मृगौला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(मिर्गौला बाट पठाईएको)
Jump to navigation Jump to search


मृगौला
Gray1123.png
Human kidneys viewed from behind with spine removed
Kidnies lamb.jpg
भेडाका पाठाका मिर्गौला
ल्याटिन ren
धमनी रिनल धमनी
शिरा रिनल शिरा
स्नायू रिनल प्लेक्जस

मृगौला मानव शरीरको एक अभिन्न अङ्ग हो। यो अङ्ग सिमीको आकारको हुने गर्दछ। यो मेरुदण्डको दुवैपट्टि हुन्छ।यो करिब करिब ४-५ इन्च लामो अथवा एउटा ठूलो मुट्ठी जत्रो हुन्छ। प्रत्येक मृगौलामा लाखौँ साना साना छान्ने जालीहरू हुन्छन् जसलाई नेफ्रोन्स भनिन्छ। यो अङ्गले रगत छान्ने,शरिरमा झोलिलो पदार्थको मात्रा नियन्त्रन गर्ने,सहि मात्रामा इलेक्ट्रोलाइट्स कायम राख्ने र शरिरलाई नचाहिने पदार्थहरू पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ।जब मिर्गौलाले यस फिल्टरिंग क्षमता गुमाउँछ, तरल पदार्थ र फोहोरको हानिकारक स्तरहरू शरीरमा संकलन हने गर्दछ, जसले रक्तचापलाई बढाउँछ र किडनी विफलता (अन्त चरणको किडनी रोग) को परिणाम दिन सक्छ। जब मृगौलाले सामान्य रूपमा काम गर्ने क्षमता ९०%ले गुमाउँछ,तब बिरामी मृगौला रोगको अन्तिम चरणमा पुग्छ। रगत मृगौलासम्म नपुग्दा मृगौलाको केहि भाग अथवा सिंगै मृगौलाले काम गर्न छोड्छ जसलाई किड्नी फेलर अथवा अन्तिम चरणको मृगौला रोग भन्ने गरिन्छ। मृगौलाको रोग सम्बन्धि गरिने अध्धयनलाई [[नेफ्रोलोजि]] भनिन्छ।

मृगौला फेल हुने थुप्रै कारणहरू हुन्छन् जस्तैः

  • डाइबिटिज
  • आनुवंशिक
  • धेरै मात्रामा कडा औषधिहरू सेवन गरेमा
  • नेफ्रोटिक सिन्ड्रोम आदि

कतिपय बेलामा अचानक पनि मृगौलाले काम गर्न छोड्न सक्छ जस्लाइ एक्युट रेनल फेलर अथवा एक्युट किड्नी इन्जरि भनिन्छ।यसरि अचानक मृगौलाले काम नगर्दा जिवनभर नै काम नर्गने हुदैन।यो स्थायी हुदैन।उपचार गरि फेरि मृगौलाई स्वस्थ बनाउन सकिन्छ।यस्तो इक्युट रेनल फेलरको पनि थुप्रै कारणहरू छन् जस्तैः

  • हृदयघात
  • लागूपदार्थको प्रयोग
  • मूत्रमार्गको समस्या
  • मिर्गौलामा पर्याप्त रगत नबग्दा आदि।

यदि मिर्गौला असफल भयो भने एक वा निम्न लक्षणहरू देखा पर्ने गर्छन् जस्तैः

  • चिलाउनु
  • मांसपेशी ऐंठन
  • मतली र बान्ता
  • भोक नलाग्नु
  • खुट्टा र गोलीगाँठो सुनिनु
  • पर्याप्त पिशाब नहुनु
  • सास फेर्न समस्या हुनु
  • निद्रामा समस्या देखा पर्नु आदि।

यदि मिर्गौलाले अचानक काम गर्न छाडेमा (तीव्र किडनी असफलता),देखा पर्ने लक्षणहरूः

  • पेट दुख्नु
  • ढाड दुख्नु
  • पखाला
  • ज्वरो
  • नाकबाट रगत बग्नु
  • बान्ता आउनु आदि।

माथिका एक वा बढी लक्षणहरू देखा परेमा किडनी समस्याको संकेत हुन सक्छ। यी कुनै पनि लक्षण देखा परेमा,तुरुन्तै डाक्टरलाई सम्पर्क गर्न जरुरि छ।

तर अन्त चरण रेनल रोग (मृगौला फेल) पुरानो मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज)को अन्तिन चरण हो र यो जेन्दगीभर निको हेदैन।यस्तो समयमा बिरामीसंग केबल दुईवटा मात्रै बिकल्प हुन्छ।

डायलासिस[सम्पादन गर्ने]

