मिल्खा सिंह
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मिल्खा सिंह (जन्म ८ अक्टूबर १९३५) मिल्की सिंहको रूपमा पनि जानिन्छ, एक जना भारतीय एथलीट हुन, जसले रोममा १९६० को ग्रीष्मकालीन ओलंपिक र १९६४ मा टोकियो ग्रीष्मकालीन ओलंपिकमा भारतको प्रतिनिधित्व गरेका थिए।[१] उनको उपनाम फ्लाईंग सिख राखिएको छ।
उनी पेशेवर गोल्फ खिलाडी जीव मिल्खा सिंहको बुबा पनि हुन।
अन्तर्राष्ट्रीय कैरियर
[सम्पादन गर्नुहोस्]मिल्खा सिंहले १९५६ को मेलबोर्न ओलंपिकमा २०० र ४०० मा भारतको प्रतिनिधित्व गरेका थिए, जहाँ उनको अनुभवहीनता देखियो र चाडै नै प्रारम्भिक चरणमा उनी प्रतियोगिताबाट ह्टाईएको थियो। यसको पछी, उनीले १९५८ को एसियाली खेलकुदमा २०० मीटर र ४०० मीटर दुबै प्रतिस्पर्धामा स्वर्ण पदक जिते क्रमशः २१.६ सेकण्ड र ४७ सेकण्डको कायम गरेर । उनले प्रगति गर्दै १९५८ कार्डिफ राष्ट्रमण्डल खेलको ४०० मीटर प्रतियोगितामा मा एउटा स्वर्ण पदक जिते, ४६.१६ सेकण्डको समयको साथ। यो पछिल्लो उपलब्धिले उनलाई स्वतन्त्र भारतबाट राष्ट्रमण्डल खेलमा पहलो स्वर्ण पदक विजेता बनाई दियो।
त्यसपछी, उनी पाकिस्तानमा प्रतिस्पर्धा गरे र आफ्नो सफलताले त्यहा उनलाई फ्लाईंग सिखको उपनाम अर्जित गरे।
१९६० मा रोममा ओलम्पिकमा, उनी ४०० मीटर दौडको चौथो स्थानमा पुरा गरे। अन्तिम घटनामा उनी दृढतासंग अग्र भागमा खडा भएका थिए, तर मैदानद्वारा उछिनिए। स्वर्ण पदक विजेताको निर्धारण गर्ने फैसलाको लागि तस्वीरको साहरा आवश्यक थियो।[२] यस ओलम्पिकमा, आफ्नो ४०० मीटर दौड को सबैमा फाइनलको नजिक पुग्न अबस्थामा, प्रत्येक अवसरमा आफ्नो समयमा सुधार गर्दै उनले दोश्रो स्थान प्राप्त गरे, तर उनी फाइनलमा यस सफलतालाई दोहरानेमा असमर्थ थिए। उनको समय ४५.६ सेकण्ड थियो र १९८४ ओलम्पिकसम्म उनको समापन स्थिति कुनै भारतीय ट्रैक एथलीटद्वारा धेरै सुधार गरिएको थिएन, जब पीटी उषा प्रति सेकेण्डको १/१००th द्वारा ४०० मीटर बाधा दौड कांस्य पदक प्राप्त गर्न असफल भईन ।
उनले भारतीय महिला भलीबल टीमको पूर्व कप्तानसंग निर्मल कौरसंग विवाह गरेका छन।
सेवानिवृत्ति पछीको जीवन
[सम्पादन गर्नुहोस्]सेवानिवृत्ति पछी, मिल्खा सिंह पञ्जाबमा खेलको निदेशकको नियुक्ति धारण गरेका छन। प्रमुख भूमिकामा राकेश मेहरा र फरहान अख्तर अभिनीत र सोनम कपूरद्वारा निर्देशित: भाग मिल्खा भाग नामको सिंहको जीवनको कहानी पनि आगामी चलचित्र आधार हुने छ।[३]
पुरस्कार र उपलब्धिय
[सम्पादन गर्नुहोस्]- स्वर्ण पदक - १९५८ एसियाली खेलकुदमा २०० मीटर र ४०० मीटर.
- स्वर्ण पदक ४०० मीटर मा १९६२ एसियाली खेलकुद
- १९५९, पद्म श्रीबाट सम्मानित
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ "Olympics", sports-reference, अन्तिम पहुँच १५ मे २०१२।
- ↑ "ROMA 1960 400m Finals"।
- ↑ "Rakeysh Mehra to bring Milkha Singh’s life on screens", India Glitz।
बाह्य कडि
[सम्पादन गर्नुहोस्]- Milkha singh Article On sadaPunjab.com वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-२४ मिति
- Bhag Milkha Bhag – Movie on Flying Sikh’s life वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-२९ मिति
ढाँचा:Footer Commonwealth Champions 400m Men ढाँचा:Footer Asian Games Champions 200 metres Men ढाँचा:Footer Asian Games Champions 400 metres Men