मार्गो रोबी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मार्गो रबीबाट अनुप्रेषित)
मार्गो रोबी
Margot Robbie
सन् २०१३ मा सोमरसेट हाउसमा रोबी
जन्ममार्गो एलिस रोबी
(1990-07-02) २ जुलाई १९९० (उमेर ३३)
डल्बी, क्विन्सल्यान्ड, अस्ट्रेलिया
पेशा
  • अभिनेत्री
  • चलचित्र निर्माता
कार्यकालसन् २००८–वर्तमान
जीवनसाथी
टम एकरले
(
वि २०१६)
पुरस्कारपूर्ण सूची

मार्गो एलिस रोबी (/ˈmɑːrɡ ˈrɒbi/ MAR-goh ROB-ee; जन्म २ जुलाई १९९०) एक अस्ट्रेलियाली अभिनेत्री र चलचित्र निर्माता हुन्। उनले दुई एकेडेमी पुरस्कार र पाँच बाफ्टा पुरस्कारका लागि नामाङ्कन प्राप्त गरेकी छिन्। सन् २०१७ मा, 'टाइम' पत्रिकाले उनलाई विश्वको १०० प्रभावशाली व्यक्ति मध्ये एकको रूपमा नाम दिएको थियो र सन् २०१९ मा उनलाई विश्वको सबैभन्दा बढी कमाई गर्ने अभिनेत्रीहरू मध्ये स्थान दिइएको थियो।

रोबीले सोमरसेट कलेजमा नाटकको अध्ययन गरेकी थिइन् र उनले सोप ओपेरा 'नेबर्स' (सन् २००८-२०११) मा काम गर्नु अघि, सन् २००० को दशकको उत्तरार्धमा अस्ट्रेलियाली स्वतन्त्र चलचित्रहरूमा करियरको सुरुवात गरेकी थिइन्। अमेरिकामा सरे पछि, उनले एबिसी नाटक शृङ्खला 'पान एम' (सन् २०११-२०१२) मा अभिनय गरेकी थिइन् र मार्टिन स्कोर्सेसेको ब्ल्याक हास्य चलचित्र 'द वुल्फ अफ वाल स्ट्रिट' (सन् २०१३) मा उनको सफलताको भूमिका थियो। रोबीको प्रोफाइल 'फोकस' (सन् २०१५) मा ग्रिफ्टर, 'द लिजेन्ड अफ टार्जन' (सन् २०१६) मा जेन पोर्टर, र डिसी एक्सटेन्डेड युनिभर्समा हार्ले क्विनको रूपमा, 'सुसाइड स्क्वाड' (सन् २०१६)बाट सुरु गर्दै, अभिनीत भूमिकाहरूसँग बढ्दै गएको थियो।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

मार्गो एलिज रोबीको जन्म २ जुलाई १९९० मा डल्बी, क्विन्सल्यान्डमा भएको थियो र उनी गोल्ड कोस्ट हिन्टरल्यान्डमा हुर्केकी थिइन्।[१]

फिल्मोग्राफी र पुरस्कार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Houghton, Jack (१४ डिसेम्बर २०१४), "Homegrown Hollywood starlet Margot Robbie home on the Gold Coast for Christmas", Gold Coast Bulletin, मूलबाट २३ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]