सामग्रीमा जानुहोस्

मानव मेटापोन्यूमोभाइरस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानव मेटापोन्यूमोभाइरस ( एचएमपीभी ) एक प्रकारको भाइरस हो । यो श्वासप्रश्वाससंग सम्बन्धित भाइरस हो । प्रायजसो यो भाइरसको संक्रमण प्रतिरक्ष्या प्रणाली भएका व्यक्तिमाथि प्रभाब देखाउछ ।साइन्स डाइरेक्टमा प्रकाशित एक रिपोर्ट अनुसार यो भाइरस वर्षौं पहिले चराबाट फैलिएको हो । [] सन् २००१ मा पत्ता लागेको संयुक्त राज्य अमेरिकाको 'सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन' (सीडीसी) ले जनाएपनि उक्त भाइरस त्यसभन्दा दशकौँपहिलेदेखि अस्तित्वमा थियो।[] नेपालका लागि पनि एचएमपीभी नयाँ भाइरस भने होइन । नेपालका विभिन्न ग्रामीण क्षेत्रमा सन् २०११ देखि २०१४ सम्म गरिएको एक अध्ययनमा एचएमपीभीका कारण श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिएको पुष्टि भएको थियो []

एचएमपीभी भाइरस

कसरी फैलिन्छ

[सम्पादन गर्नुहोस्]

सङ्क्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा त्यसको माध्यमबाट अर्को व्यक्तिमा सर्छ। हात मिलाएर, अँगालो हालेर वा एक अर्कालाई छुँदा पनि फैलिन सक्छ ।[]

बच्ने उपायहरु

[सम्पादन गर्नुहोस्]
  • साबुन र पानीले कम्तीमा २० सेकेन्डसम्म हात धुने ।
  • मास्कको प्रयोग गर्ने ।
  • भीडभाड भएको ठाउँमा नजाने ।
  • बारम्बार मुखमा हात नलगाउने ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

कोरोना

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "के नेपालको लागि खतरा हुनसक्छ एचएमपीभी भाइरस ?", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०१-०८ 
  2. "एचएमपीभी : यो कस्तो भाइरस हो? विश्वले कति चिन्ता गर्नुपर्छ?", BBC News नेपाली (नेपालीमा), २०२५-०१-०७, अन्तिम पहुँच २०२५-०१-०८ 
  3. नहोऔँ, बाह्रखरी :: एक दशकअघि नै देखिएको थियो नेपालमा एचएमपीभी, विज्ञ भन्छन्-त्रसित, "एक दशकअघि नै देखिएको थियो नेपालमा एचएमपीभी, विज्ञ भन्छन्– त्रसित नहोऔँ", एक दशकअघि नै देखिएको थियो नेपालमा एचएमपीभी, विज्ञ भन्छन्– त्रसित नहोऔँ, अन्तिम पहुँच २०२५-०१-०८ 
  4. "चीनपछि भारतमा पनि देखियो ‘एचएमपीभी भाइरस’, नेपाल कत्तिको सुरक्षित ?", Sutra News (en-USमा), २०२५-०१-०६, अन्तिम पहुँच २०२५-०१-०८