डायलिसिस भनेको मृगौला फेल भएका बिरामीहरूमा गरिने उपचार हो जसबाट केहि हदसम्म कृत्रिम रूपमा मृगौलाको काम गरिन्छ।जब आफ्नै मिर्गौलेले काम गर्न छोड्छ, तब बाँच्नको लागि डायलिसिस गरिन्छ।डायलिसिस अस्पतालको डायलिसिस एकाइमा गर्न सकिन्छ वा घरमै पनि साधारण तालिमको आधारमा गर्न सकिन्छ।मेडिकल अवस्था र बिरामीको इच्छाको आधारमा डायलिसिस गर्ने ठाउँको निर्णय गरिन्छ।मृगौलाको अवस्था हेरि डायलिसिस हप्तामा कति दिन र एकचोटि गर्दा कति घण्टा गर्ने भन्ने कुरा निर्धारन गरिन्छ।डायलिसिस दुई प्रकारका हुन्छनः

  • हेमोडायलिसिस
  • पेरिटोनियल डायलिसिस

हेमोडायलिसिस[सम्पादन गर्ने]

Hemodialysismachine.jpg

हेमोडायलिसिसले एक कृत्रिम मृगौलाको रुपमा काम गर्छ जुन रगतबाट फोहोर र अतिरिक्त रसायनिक पदार्थ र तरल पदार्थ हटाउन प्रयोग गरिन्छ।यसमा शरीरको रगत पाईपको माध्यमबाट डायलिसिस मेसिनसम्म पर्याइन्छ र मेसिनमा रहेको फिल्टरले रगत सफा गरि फेरि शरिरमा रगत फर्काइन्छ।रगतलाई कृत्रिम किडनीमा पुर्‍याउन बिरामीको रक्त नलीहरूमा पहुँच (प्रवेश) बनाउनुपर्छ।हेमोडालिसिस शुरु गर्न पहिला रक्तप्रवाहमा सीधा पहुँच सिर्जना गर्न सानो शल्यक्रिया गर्नुपर्नेछ।हेमोडालिसिस गर्ने ३ वटा तरिकाहरू छन्।

  • फिस्टुला
  • ग्राफ्ट
  • क्याथेटर
फिस्टुला[सम्पादन गर्ने]

फिस्टुला,जसलाई आर्टिरियोभेन्सस फिस्टुला वा A-V फिस्टुला पनि भनिन्छ, यो पाखुराको छाला भित्र धमनी र शिरा सँगै जोडिन्छ। सकेसम्म यो थोरै प्रयोग हुने हातमा बनाइन्छ। A-V फिस्टुलालाई निको हुन ६ हप्ता वा लामो समय चाहिन्छ।फिस्टुला बनाउने बित्तिकै प्रयोग गर्न मिल्दैन।यो बनाएको ६ महिनापछि मात्रै फिस्टुलाबाट डायलिसिस हर्न सकिन्छ।राम्रो संचालनको लागि नियमित रुपमा बिरामीले एक्सरसाइज बलको प्रयोग गर्नुपर्छ।यसो गरेमा यो धेरै वर्षको लागि प्रयोग गर्न सकिन्छ।

ग्राफ्ट[सम्पादन गर्ने]

ग्राफ्टलाई आर्टेरियोवेवोनस ग्रफ्ट वा A-V ग्राफ्ट पनि भनिन्छ। यसमा प्लास्टिक ट्यूब छालाबाट धमनी र नसमा सम्म पर्याएको हुन्छ।। यो राखेको २ हप्तामा नै निको हुने भएकोले छिटै हेमोडालिसिस सुरु गर्न सकिन्छ। यो फिस्टुला भन्दा कम समय मात्रै टिक्छ।यसको साथ संक्रमणको जोखिम बढी हुन्छ। प्लास्टिक ट्युबमारगत जमि ट्युबबाट हुने रगतको प्रवाहमा अवरोध ल्याउन सक्ने भएकोले नियमित अन्तरालमा डाक्टरसंग भेट्नुपर्छ।

क्याथेटर[सम्पादन गर्ने]

क्याथेटरलाई केन्द्रीय भेनस क्याथेटर पनि भनिन्छ। बिरामीलाई आकस्मत डायलिसिस गर्नु परेमा यो विधि अपनाइन्छ।यसमा एक लचिलो ट्यूब (क्याथेटर) बिरामीको घाँटीको नसमा,कोलोरबोन मुनि, वा कोठरी पछाडि राखिन्छ। यो केवल आपतकालीन समयको लागि मात्र बनाइने भएकोले यो टिकाउ हुँदैन।

पेरिटोनियल डायलिसिस[सम्पादन गर्ने]

