग, मूलबाट १२ जेष्ठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेष्ठ २०७९