मेलवादेवी
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
| मेलवादेवी | |
|---|---|
| वास्तविक नाम | मेलावा देवी गुरुङ |
| जन्म | रुम्जाटार, ओखलढुङ्गा |
| पेशा | गायक, गीतकार |
मेलवादेवी गुरूङ (वि.सं.१९५९-२०१२) नेपाली आधुनिक सङ्गीतको अभिलेखमा देखा पर्ने अर्थात् गीत-गायनको डिस्क रेकर्ड भर्ने प्रथम गायिका थिइन्। वि.सं १९५९ सालमा ओखलढुङ्गाको रुम्जाटारमा जन्मिएकी मेलवादेवीले चन्द्रशमशेरको दरबारमा गीत गाउने गर्दथिन्। उनको सुरिलो स्वर देखि आहरिस गर्नेहरूले उनलाई झुक्काएर पानमा सिन्दुर हालेर ख्वाएकोले उन्को आवाज बाक्लो भएको भनाई छ। दरबारीया दाउपेच देखि वाक्क भएर मेलवादेवी पछि काठमाडौँ छोडेर कलकत्तामा बस्ने गरेकी थिइन्। उनका साङ्गीतिक कृतिहरू क्रमशः 'आउन बसौँ पियारी मिर्मिरे झ्यालैमा', 'हाइ मेरो परदेशी प्रितम छोडेर जानु भो', 'यो जिन्दगीको के भरोसा', 'भूकम्प त्रास', 'माया मारी निष्ठुरीले छानी छानी रस लिएर', 'कैया फूलबारी', 'थापा न थली', साथै 'न घरलाई घर कहिन्छ' (रचना :शुक्रराज शास्त्री) आदि हुन्।औपचारिक रूपमा १९८५ तिर उनले केही गीतको रचना गरेकी थिइन्। तीमध्ये ‘थापाथली’ शीर्षकको गीतिकविता यौन, प्रेम र समर्पणमा आधारित छ। साथै ‘सवारी मेरो रेलैमा’ उनैको त्यस बेलाको जीवनमा आधारित गीत हो।
वि.सं. २०१२ सालमा खाना पकाउँदापकाउँदै स्टोभ पड्केर भारतको कोलकातामा उनको मृत्यु भएको थियो। यिनका केही शब्दरचना ‘नेपाली सङ्गीतका शिखर’मा (२०५९) प्रकाशित छन्।