Peritoneal dialysis.gif

यस प्रकारको डायलिसिसमा बिरामीको रगत शरीर भित्र नै सफा गरिन्छ।बिरामीको आफ्नै पेटको भित्री अस्तरले प्राकृतिक फिल्टरको रूपमा काम गर्दछ।प्लास्टिकको ट्यूब,जसलाई क्याथेटर भनिन्छ,बिरामीको शल्यक्रिया गरेर बिरामीको पेटमा राखिन्छ।उपचारको क्रममा,बिरामीको पेटको क्षेत्र,जसलाई पेरिटोनियल गुहा भनिन्छ बिस्तारै क्याथेटरको माध्यमबाट डायलिसेटले भरिन्छ र यसबाट तरल पदार्थ र फोहोरहरु रगतबाट निकालिन्छन्। धेरै प्रकारका पेरिटोनियल डायलिसिसहरू छन् तर तीमध्य प्रमुखहरू हुन्:

कन्टिनियस एम्बुलेटरी पेरिटोनियल डायलिसिस (सीएपीडी)

अटोमेटेड पेरिटोनियल डायलिसिस (एपीडी)

कन्टिनियस एम्बुलेटरी पेरिटोनियल डायलिसिस (सीएपीडी)[सम्पादन गर्ने]

कन्टिनियस यम्बुलेटरी पेरिटोनियल डायलिसिस (सीएपीडी) एक मात्र प्रकारको पेरिटोनियल डायलिसिस हो जुन मेशिन बिना नै गरिन्छ। बिरामि आफैंले यो घरमा सामान्यतया दिनको चार वा पाँच पटकगर्न सक्छ। यसमा बिरामीको क्याथेटर मार्फत डाईरासेटको झोला (लगभग दुई चौथाई)पेरिटोनियल गुहामा राखिन्छ। डायलिसेट झोलामा फर्फ्याँकनु अघि त्यहाँ झन्डै चार वा पाँच घण्टा सम्म रहन्छ।यसलाई एक्सचेन्ज भनिन्छ। प्रत्येक पटक एक्सचेन्ज गर्दा डायलसेटको नयाँ झोला प्रयोग गरिन्छ। डायलिसिसको क्रममा जब डायलिसेट पेटोनियल गुहामा रहन्छ,बिरामी आफ्नो सामान्य गतिविधिहरूमा व्यस्त रहन सक्छ।

अटोमेटेड पेरिटोनियल डायलिसिस (एपीडी)[सम्पादन गर्ने]

अटोमेटेड पेरिटोनियल डायलिसिस (एपीडी) (सीएपीडी) जस्तै नै हो तर यसमा विशेष मेसिनको प्रयोग गरिन्छ जसलाई साइकलर भनिन्छ। प्रत्येक चक्र सामान्यतया १-१ १ घण्टा लामो हुन्छ र यो रातको समयमा बिरामी सुतेको बेलामा गरिन्छ।

अहिले नेपालका थुप्रै अस्पतालहरुले डायलिसिसको सुविधा प्रदान गरिरहेका छन् र नेपाल सरकारले डायलिसिस निःशुल्क गरिदिएको छ। यसको कारणले थुप्रै बिरामीहरुलाई ठुलो राहत मिलेको छ।

मृगौला प्रत्यारोपण[सम्पादन गर्ने]

Kidney Transplant.png

मृगौला प्रत्यारोपण भनेको अन्तको चरणको मृगौला रोग भएको बिरामीको शरिरबाट बिग्रिएको मृगौला झिकेर त्यसको ठाउँमा स्वस्थ मृगौला राख्नु हो।मृगौला प्रत्यारोपणलाई रेनल प्रत्यारोपण पनि भनिन्छ।अंगदाताको स्रोतको आधारमा मृगौला प्रत्यारोपण सामान्यतया मृत दाता वा जीवित दाताको रुपमा वर्गीकृत गरिएको छ।अन्त चरण रेनल रोगको उत्तम बिकल्पको रुपमा मृगौला प्रत्यारोपणलाई लिन सकिन्छ।प्राय: मिर्गौला असफलताको लागि डायलेसीसको तुलनामा मृगौला ट्रान्सप्लान्टलाई राम्रो उपचार मानिन्छ। मिर्गौला ट्रान्सप्लान्टले बिरामीलाई राम्रो महसुस गर्न र लामो समयसम्म बाँच्न मद्दत पुर्याउँछ। खान र पिउन मिल्ने कुराहरुमा सीमितताहरू भएकोले बिरामीले प्रयारोपण पछि खानपिनमा ध्यान पुर्याउन अति आवश्यक छ।वस्तवमा मिर्गौला प्रत्यारोपण सफल भएमा बिरामीले रोग लाग्नु अघि जस्तो जीवन बिताउन सक्छ। अध्ययनले देखाए अनुसार मृगौला ट्रान्सप्लान्ट भएका मानिसहरू डायलिसिसमा बस्ने मानिस भन्दा लामो समयसम्म बाँच्दछन्। मृगौला प्रयारोपणको केहि नराम्रो पक्षहरु पनि छन्।शल्यक्रियाको क्रममा बिरामीको ज्यान जिखिममा रहन्छ ।शरिरमा राकेको नयाँ मृगौलालाई शरिरले आक्रमण गर्न नसकोस् भनेर शल्यक्रियापछि बिरामीलाई प्रतिरोध शक्ति घटाउने औषधि दिइन्छ जसको कारणले बिरामीलाई अरु रोग लाग्ने सम्भावना धेरै हुन्छ।

