माटे देवता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पश्चिम नेपालको भाषामा भूमिको देवतालाई माटे देवता त्यस माटोको देवता भनिन्छ। यसलाई कतै कतै भुमे देवता पनि भनेको पाइन्छ। माटे देवता प्रत्यक गाउँको अलग अलग हुन्छ। माटे देवतालाई गाउँवासीहरू सबै मिलेर पूजा गर्ने चलन रहेको छ। पूजा गरिने दिन गाउँवासीहरूले माटेलाई न्वागी (नयाँ अन्न) चढाउनु अनिवार्य हुन्छ भन्ने चलन रहेको पाईन्छ। यदी माटे देवता रिसायमा असिना खडेरी बाढी पहिरो आदी दैवि प्रकोप हुन्छन् भन्ने जन विश्वास पाईन्छ।