युआरएल
स्वरूप
युआरएल (अङ्ग्रजी: Uniform Resource Locator (URL), साधारण बुझाइमा: वेभ एड्रेस) इन्टरनेट मा रहेका वेभ सामग्रीको एकिन स्थान पहिचान गर्न बनाइएको सन्दर्भ हो। युआरएलले वेभ पेज (http) का साथै फाइल ट्रान्सफर (ftp), ईमेल (mailto), डाटाबेस पहुँच (JDBC) र अन्य अनुप्रयोगहरूलाई पनि बुझाउँछ। साधारण रूपमा युआरएलको स्वरुप
http://www.example.com/index.html
हुने गर्दछ; जसमा प्रटोकोल (http), होस्टनेम (www.example.com), र फाइलको नाम (index.html) हुने गर्दछ। युआरएल वेभ बरादजरको एड्रेस बारमा देखाइन्छ।