शरिरमा दान गरिएको मृगौला राख्दा बिग्रिएको मृगौला निकालिँदैन,नयाँ मृगौला बिरामीको तल्लो पेटमा राखिन्छ जहाँबाट महत्त्वपूर्ण रक्त वाहिकाहरू र मूत्राशयसंग जोडिन सजिलो हुन्छ।शल्यक्रिया गर्न लगभग ४घण्टा लाग्छ।यदि जिवित व्यक्तिले दान गरेको मृगौला राकेको हो भने मृगौलाले चाँडै काम गर्न थाल्छ भने मरिसकेको शरिरबाट निकालेको मृगौलाले २ देखि ४ हप्ता अथवा त्यो भन्दा धेरै समयपछि मात्रै काम गर्न शुरु गर्छ।मृगौला प्रत्यारोपण गर्नको निम्ति पहिले बिरामीको नाम प्रतिक्षा सूचीमा राखिन्छ र बिरामीलाई मिल्ने मृगौला नपाएसम्म बिरामीले डायलिससलाई नै निरन्तरता दिनु पर्छ।शल्यक्रियाको लागि मृगौला निकाल्ने र राख्ने एकै दिन गरिन्छ। प्रत्यारोपण गर्नु अघि मृगौला दाताको विभिन्न जाँचहरु गरिन्छ।प्रत्यारोपण गर्न बिरामीको मृगौला र मृगौला दाताको मृगौला विभिन्न पक्षहरुबाट मिल्नुका साैथै रक्त समूह पनि मिल्न जरुरि छ।

अरुलाई एउटा मृगौला दिँदा मृगौला दातालाई केहि असर पर्दैन ,पहिलेको जस्तै स्वस्थ जीवन जीउन सक्छ‌।उसको दानले अरु कसैले जीवन पाउँछ।

मृगौला रोग लाग्न बाट कसरी बच्ने ?[सम्पादन गर्ने]

मृगौला रोग लागे पछि पछुताउनु भन्दा लाग्न बाट बच्नु नै आवस्यक हुनेछ । मृगौलाको रोग धेरै किसिम का हुन्छन । मृगौलाको पथरिया / किड्नी स्टोन, मृगौला मा पानी फोका हुनु, मृगौला सुन्निनु, मृगौला ले काम गर्न छोड्नु आदि विभिन्न किसिम का रोगहरु हुन्छन । मृगौला को रोग बाट बच्न पहिला खानपान मा ध्यान दिनु पर्ने हुन्छ यदि मृगौला मा पथरिया छ र खानपान मा ध्यान नदिंदा पथरिया बढ्दै जानेछ र यसले मृगौला ड्यामेज गर्न सक्दछ त्यसैले मृगौला को पथरिया हुदा के के खानु हुदैन? भन्ने बारे राम्रो ज्ञान लिन जरुरी मानिन्छ ।

मृगौला रोग लाग्न बाट बच्ने ६ वटा टिप्सहरु :[सम्पादन गर्ने]

  • करिव ६/६ महिना को अन्तर मा चेकजाच गरी रहने
  • ब्लड प्रेसर र सुगर लेभल लाई सधैं कन्ट्रोल मा राख्ने
  • उमेर अनुसार को शरिर को तौल कति छ र कति हुनु पर्छ भन्ने ख्याल गर्ने र तौल बढी भए कम गर्ने
  • धुम्रपान, मध्यपान/अल्कोहल मृगौला रोग को प्रमुख कारण हो । सके सम्म चाडो धुम्रपान र मध्यपान छोड्ने
  • के खानु हुन्छ के खानु हुदैन भन्ने बारे आफुलाई आफै ख्याल गर्ने
  • दैनिक बिहान ३० मिनेट देखि १ घण्टा शारीरक कसरत गर्ने